Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • नेपालका ओटिटीमा किन छैन आफ्नै कन्टेन्ट ?
नेपालका ओटिटीमा किन छैन आफ्नै कन्टेन्ट ?
नेपालकागज
नेपालकागज शनिबार, माघ ७, २०७९

भेषराज कार्की, काठमाडौँ । ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । 

अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे ।

नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । 

नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए ।

नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमाघरले सब्स्क्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । 

अभिनेता, निर्माता, लेखकसँगै पछिल्लो फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बन्नुभएका लामिछानेले सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनुभएको थियो । 

“हामीले नयाँ फिल्म ल्याउदा दर्शक बढछन् । फिल्मले पनि राम्रो आमदानी गरिरहेका छन्”, अध्यक्ष लामिछानेले भन्नुभयो, “हामीले आफ्नै कन्टेन्ट ल्याउने तयारी गरिरहेका छौँ । यद्यपि त्यसको लाइनअप पूरा नहुँदासम्म आँट गरेका छैनौँ ।” 

उहाँका अनुसार वार्षिक क्यालेन्डर बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्ने उहाँको बुझाइ छ । 

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नुभएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम रहेको बताउनुभयो । 

“पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन”, सञ्चालक अग्रवालले भन्नुभयो । ‘ओएसआर प्ले’ नामक एपको तयारी गरिरहनुभएका सञ्चालक अग्रवालसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्‍याइरहेको छ ।

अध्यक्ष लामिछानेले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताउनुभयो । “पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ”, उहाँले भन्नुभयो । 

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फणिन्द्र कटवालले जानकारी दिनुभयो । “ओटिटी सम्बन्धि कार्यविधि बनाएर नै हामीले काम अगाडि बढाउने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्