Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रहरीले गोली हान्दा एक जनाको मृत्यु, मेयरको घरमा ढुंगामुडा र हतियार खोस्न खोज्दा गोली चलेको दाबी
प्रहरीले गोली हान्दा एक जनाको मृत्यु, मेयरको घरमा ढुंगामुडा र हतियार खोस्न खोज्दा गोली चलेको दाबी
नेपालकागज
नेपालकागज शनिबार, पुस २१, २०८०

सर्लाही । जिल्लाको बरहथवामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थिति झनै तनावग्रस्त भएको छ । प्रदर्शनकारीहरूले मृतकको शव उठाउन नदिएकाले मृतक युवकको शव अझै घटनास्थलमै छ । नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । यसैगरी बरहथवा नगरपालिका– ८ का अभिषेक राम घाइते छन् । उनको खुट्टामा गोली लागेको छ।

विभिन्न माग राखेर मृतकका आफन्त र स्थानीले शव उठाउन नदिएको प्रहरीले जनाएको छ । मृतकको शव प्रहरीले नियन्त्रणमा लिन नसकेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए । प्रहरी प्रशासन पनि स्थिति थप विग्रन नदिन संयमित बनेको छ । आन्दोलनकारीका उचित माग सम्बोधन गर्न भन्दै प्रहरीले कुनै हस्तक्षेप गरेको छैन।

बरहथवा नगरपालिका–६, मा रहेको १५ शय्याको नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गरी ५० शय्यामा स्तरउन्नती गर्नु पर्ने माग सहित भएको आन्दोलनमा झडपको अवस्था सृजना भएको थियो । 

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, निवासी जयशंकर साहको घटनास्थलमै मृत्यु भएको हो । घटना लगत्तै बरहथवा बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

बरहथवा नगरपालिका–६, मा केही समय पहिलामात्र १५ शय्याको नगर अस्पताल निर्माण सम्पन्न भएर संचालनमा आएको थियो । उक्त अस्पताल निर्माण चरण देखी नै विवादित रहँदै आएको थियो । विभिन्न समस्याकाबीच निर्धारित समय भन्दा ढिला गरेर निर्माण कम्पनीले अस्पताल नगरपालिकालाई हस्तान्तरण गरेको थियो । केही महिना पहिला नगर अस्पताल संचालनको बिषयमा भएको छलफलमा अस्पताललाई ५० शय्याको सुविधा सम्पन्न अस्पतालमा स्तरउन्नती गर्नुपर्ने कुरा उठेको थियो । 

यस विषयमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहसँग कुराकानी समेत भएको बताइएको छ । मन्त्री सिंह यसै क्षेत्रबाट निर्वाचित भएका प्रदेश सांसद हुन् । सोही अनुसार ९ असोज २०८० मा नगरकार्यपालिकाको बहुमत बैठकले नगर अस्पताल प्रदेशमातहत लैजाने निर्णय गरेको थियो । त्यस लगत्तै प्रदेश सरकारले नगर अस्पतालको सम्पूर्ण संरचना, सामग्री, जग्गा समेत प्रदेशलाई बुझाउन पत्र पठाएको थियो ।

तर, नगर कार्यपालिकाले पहिलो निर्णय कार्यान्वयनमा आलटाल गरेपछि कार्यपालिका सदस्यहरु बीच नै विवाद भएको थियो । दुई महिना भई सक्दा समेत निर्णय कार्यान्वयन नभएको भन्दै विभिन्न दलले ध्यानाकर्षण पत्र नै बुझाएर नगरपालिकालाई दवाव दिँदै आएका थिए । केही समय यता नेपाली कांग्रेसको नेतृत्वमा अन्य ४ दलले समेत बिरोधका कार्यक्रम गरिरहेका थिए । 

कार्यपालिका बैठकमा समेत नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरु निर्णय कार्यान्वयन नगर्ने पक्षमा र अन्य दलबाट निर्वाचित प्रतिनिधिहरु निर्णय कार्यान्वयन गरेर तत्काल अस्पताल प्रदेशलाई बुझाउने पक्षमा विभाजित भएका थिए । चर्को दवाव पछि ४ दिन पहिला मात्र अस्पतालको बिषयलाई लिएर पुस १७ गते फेरी कार्यपालिकाको बैठक बसेको थियो । 

उक्त बैठकमा असोज ९ गतेको निर्णय तत्काल कार्यान्वयन नगरी पुस २० गते शुक्रवारका लागि मेयर कल्पना कुमारी कटुवालले सर्वदलीय बैठक आह्वान गरेकी थिईन । कार्यपालिका बैठकमै कुर्सि हानाहानको अवस्था सृजना भएको थियो । त्यस लगत्तै आन्दोलित ५ दलीय गठवन्धनले शुक्रवार बरहथवा बजार बन्द गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

आन्दोलनको कार्यक्रम अनुसार बिहानै देखी स्थानीयले नगरपालिकाको कार्यालय अगाडि भेला भएर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा आन्दोलनकारी तोडफोडमा उत्रिएका थिए । उनीहरुले नगरपालिका कार्यालयमाथि ढुंगामुडा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीले केही सेल अश्रु ग्यास प्रयोग गरेर भिड तितरवितर गरेको थियो।

त्यसपछि भिडले एक किलोमिटरको दुरीमा रहेको मेयर कटुवालको घरमा पुगेर ढुंगामुडा र आगजनी सुरु गरेको प्रहरीको दावी छ । सोही क्रममा भिडले सुरक्षामा तैनाथ प्रहरीको हतियार खोस्ने र आक्रमण गर्न खोज्दा गोली चलेको जिल्ला प्रहरीका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । 

घटनामा दुई जना प्रदर्शनकारी र ८ जना प्रहरी समेत घाईते भएका थिए । उक्त बैठकमा असोज ९ गतेको निर्णय तत्काल कार्यान्वयन नगरी पुस २० गते शुक्रवारका लागि मेयर कल्पना कुमारी कटुवालले सर्वदलीय बैठक आह्वान गरेकी थिईन । कार्यपालिका बैठकमै कुर्सि हानाहानको अवस्था सृजना भएको थियो । त्यस लगत्तै आन्दोलित ५ दलीय गठवन्धनले शुक्रवार बरहथवा बजार बन्द गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रदर्शनकारीले गरेको आगजनीबाट तीन वटा गाडी जलेर नष्ट भएका छन् । नगरपालिकाको सहित दर्जन सवारीमा क्षती पुगेको छ । आगजनीबाट मेयर कटुवालको काठको घर समेत जलेको छ । 

सम्भावित जोखीमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले बरहथवा बजार क्षेत्रमा आईतवार बिहान ८ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बजार क्षेत्रमा अहिले हिडडुल गर्न, भेला हुन, कुनै पनि किसिमको प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धमलाको भनाई छ ।

यसअघि स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियाे । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो ।

समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर शुक्रबार साँझ ५:३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियाे । अहिले चाँही कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएकाे छ ।


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:२९
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्