सौगात मल्ल, दुर्गेश थापालगायतका कलाकार उद्योग वाणिज्य सङ्घ गुलरियाद्वारा सम्मानित (तस्बिर)
राजेश कुर्मी, रन्जित शाह । उद्योग वाणिज्य सङ्घ गुलरिया परिवारको आयोजनामा लागेको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूलाई सम्मानित गरिएको छ । वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे, वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ तथा सचिव मोहित पौडेललगायतका पदाधिकारीहरुले कलाकार तथा गायकहरूलाई सम्मानित गर्नुभएको थियो ।
वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष तथा लुम्बिनी प्रदेश महासङ्घ सदस्य पाण्डेले राष्ट्रिय तथा स्थानिय कलाकार, संगितकर्मी, गायकहरू देशकै गहना भएकाले बर्दियाली जनताको तर्फबाट मायाँको चिनो दिएर सम्मानित गरिएको बताउनुभयो ।
त्यस्तै वाणिज्य सङ्घ गुलरियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले महोत्सवमा आएर बर्दियाको जनतालाई माया गर्ने कलाकर्मीहरूको सम्मान गर्दा वाणिज्य सङ्घ परिवार खुशी भएको बताउनुभयो ।
त्यस्तै वाणिज्य सङ्घ गुलरियाका सचिव तथा युवा नेता मोहित पौडेलले बर्दियालाई चिनाउन महोत्सव लगाइएको र देशका गहनालाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।
वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे, वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ तथा सचिव मोहित पौडेललगायतका पदाधिकारीहरु तथा वाणिज्य संघ परिवारले बर्दियामा कृषि पर्यटनको ठुलो सम्भावना रहेको र खाडी मुलुक जान वाध्य बर्दियावासी युवालाई बर्दियामै रोजगारी दिलाउन गुलरियाको अर्थतन्त्रको चक्र चलायमान बनाउन उहाँहरू बिहान १० बजे देखी साँझ ६ बजेसम्म निरन्तर खटेको हामी पत्रकारले देख्न र अनुभव आभास गरेकाले उहाँहरू सबैलाई हामी पत्रकारहरू धन्यवाद दिन्छौँ ।