Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • ग्रामीण विकासको अस्त्र बनेर नमुना बन्न सफल ताराताल साना किसान सहकारी
ग्रामीण विकासको अस्त्र बनेर नमुना बन्न सफल ताराताल साना किसान सहकारी
हरि गुरुङ
हरि गुरुङ मंगलबार, पुस ३, २०८०

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं- ७ प्रगति बजारमा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो प्रगति र साना किसानलाई प्रगतिशील पथमा लम्क्याएर सफलताको शिखर चुम्न सफल भएको छ भने अँजै विभिन्न ल्शेत्रमा सफलतातिर लम्किदैछ । साना किसानमा आवद्ध किसानहरूको समस्याको समाधान गरेर, विपन्न वर्गका किसानलाई एउटै चौतारीमा राखेर, उनीहरुको आवाजलाई बुलन्द गर्दै अगाडि बढेको ताराताल साना किसान सहकारी स्थापना भएको २५ औं वसन्त पार गर्दै  रजत जयन्ती मनाएको छ । 

ताराताल साना किसान सहकारी संस्थामा ३ हजार ३ सय ५२ जना शेयर सदस्य रहेका छ्न।१ हजार ६ सय ९१ जना ॠणि छ्न भने ५ करोड ३१ लाख २६ हजार शेयर, ६ करोड ४० लाख २० हजार साधारण जगेडा कोष, ६० लाख ९६ हजार अन्य जगेडा कोष, ३४ करोड २६ लाख २ हजार निक्षेप, ७८ करोड ९३ हजार लरर, ३४ करोड ६३ लाख ५८ हजार वाह्य कर्जा र ९७ प्रतिशत असुलीदर कायम भई २ करोड २१ लाख ६७ हजार नाफा आर्जन गरेको छ।

ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्तीसँगै २६ औं साधारण सभा पनि सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले कृषिलाई आधुनिकीकरण, व्यवसायिक र बैज्ञानिकीकरण गरि उत्पादन बढाउनका लागि कृषि सहकारी संस्थाले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भएको छ । 

ताराताल साना किसान कृषि सहकारी संस्थाले स्थापनाकाल देखि नै सस्थाको उद्धेश्य पुरा गर्न ऋण तथा बचत, कृषि तथा पशुपालन संगै वित्तिय क्षेत्रमा आफ्नो बलियो उपस्थिती जनाएकोमा शुभकामना दिनु भएको छ । सहकारी संस्थाले पूँजी र सिपको प्रयोग गरि आर्थिक विकासलाई दिगो र प्रभावकारी बनाउन खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नु भयो ।

यसैगरि कार्यक्रमका विशेष अतिथी मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले ताराताल साना किसान कृषि सहकारीले कृषकहरुलाई संगठित गरि साना कृषकहरुको समूहहरु मार्फत कृषि क्षेत्रलाई व्यवसायिककरण गर्दै उत्पादन, प्रशोधन तथा कृषकहरुको आय आर्जन बढाउन भुमिका खेलेको बताउनु भयो । सदस्यहरुलाई समयानुकुल ग्रामिण समुदायको आर्थिक तथा सामाजिक विकासका लागि ताराताल साना किसानलाई यहासम्म ल्याइ पुर्‍याउने संचालक समिति, कर्मचारी वर्ग शेयर सदस्यहरुको योगदानको खुलेर प्रशंसा गर्नुभएको छ । रजत जयन्ती समारोहमा मधुवन नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं संस्थाका सल्लाहकार गणेश वहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबै वर्गका मानिसहरुका विच आर्थिक कारोबारका माध्यमबाट आपसी सद्भाव कायम गर्न संस्थाले उल्लेखनीय भुमिका खेलेको बताउनु भएको छ । 

कार्यक्रममा ताराताल साना किसान कृषि सहकारी संस्थाका सस्थापक अध्यक्ष कुल प्रसाद पोखरेलले सहकारीले छरिएर रहेको पुँजीलाई एकत्रित गरि  पेशा, व्यवसाय र उद्योगधन्दा संचालनका लागि संस्था अग्रसर रहेको बताउनु भयो । संस्थाले सहकारी, निजी र सार्वजनिक क्षेत्रलाई एकत्रित गरि सहकारी ३ खम्वे राष्ट्रिय अर्थनितिको एउटा बलियो खम्बा रहेकाले सहकारी संस्थाहरुको दिगो विकासका लागि सबैको अहम भुमिका रहेको बताउनु भएको छ । रजत जयन्ती तथा २६ औं बार्षिक साधारण सभामा संस्थालाई उचाईमा पुर्‍याउन विविध रुपमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड गुलरियाका अध्यक्ष हरि बहादुर अधिकारी, ताराताल साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार गोपाल प्रसाद पौडेल लगाएतका महानुभावहरुले संस्थाले गरेको प्रगती प्रति शुभकामना मन्तव्य दिनु भएको थियो । यस ताराताल साना किसान सहकारी संस्थाले संस्थाको कार्यक्षेत्रभित्र बसोबास गर्ने निम्न आर्थिक स्तर भएका कृषकहरुको आर्थिक स्तर वृद्धि गर्न आधुनिक कृषि ब्यवसायलाई जोड दिने, कृषकहरुलाई सरल, सुलभ र प्रभावकारी ढंगले कृषि गैर कृषि कर्जा प्रवाह गर्ने उदेश्य लिएको छ ।

सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित ताराताल साना किसान कृषि सहकारी संस्थाले भने ग्रामीण आर्थिक तथा सामाजिक विकासका लागि उपस्थिती देखाउन सफल भएको छ वा अँझ भनौँ ग्रामीण विकासको ब्रम्हास्त्र बनेको छ । 

कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएको उक्त संस्थाले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, विउँ, प्राविधिक सेवा, बजार व्यवस्थापनका साथै सामाजिक क्षेत्रमा उत्पिडित वर्गको उत्थानलगायतका काममा भूमिका खेल्न सफल भएको छ ।

साना किसान सहकारी अभियानको ईतिहास धेरै पुरानो छैन । तत्कालिन सरकारले खोलेका साझा सहकारी संस्थाहरूले प्रभावकारी काम गर्न नसकेपछि गाउँका कृषकलाई वित्तीय सेवा पुर्याउन कृषि विकास बैंकले ०३२ सालमा साना किसान विकास आयोजना कार्यक्रम सुरु गरेको हो । नुवाकोटको तुप्चे र धनुषाको दिगम्बरपुरमा २ वटा समूह बनाएर परीक्षणका रूपमा सुरु भएको कार्यक्रम अहिले नेपालमा नमुना कार्यक्रमको रूपमा स्थापित भएको छ । त्यही सफलातको शिखर चुनेर आफुलाई २५ वर्षसम्म अडिग रहँदै निरन्तरतामा क्रमभंग गर्दै किसानको हकहितमा काम गरेर ताराताल साना किसान सहकारी लिमिटेडले आफुलाई नमुनाको रूपमा स्थापित गराउन सक्नुनै आफैमा एउटा महाभारत युद्ध जित्नु हो । 


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:१२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्