Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियाको गुलरियाबाट नाबालकको अपहरणको प्रयास, भारतबाट आएका थिए अपहरणकारी
बर्दियाको गुलरियाबाट नाबालकको अपहरणको प्रयास, भारतबाट आएका थिए अपहरणकारी
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, मंसिर ४, २०८०

गुलरिया । बर्दियाको सदरमुकाम गुलरियामा एक नाबालकको अपहरणको प्रयास भएको छ । अपहरणकारीहरूले ३ वर्षीय (क-१) बालक {बालकको गोपनीयताको लागि परिवर्तित नाम}लाई चकलेट दिएर ललाईफकाई गरि अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर अपहरण गर्ने प्रयास गरेको बालकका बुवाले बताउनुभयो । 

बर्दिया गुलरिया ५ बस्ने कक्षा ३मा पढ्ने नाबालक (क-१) बालकले चकलेट नलिएर डराएर घरतिर भागेपछि बालकका परिवार र स्थानीयको सुझबुझका कारण अपहरणकारी फरार भएका थिए । रुमालमा बेहोस गराउन प्रयोग गरिने क्यामिकल क्लोरोफर्म प्रयोग गरिएको हो कि भन्ने आशंका छ ।

कार्तिक २७ गते बिहान भारतीय नम्बर प्लेटको गाडीमा आएका अपहरणकारी त्यहाँबाट भागेको उनको बुवाले (बालकका बुवाको आग्रह अनुसार समाचारमा उहाँको नाम गोप्य राखिएको) बताउनुभयो । 

यो घटनाको बारेमा प्रहरीलाई जानकारी गराए लगत्तै बर्दिया प्रहरीले व्यापक खोजी कार्य गरेको थियो । प्रहरीले जिल्ला भर भारतबाट आएका गाडीहरूको भन्सारबाट तथ्यांक निकालेर खोजी कार्य तिब्र रुपमा अघाडी बढाएको थियो ।

सो घटनाको बारेमा जानकारी पाए लगत्तै बर्दिया प्रहरीले भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गरेको थियो । नियन्त्रणमा लिएका गाडी तथा चालकहरूको सनाखत समेत ती बालकबाट गराएको थियो । तर बालकले सनाखत गर्न सकेनन् । 

उक्त घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाही, जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्यालले सिमावर्ती नाकामा रहेका प्रहरी कार्यालयका अधिकारीहरूलाई नाकामा कडाई गर्न कडा निर्देशन दिएको नेपाल कागजको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी स्रोतले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता घटना हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ भने नेपाल भारत नाकामा कडा निगरानी गरिएको छ ।

त्यस्तै केही समय देखी बोलेरो गाडीमा बसेर साधुको भेषमा केही ब्यक्तिहरू आएर चन्दा माग्ने गरेको गुनासो समेत आएको छ । मंसिर २ गते बिहान पनि केही जोगीको भेषमा आएकाहरूले गुलरियाको राधाकृष्ण चोकमा रहेका व्यापारीक पसलहरूबाट पैसा माग्दै हिँडेको भन्ने सुचना प्राप्त भएको छ । 

एक एमाले नेताले नेपाल कागजसँग सम्पर्क गर्दै भन्नुभयो, "मैले उक्त बोलेरोमा आएका जोगीका भेषमा रहेकाहरू र गाडिको फोटो खिच्न खोज्दा खोज्दै गाडी हुइँकिएर गयो ।" यस विषयमा राधाकृष्ण चोकमा रहेको सिसिटिभी क्यामेरामा हेरेर अनुसन्धान गरे ती अपरिचित व्यक्तिहरू को हुन भन्ने कुरा बाहिर आउला ।" 

त्यस्ता ब्यक्तिलाई किन चन्दा दिएको भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो, "डरले भोलि आफुलाई केही हुनसक्छ कि भन्ने डर तथा केही समय अघिको अपहरण घटनाका कारण त्रासले कोहि बोलेका छैनन । झमेला हुन सक्ने र आफ्नो नाम आउनसक्ने भएकाले प्रहरीलाई समेत भन्न सकेका छैनन् ।"

अहिले पनि भारतीय गाडीहरूमा प्रहरीले निगरानी राखिरहेको अवस्था छ । त्यस्तै तस्करीलाई पनि निर्मुल पार्न जिल्ला प्रहरी कार्यालय बर्दियाको नेतृत्वले आफ्ना मातहतका युनिटहरूमा कडा निर्देशन दिएको छ । त्यस्तै केही अघि तस्करीका सामान मात्र नभएर धमाधम तस्करलाई पनि पक्राउ गरिएको अवस्था छ । प्राय बर्दियामा सामान पक्राउ पर्ने तर तस्कर गायब हुने गर्दथिए तर जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रहरी उपरीक्षकमा एसपी सुधीर राज शाही र प्रहरी नायब उपरीक्षक डिएसपीमा तुल्सी राम अर्याल आएलगत्तै बर्दियाको ईतिहासमै पहिलो पटक धमाधम सामान मात्र नभएर ब्यक्ति पनि पक्राउ परिरहेको अवस्था छ । स्रोतका अनुसार एसपी र डिएसपीलाई तस्करहरूको नेक्ससले सरुवा गराउन भरपुर कोशिस गरिरहेका छन् । इमान्दार छवि भएका प्रहरी अधिकारीलाई दुख दिने नेपालको परम्परा र प्रवृति नै हो । केही राम्रो गर्न खोज्ने प्रहरी अधिकारीहरूलाई सहयोग गर्नुको साटो नेताहरूले चरम दबाब दिने गरेको ओपन सेक्रेट नै हो र अहिले बर्दियामा त्यही भइरहेको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:४६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्