Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कष्ट सहँदै घरमै बस्दै आएका मुस्लिम महिलामा स्वास्थ्य चासो बढ्दै
कष्ट सहँदै घरमै बस्दै आएका मुस्लिम महिलामा स्वास्थ्य चासो बढ्दै
नेपालकागज
नेपालकागज बिहीबार, जेठ २७, २०७८

कष्ट सहँदै घरमै बस्दै आएका मुस्लिम महिलामा स्वास्थ्य चासो बढ्दै

महोत्तरी । आफ्नै बस्तीमा नयाँ स्वास्थ्यचौकी भवन बनेर चाँडै सेवा सञ्चालन हुने कुराले महोत्तरीको मटिहानी नगरपालिका–३ वरदाहाका मुस्लिम महिलाले सहज स्वास्थ्य सेवा पाउने आश सँगालेका छन् । 

नजिकमा स्वास्थ्य परामर्श र सेवा लिन नपाउँदा कष्ट सहँदै घरमै बस्दै आएका मुस्लिम महिलालाई आफ्नै बस्तीमा आधुनिक सुविधासहितको स्वास्थ्यचौकी भवन बनेर अब सेवा सञ्चालन हुने भएपछि उनीहरुमा यस्तो आश पलाएको हो ।

सामान्यतया घर ओरपरबाट बाहिर ननिस्कने मुस्लिम महिला अब आफ्ना स्वास्थ्य समस्या घर नजिकै बनेको स्वास्थ्यचौकीमा पुगेर परामर्श र उपचार सेवा लिन पाइने कुराले खुशी छन् । “हमरासभक बेटी पुतो ओतेक बाहर नई जाइछै” (हाम्रा छोरीबुहारी सामान्यतया बाहिर जाँदैनन्) बस्तीकी ६० वर्षीया मुकिमा खातुनले भन्नुभयो, “आब अपने ठाम अस्पताल (स्वास्थ्यचौकी) बैनगेल, निक भेल” (अब आफ्नै बस्तीमा अस्पताल (स्वास्थ्यचौकी) बन्यो, राम्रो भयो) । नयाँ बनेको स्वास्थ्यचौकीमा सुत्केरी (प्रसूति) सेवा सञ्चालन गर्नसके आफ्नो बस्तीलाई निकै राहत हुने मुकिमाको आश छ ।

मुस्लिम बस्तीका महिला स्वास्थ्य उपचार र परामर्श सेवा लिन टाढा ननिस्कने र सामान्य स्वास्थ्य समस्या समयमा उपचार नपाएर ज्यानै जानेसम्मको अवस्था बुझेर आधुनिक सुविधासहितको स्वास्थ्यचौकी भवन बनाइएको मटिहानी नगरपालिकाले जनाएको छ । आधुनिक ल्याव सेवाका लागि उपकरणसहितको छुट्टै कोठा, परामर्शकक्ष र उपचारकक्ष रहेको नयाँ भवन ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरपालिका कार्यालयका इञ्जिनीयर विमलेश साहले जानकारी दिनुभयो ।  

नयाँ स्वास्थ्यचौकी भवनबाट असार पहिलो सातादेखि सेवा सञ्चालन हुने भएको छ । “हामीले दक्ष स्वास्थ्यकर्मी परिपूर्ति गर्न प्रक्रिया अघि बढाएका छौं, असार पहिलो साताभित्रै सेवा सञ्चालन हुन्छ” नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “अब मुस्लिम बस्तीका महिलाले कष्ट खपेर स्वास्थ्य समस्या झेली रहनुपर्ने अवस्था अन्त्य गर्दैछौं ।” महिला र आम गरिब जो उपचार सेवा लिन टाढा जान सक्दैनथे, उनीहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्यचौकी बनाइएको उहाँको भनाइ छ ।  

मुस्लिम बस्तीमा परिवार नियोजन स्वास्थ्य सेवाबारे सचेतना नहुँदा कम समयको फरकमा धेरै बच्चा जन्माउनु परेर महिला बढी स्वास्थ्य समस्यामा पर्ने गरेका स्वास्थ्यकर्मीको ठहर छ । अब नयाँ भवनमा सञ्चालन हुने सेवामा परिवार नियोजन परामर्श, उत्प्रेरणा र यससम्वन्धी सेवा पहुँच बढाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताउनुभयो । मुस्लिम परिवारमा जन्मान्तरका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र पुरुष वा महिलाले स्थायी वन्ध्याकरण गर्ने क्रम निकै कम रहेको झाको भनाइ छ । यसबाहेकका प्रजनन् स्वास्थ्य समस्याबारे केन्द्रित भएर परामर्श र उपचार सेवा बढाउन सके खास उपलव्धी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न भएसँगै सो बस्तीमा वडागत योजनाअन्तर्गत पिसिसी ढलान गरिने सडक निर्माणको काम थालिएको छ । बस्तीभित्र रिक्सासम्म जान नसक्ने अवस्था चिर्न मुख्य सडकमा जोडिने गरी बस्तीभित्र पिसिसी ढलानको सडक निर्माण थालिएको मटिहानी–३ का वडाध्यक्ष लियाकत कवारीले बताउनुभयो । आफ्नो बस्तीमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएसँगै सडक निर्माण थालिएपछि मुस्लिम बस्तीमा अहिले खुशी छाएको छ । 

यसैबीच वरदाहासँगै जोडिएको मटिहानी–४ मझौराविशनपुरस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका कक्षा–८ का ४० छात्राले विद्यालय आउन जान साइकल पाएका छन् । प्रदेश–२ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत बुधबार नगरप्रमुख मण्डलले ४० जना छात्रालाई साइकल वितरण गर्नुभएको हो । यादव, धानुक, केवटसहितका अत्यन्त गरिब जनजाति तथा खत्वे, चमारसहितका दलितको बस्तीस्थित विद्यालयका छात्राले साइकल पाएपछि विद्यालयमा भर्ना हुने र पढाइलाई निरन्तरता दिने छोरीहरुको सङ्ख्या वृद्धि हुने मटिहानी नगरपालिका शिक्षा शाखाका प्रमुख चन्देश्वर साहको विश्वास छ ।


प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्