Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल
मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल
नेपालकागज
नेपालकागज शनिबार, कात्तिक ५, २०७९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई  सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताउनुभएको छ । ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय आज उद्घाटन गर्दै उहाँले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

“ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ”, मन्त्री भुसालले भन्नुभयो, “पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवद्र्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तबमात्र समृद्धि हासिल हुन्छ ।”

ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “हरेक घरघरमा अर्ध बेरोजगारको अवस्था छ, स्रोत साधन र सम्पदालाई एकै ठाउँमा राखेर मुलुकलाई सम्पन्न बनाउनुपर्छ, बेरोजगारको समस्या समाधान गर्नुपर्छ ।” 

नेपालको संविधानबमोजिम प्रतिनिधिसभा सदस्यका लागि आवश्यक योग्यता पुगेका नागरिकलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था गरेकाले आफूले गएका तीन वटा निर्वाचन ललितपुरबाट नै सहभागी भएको मन्त्री भुसालले जानकारी गराउनुभयो ।

“विगत ४० वर्षदेखि म ललितपुरबाटै सक्रिय राजनीति गरिरहेको छु”, उहाँले भन्नुभयो, “यससम्बन्धमा कोही पनि भ्रममा पर्न जरुरी छैन ।” गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको जनाउँदै मन्त्री भुसालले मुलुकको स्थायित्वका लागि देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ (२) का उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सङ्कल्प पूरा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 
 


प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:५७
#नेकपा (माओवादी केन्द्र)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्