Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • चिकित्सकनै नभएपछि धवलागिरि अस्पतालको सेवा प्रभावित
चिकित्सकनै नभएपछि धवलागिरि अस्पतालको सेवा प्रभावित
नेपालकागज
नेपालकागज शुक्रबार, फागुन १२, २०७९

गलकोट । विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । 

एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् ।

दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । 

चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ । 

विशेषज्ञ चिकित्सक नहुँदा सामान्य ओपिडी सेवामात्रै सञ्चालनमा ल्याइए पनि गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा सिफारिस गर्न अस्पताल बाध्य छ । 

प्रसूति विभागमात्रै होइन, चिकित्सक अभावमा बालरोग विभाग, नाक, कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग बन्द अवस्थामा छ ।

अस्पतालमा अहिले चिकित्सक अभावमा ओपिडीदेखि इमर्जेन्सी तथा आइसीयूसम्मकोे सेवामा प्रभाव पारेको धवलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ढुङ्गानाले बताउनुभयो । 

“एक हप्ताअघिमात्रै गण्डकी प्रदेश सरकारले करारका दुई मेडिकल अधिकृत पठाएको छ, अहिले तत्कालका लागि स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञसहित चिकित्सकको आवश्यकता छ, अभावका बीच अस्पतालको अन्य सेवा निरन्तररूपमा चले पनि प्रसूति विभाग, बालरोग तथा नाक, कान घाँटीरोग विभाग सञ्चालनमा कठिनाइ छ ।”

डा ढुङ्गानाले भन्नुभयो, “छात्रवृत्तिका चिकित्सकको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका चिकित्सक आउन सकेका छैनन्, छात्रवृत्तिका चिकित्सकको समयावधि सकिएपछि फर्कनुहुन्छ, कोरोना त्रासमा थपिएका करारका चिकित्सकको करार नवीकरण भएन, दरबन्दीका चार मेडिकल अधिकृत अध्ययन बिदामा हुनुहुन्छ ।” तत्कालै चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिन रहेको उहाँले बताउनुभयो । 

केही महिनाअघिसम्म छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा अहिले पाँच जनामात्रै विशेषज्ञ छन् । 

अस्पतालमा करार र छात्रवृत्तितर्फका गरी जम्मा छ र दरबन्दीका दुई १३ चिकित्सक कार्यरत रहेको धवलागिरिका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो । 

“तेइस जनाको दरबन्दी रहेको अस्पतालमा जम्मा १३ चिकित्सक छन्, दरबन्दीका जम्मा दुईजना हुनुहुन्छ, अहिले अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्षलगायत मानसिक रोग विभागसहित धेरै सेवा थपिएका छन्”, उहाँले भन्नुभयो, “दरबन्दीअनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको अभाव छ, दैनिक ओपिडी शाखामा मात्रै अहिले चार सय बिरामी आउँछन्, अस्पतालको भौतिक पूर्वाधारसमेत धेरै बन्यो, तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै सकिएन ।”

चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ । छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो । 


प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्