Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • लुम्बिनी प्रदेशको नीति कार्यक्रम : सबै क्षेत्र समेटिएको छ–सत्ता पक्ष, सरकारले ठोस अवधारणा प्रस्तुत गर्न सकेन– प्रतिपक्ष
लुम्बिनी प्रदेशको नीति कार्यक्रम : सबै क्षेत्र समेटिएको छ–सत्ता पक्ष, सरकारले ठोस अवधारणा प्रस्तुत गर्न सकेन– प्रतिपक्ष
नेपालकागज
नेपालकागज शुक्रबार, जेठ २८, २०७८

लुम्बिनी प्रदेशको नीति कार्यक्रम : सबै क्षेत्र समेटिएको छ–सत्ता पक्ष, सरकारले ठोस अवधारणा प्रस्तुत गर्न सकेन– प्रतिपक्ष

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८÷७९ को नीति कार्यक्रममाथि प्रदेशसभामा आजको छलफल सकिएको छ । प्रदेशसभाको बैठकमा सत्ता पक्षका सदस्यहरुले सबै पक्षलाई समेटेर नीति कार्यक्रम आएको धारणा राखेका छन् भने प्रतिपक्षी दलका सदस्यहरुले नीति कार्यक्रमको सार्थकताका लागि सरकारले ठोस अवधारणा प्रस्तुत गर्न नसकेको उल्लेख गरेका छन् । 

बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक फखरुद्धिन खानले गत वैशाख १९ गते मुख्यमन्त्रीको नियुक्तिपछि प्रतिपक्षका सांसदमाथि भएको दुव्र्यवहारका कारण प्रदेश प्रमुखलाई बहिस्कार गरिएको स्पष्टीकरण दिनुभयो ।

गत मङ्गलबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७÷७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रतिपक्षी दलका सचेतकबाहेक अन्य सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए । 

सचेतक खानले नीति तथा कार्यक्रममा अभियान र नारा राम्रा भए पनि यसको सार्थकताका लागि सरकारले ठोस अवधारणा प्रस्तुत गर्न नसकेको बताउनुभयो । सरकारले प्रदेशको औचित्य पुष्टि गर्ने गरी नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने भन्दै उहाँले यसका लागि सरकारले महत्वपूर्ण कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

सचेतक खानले प्रदेशको स्थायित्व र दिगो विकासका लागि प्रतिपक्षी दलले जहिले पनि सरकारलाई सहयोग गरेको जनाउँदै सरकार अझै पनि देखिने र भेटिने अवस्थामा नरहेको उल्लेख गर्नुभयो । 

बैठकमा प्रदेशसभा सदस्य भूमिश्वर चौधरीले कोरोनाका कारण ज्याला मजदुरी गर्नेहरु बढी समस्यामा रहे पनि नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्यहरु सदस्यहरु दीपेन्द्र पुन मगर, शङ्कर गिरी, तेजबहादुर ओली, तुलाराम घर्तीमगरलगायतले नीति तथा कार्यक्रममा राजनीतिकरण गरिएको आरोप लगाउनुभयो ।

बैठकमा सत्ता पक्षका सदस्य तुलसीप्रसाद चौधरीले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकासलगायत सबै क्षेत्रलाई समेटेर नीति कार्यक्रम ल्याएको भन्दै यसैका आधारमा बजेट आउने बताउनुभयो । सरकार कोरोना महामारीको नियन्त्रणमा लागि परेकाले अहिले अस्पतालको क्षमता बढाउने र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले ‘समृद्ध प्रदेश सुखी जनता’ भन्ने नारा साकार हुने गरी नीति कार्यक्रम आएको स्पष्ट पार्नुभयो । 

आफूले गल्ती गरेर सरकारलाई औँला उठाउने काम गलत भएको भन्दै उहाँले जनता र कार्यकर्ताका बीचमा बदनाम नहुन प्रतिपक्षी दलका सदस्यहरुलाई सुझाव दिनुभयो । “सरकार विधि पद्धतिभन्दा बहिर गएको छैन जहिले पनि संविधानसम्मत ढङ्गबाट अघि बढेको छ”, उहाँले भन्नुभयो ।

सदस्यहरु थानकुमारी थापा, विमला पन्थी र कमला विकले शिक्षाको व्यावसायीकरण र रोजगारीमूलक बनाउने गरी नीति कार्यक्रम आएकोले यसले युवालाई प्रोत्साहन गर्ने बताउनुभयो । अर्का सदस्य जाल्पा भुसालले नीति कार्यक्रमको कार्यान्वयनसँगै शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सरकारले विशेष विशेष प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

सदस्य कृष्ण प्रसाद न्यौपानेले प्रादेशिक शिक्षा नीति तर्जुमा गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषिलगायत सबै क्षेत्रलाई समेटेर समयसापेक्ष नीति कार्यक्रम आएको बताउनुभयो । 

यसअघि आजै बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुख यादवलाई सरकारका तर्फबाट राखेको धन्यवाद प्रस्ताव प्रदेशसभामा बहुमतले पारित भएको थियो । 

सरकारको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनले विरोध जनाइरहेका बेला सरकारका तर्फबाट सभामा सत्ता पक्षका मुख्य सचेतक भूमिश्वर ढकालले प्रस्तुत गर्नुभएको धन्यवाद प्रस्ताव बहुमतले पारित भएको हो । 
 
प्रदेशसभाको अर्को बैठक यही जेठ २९ गते शनिबार दिउँसो १ बजे बस्नेछ । 


प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्