Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
नेपालकागज
नेपालकागज मंगलबार, पुस ५, २०७९

जनकपुरधाम । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट  भएको छैन ।  

यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो । यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम तय गर्न अन्योलमा छ ।

मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि हालसम्म ठोस योजना बनिनसकेको बताउनुभयो । अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट सङ्केत नआएकाले निष्कर्षमा पुग्न नसकेको उहाँले जानकारी दिनुभयो । 

“उहाँहरू (दलहरू) केन्द्रीय सत्ता समीकरणको पर्खाइमा हुनुहुन्छ होला । हामीलाई पनि पार्टीहरूको संसदीय दल र नेतृत्व चयन भएको भए सल्लाह गर्न सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर पनि शपथग्रहण र प्रदेशसभा बैठकका लागि संसद् सचिवालय तयारी अवस्थामा छ । सर्वदलीय बैठकपछि कार्यक्रम तय गर्छौँ ।”

पुस २१ भित्रै गरिसक्नुपर्नेछ शपथग्रहण र प्रदेशसभा बैठक

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।
  
प्रदेशसभा सचिवालयका सचिव यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताउनुभयो । “बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ”, यादवले भन्नुभयो, “त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।”

संविधानको धारा १६८ (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ ।
 
ज्येष्ठ सदस्यले गराउनेछन् शथप

निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने हाल सबैभन्दा ज्येष्ठ सदस्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेपालको संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्छन् । ज्येष्ठ सदस्यले प्रदेशसभा सचिवालयको सिफारिसमा प्रदेश प्रमुखसमक्ष शपथग्रहण गर्ने गर्दछन् । यही व्यवस्थानुसार सर्वदलीय बैठकपछि ज्येष्ठ सदस्य र त्यसपछि बाँकी सदस्यको शपथग्रहणको योजना बनाउने प्रदेशसभा सचिवालयका सचिव यादवले जानकारी दिनुभयो ।
 
अघिल्लोपटक मधेस प्रदेशसभामा भोजपुरी, मैथली, नेपाली र हिन्दी गरी चार भाषामा शपथग्रहण गरिएको थियो । 


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्