सम्पन्न पान्डे, नेपालगन्ज । बाँके जिल्लाको चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनितिक पक्षहरु सार्वजनिक गरिएको छ ।
चुस्त दुरुस्त सुरक्षा बन्दोबस्ती मिलाईएकोले ढुक्क भएर चाडवाडमा सामेल हुन सम्म्पुर्ण बांकेबासीलाई जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ ।
यस्तो छ बाँकेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना
आसन्न चाडपर्वलाई लक्षित गरेर कार्यान्वयनमा ल्याईसकिएको "चाडपर्व विशेष सुरक्षा योजना" ।
नेपाल प्रहरी र शसस्त्र प्रहरिको १/१ वटा कमान्ड पोस्ट स्थापना भैसकेको ।
संवेदनशिल क्षेत्र को रुपमा पहिचान गरिएको ३१ स्थानमा नेपाल प्रहरिको पिकेट रहने , त्यसै गरि राजमार्गको सुरक्षा र सम्भावित उद्वारलाई focus गरेर शसस्त्र प्रहरिको थप २८ वटा पिकेट स्थापना गरि सुरक्षा प्रदान गरिने ।
नेपाल प्रहरीको १६ वटा मोबाईल टोलि द्वारा २४ घन्टा नै गस्ती गरिने ।
२ जना इन्स्पेक्टरको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिने ।
आकस्मिक उद्वार र मद्वतको लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने ।
सादा पोषाक मा समेत सुरक्षाकर्मी परिचालन गरिने
कोहलपुर र नेपालगनंजमा जगेडा जनशक्ति तैनाथ रहने ।
जमुना नाका , नेपालगंज बस पार्क र कोहलपुर बस पार्कमा यात्रु सहायता कक्ष संचालन भैसकेको छ ।
डवल चालक , चालक रिफ्रेस सेन्टर जस्ता पक्षमा अनुगमन गरिने ।
नियमित ट्राफिक चेकिङ जारी रहने ।
आर्थिक कारोवार हुने मुख्य ४ स्थानमा सशस्त्र प्रहिरी द्वारा नियमित गस्ती गरिने ।
मेला/पर्व हुने मुख्य सिधनियाघाट , मान खोला , रामलिला मैदान को सुरक्षा ब्यवस्थामा शसस्त्र प्रहरिको गस्ती परिचालित हुने ।
नगर क्षेत्र भित्रका विभिन्न धार्मिक स्थलहरु को सशस्त्र प्रहरीबल द्वारा सघन गस्ती गरिने ।
मुख्य औद्योगिक तथा ब्यापारिक केन्द्र मा शसस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने।
आतिषबाजी लगायतका अवैध बिस्फोटक पद्वार्थको कारोवार नियन्त्रणमा शसत्रका ११ टोलि परिचालित हुने ।
नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १,०१३ जना र सशस्त्र तर्फ ४९५ जना गरि कुल १,५०८ सुरक्षाकर्मी प्रत्यक्ष घेरामा रहि जिम्मेवारीमा खटिएका छन ।
बाँके प्रजिअ श्रवण कुमार पोखरेलले प्रहरीको १०० नम्वरमा समस्या परे फोन सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।