Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म
गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म
नेपालकागज
नेपालकागज बिहीबार, मंसिर १, २०७९

रेसुङ्गा (गुल्मी) । गुल्मीको प्रदेश सभा निर्वाचन यसपटक ऐतिहासिक बन्ने भएको छ । यहाँबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रदेश तहको औचित्य पुष्टि दाबीदेखि मुख्यमन्त्रीसमेतको दाउमा हुनुहुन्छ । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीबाट लुम्बिनी प्रदेशसभाका लागि चार जना निर्वाचित हुनुहुनेछ । यहाँ  ३९ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा मुख्य दुई प्रतिस्पर्धी हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बराल सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । उहाँसँग नेकपा एमालेका चिन्तामणि पाण्डेको मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ । यहाँ यी दुईबाहेक आठ जना चुनावी मैदानमा हुनुहुन्छ । 

बराल आफू निर्वाचनमा विजयी हुनेमा ढुक्क भएको दाबी गर्नुहुन्छ । बराल मुख्यमन्त्रीको दाउमा हुनुहुन्छ तर, यसका लागि उहाँले पार्टीको निर्णय र अहिले गठबन्धनको समेत निर्णय कुर्नुपर्ने बताउनुभयो । पहिले आफू चुनाव जित्ने त्यसपछि मुख्यमन्त्रीका लागि कसरत गर्ने उहाँ बताउनुहुन्छ । उहाँले सिङ्गो लुम्बिनी प्रदेशमा सुशासन, समुन्नति र विकासका पूर्वाधारलाई तीव्र अगाडि बढाउने आफ्नो एजेण्डा रहेको बताउनुभयो । उहाँसँग प्रतिस्पर्धीमा रहनुभएका नेकपा एमालेका पाण्डेले एमालेको बलियो सङ्गठन, आफू जनताको जीविकोपार्जन र अनुभवका कारण आफू जित्ने दाबी गर्नुहुन्छ । 

यही निर्वाचन क्षेत्रको प्रदेशसभा (२) मा पनि मुख्य दुई प्रतिस्पर्धी हुनुहुन्छ । यहाँ सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डे मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । यी दुईबाहेक यहाँ नौ जना चुनावी मैदानमा हुनुहुन्छ । कार्कीले विकासमा पछाडि रहेको गुल्मीलाई हरेक क्षेत्रबाट विकास गर्ने दाबी गर्नुहुन्छ । पाण्डेले नेकपा एमालेको केन्द्रीय नीतिअनुसार विकास गर्ने बताउनुहुन्छ । 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा रोचक प्रतिस्पर्धा हुनेछ । यहाँ २५ वर्षअघिदेखि प्रतिस्पर्धामा रहनुभएका भुवनप्रसाद श्रेष्ठ र डिल्लीराज भुसालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक यहाँ आठ जना चुनावी मैदानमा हुनुहुन्छ । 

सत्तारुढ गठबन्धनबाट कांग्रेसका श्रेष्ठ र एमालेबाट भुसालबीचको प्रतिस्पर्धा २०५४ सालदेखि हो । विसं २०५४ र २०५६ मा गाविस अध्यक्षमा भुसाललाई पराजित गर्दै विजयी हासिल गर्नुभएका श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा भुसालसँग पराजित हुनुभएको थियो । २०७४ को हारलाई बदला लिने दाउमा श्रेष्ठ हुनुहुन्छ भने आत्मबलसहित चुनाव जित्नेमा ढुक्क भुसाल हुनुहुन्छ । 

श्रेष्ठले आफू जितेपछि मन्त्री हुनेमा शङ्का नरहेको दाबी गर्दै आफ्नो निर्वाचन क्षेत्रसहित प्रदेशभर विकासका नमुना काम गरेर प्रदेश तहको औचित्य पुष्टि गर्ने बताउनुहुन्छ । भुसालले एमालेको बलियो सङ्गठन र नगरमा सफल कार्यकाल भएकोले जित्ने दाबी गर्नुहुन्छ । 

यही निर्वाचन क्षेत्रको प्रदेशसभा (२) को निर्वाचन पनि रोचकताका साथ हेरिएको छ । यहाँ पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्तारुढ गठबन्धको तर्फबाट माओवादीका बुद्धि जिसी र एमालेका दिनेश पन्थी प्रतिस्पर्धामा हुनुहुन्छ । यी दुईबाहेक यहाँ छ जना चुनावी मैदानमा हुनुहुन्छ । 

माओवादीमा सँगै रहनुभएका दुई नेतामध्ये पन्थी नेकपा विभाजन हुँदा एमालेमै रहनुभएको थियो । जिसी आफूले तल्लो तहका नागरिकको समस्या बुझेकोले आफू विजयी हुने दाबी गर्नुहुन्छ ।     

 


प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्