Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालका रैथाने जडीबुटीको अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउँछु : प्रधानमन्त्री दाहाल
नेपालका रैथाने जडीबुटीको अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउँछु : प्रधानमन्त्री दाहाल
नेपालकागज
नेपालकागज शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

उहाँले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाउनुभएको हो ।

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिनुभयो । उहाँले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारका तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडीबुटीको अध्ययन–अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ ।”

प्रधानमन्त्री दाहालले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिनुभयो । 

उहाँले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आयुर्वेद औषधिको उत्पादनका लागि अतिआवश्यक जडीबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने उल्लेख गर्नुभयो ।

विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने गरी वातावरण तय गरिने बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट जडीबुटी खेतीका लागि अनुदानका लागि आवश्यक प्रबन्ध गरिने विश्वास दिलाउनुभयो ।

नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको जनाउँदै उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । 

आयुर्वेदका लागि नेपालमा रहेका वनस्पति जोगाइराख्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

नेपालमा पाइने यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्वपूर्ण वनस्पतिको थप अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्न आयुर्वेद, पञ्चकर्म, योग, ध्यान कार्यक्रम सञ्चालन गर्न अस्पताल, उपचार केन्द्र, वेलनेस सेन्टर स्थापना गर्ने प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्रीले त्यसका लागि नीतिगत निर्णय भइसकेको जानकारी दिनुभयो । सातवटै प्रदेशमा एक सय शय्याको  आयुर्वेद अस्पताल सातै प्रदेशमा सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन त्यहाँको आयुष मन्त्रालयसँग सहकार्य गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । 

महर्षि वैदिक फाउन्डेसन, अन्तर्राष्ट्रिय महर्षि फाउन्डेनसन र अन्य आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना गरिएको नेपाल आयुर्वेद चिकित्सिक सङ्घका महासचिव डा कोपिला अधिकारीले जानकारी दिनुभयो ।

सम्मेलनको मूल नारा ‘सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद’ रहेको छ । आयुर्वेदको उद्गमस्थलका रूपमा रहेको नेपालमा आयोजित यस सम्मेलनमा ५० भन्दा बढी देशका आयुर्वेदविज्ञ, अनुसन्धानकर्ता, उद्योगी, चिकित्सकलगायत पाँच सय बढीको सहभागिता छ ।

आयुर्वेदको प्रचार–प्रसारमा सहयोग पुर्‍याउने र स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याउने लक्ष्यका साथ सुरु भएको सम्मेलनमा चिकित्सकका अलावा विद्यार्थी, प्राध्यापक, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ ।

नेपाल महर्षि वैदिक फाउन्डेनसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सम्मेलनले नेपालको परम्परागत आयुर्वेद पद्दति तथा औषधिका बारेमा विश्व समुदायलाई जानकारी दिने र विश्व स्वास्थ्यका लागि योगदान दिने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको बताउनुभयो । 

उहाँले आयुर्वेद तथा प्राकृतिक चिकित्सा, जडीबुटीको क्षेत्रमा दुई देशले एकापसमा सहकार्यका लागि केही प्रयास अगाडि बढाइसकेको र आगामी दिनमा यसले थप सार्थकता पाउने उल्लेख गर्नुभयो । सम्मेलन आगामी आइतबारसम्म चल्नेछ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्