Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली निवास बालकोटमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन गर्ने सहमति
ओली निवास बालकोटमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन गर्ने सहमति
नेपालकागज
नेपालकागज आइतबार, पुस १०, २०७९

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको राजनीतिक दलहरूको बैठकले सो निर्णय गरेको हो । 

बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न सात दलका नेताको बैठकले सरकार गठन गर्नेबारे सहमति गरेको हो । 

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बैठक सम्पन्न भएको छ, प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । कूल सङ्ख्या एक सय ६६ मतको समर्थनमा सरकारका गठनका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्न केपी ओली, प्रचण्डलगायतका हामी शीतल निवास जाँदैछौँ ।” 

प्रधानमन्त्रीका लागि आजै दाबी पेश गर्ने जानकारी राष्ट्रपति कार्यालयमा दिएर नेताहरू शीतल निवास गएको बताइएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्न आउँदै छौँ भन्ने जानकारी राष्ट्रपति कार्यालयमा दिइसकेका उहाँले जानकारी दिनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्रपतिले दिएको समयमा सरकार गठन नहुँदा जनादेशभन्दा विपरीत हुने ठहर हो । त्यसैअनुरुप देशको पहिलो दल कांग्रेसले सरकार बनाउन नसक्ने भएपछि दोस्रो ठूलो दलको रुपमा एमालेले सरकार गठन गराउनुपर्ने बाध्यता आइपरेको छ, त्यसका लागि दलहरूबीच छलफल गरेर सहमति बनाएका छौँ ।”

उहाँले कुन दलले के लिने भनेर ‘पावर शेयरिङ’को बारेमा भने सरकार गठनपछि छलफल बताउनुभयो । दाहाललाई एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमतको छ र नागरिक उन्मुक्तिको चार गरेर एक सय ६६ सांसदको समर्थन रहनेसमेत उहाँको भनाइ छ ।

दलहरूबीचको सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व माओवादी अध्यक्ष दाहालले गर्ने र राष्ट्रपति एमालेले लिने भएको छ । 

सहमतिको पहिलो चरणमा दाहालले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी समय एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

बैठकमा सरकारको नेतृत्व दाहालले गरेसँगै राष्ट्रपति र सभामुख एमालेले पाउने गरी सहमति जुटेको ओलीको सचिवालयले जानकारी दिएको छ । 

सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी हुने गरी छलफल भएको थियो । 

बालकोटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पुग्नु अगावै एमालेका अध्यक्ष ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईबीच छलफल भएको थियो । 

त्यसपछि बालकोट पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल र एमाले अध्यक्ष ओलीबीच भेटघाट गरी सरकार गठनबारे छलफल भएको थियो । 

बैठकमा अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलसहितका नेता, माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो । 

प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । 


प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्