सन्दिप नाथ योगी, (बर्दिया)गुलरिया । बर्दियामा वरुण घिमिरेको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई तत्कालै पक्राउ गरेको थियो । तर मुख्य अभियुक्तहरू लुकेकाले पक्राउ परेका थिएनन तर २ जना अरु पक्राउ पर्नेमा थपिएका छन् । पक्राउ पर्नेमा सुलभ थापा र दिपेश रहेका छन । अब अर्का अरोपित सुरेश थापाको व्यापक खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दियो ।
लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका–६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी निर्मम तवरले हत्या गरिएको थियो ।
घटना घटेको केही समयमै प्रहरीले लिएको एक्सनका कारण ८ जना तुरुन्तै पक्राउ परेका थिए भने घटनामा संलग्न फरार रहेका ३ जनाको खोजी कार्य जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले विभिन्न लुक्न सक्ने ठाउँहरूमा गरेको थियो । यसै क्रममा मुख्य अभियुक्त सुलभ थापा र दिपेशलाई डिएसपी तुल्सी राम अर्यालको कमान्डमा रहेको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो।
स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाही, जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्याल आफै घटनाको अनुसन्धान र फरार आरोपितलाई खोज्न फिल्डमा खटिएका थिए ।
मुख्य अभियुक्त सुलभ थापा र उनका साथमा रहेका दिपेसलाई मधुवन नगरपालिका वडा नम्बर ३ ओराली बजारको जंगलबाट २९ गते बुधबार बिहान करीब ११ बजे बर्दिया प्रहरीको अथक प्रयासले नियन्त्रणमा लिइएको छ ।
एसपी, डिएसपीले यो घटनालाई गम्भीरताका साथ लिँदै आफै फिल्डमा उत्रिएका थिए । भाग्न सक्ने सम्भावित नाकामा प्रहरीले कडाइ गरेको थियो ।
सुलभ थापा र दिपेशलाई डिएसपी तुल्सी राम अर्यालको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । अब घटनामा संलग्न अन्यको पनि व्यापक खोजी भइरहेको डिएसपी अर्यालले बताउनुभयो ।
एसपी सुधिर राज शाहीका अनुसार अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरुको नाम गोप्य राखिएको बताउनु भयो । उहाँले भन्नुभयो, "बर्दियाको शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता हो । अन्य फरार अभियुक्त पनि केही समयमा पक्राउ पर्छन।"
अहिले सम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिइसकेको अवस्था छ । अनुसन्धान चलिरहेकाले नाम सार्वजनिक गरिएको छैन ।
स्रोतले दिएको जानकरी अनुसार सुलभ थापा र दिपेश ओराली बजार धनौरा नाका हुँदै उत्तर प्रदेश भारतको बिछिया पुगेका थिए । नेपाल प्रहरीको समन्वय र सहकार्यमा सुलभलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूलाई हिजो २९ गते बुधबार पक्राउ गरिएको हो । डिएसपी तुल्सी राम अर्यालले नेतृत्व गरेको टिमले ती २ अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्यालका अनुसार जंगलमा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।
विश्वस्त प्रहरी स्रोतका अनुसार सुलभ थापा र दिपेशलाई जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको टिमले भारतमै पक्राउ गरेको हो ।
यस घटनाले जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको अनुसन्धान क्षमता अब्बल रहेको स्थानियवासीहरूले बताए । भारतमै पुगेर अपराध गर्नेलाई नेपालको कानुनको दायरामा ल्याउन बर्दिया प्रहरी नेतृत्व सफल हुनुलाई माइल स्टोनको रूपमा हेरिएको छ भने पीडित परिवारले न्याय पाएको महसुस गरेका छन् ।