Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सडकले मुहार फेरेको बरेङ, गाउँमै बुटवलबाट जीप आउँदा सबै दङ्ग
सडकले मुहार फेरेको बरेङ, गाउँमै बुटवलबाट जीप आउँदा सबै दङ्ग
नेपालकागज
नेपालकागज शनिबार, असोज २९, २०७९

गलकोट । तीन दिन हिँडेर बागलुङको बरेङ गाउँपालिकाबाट कयौँ पटक बुटवल पुग्नुभएका बरेङ गाउँपालिका–२ का केशरबहादुर बर्मा अहिले गाउँमै बुटवलबाट जीप आउँदा दङ्ग पर्नुहुन्छ । 

बागलुङको दक्षिण क्षेत्र बरेङ बुटवलँंग सिधा सम्पर्कमा प्रशासनिक काम बाहेक किनमेल र औषधि उपचारका लागि पाल्पा हुँदै बुटवलसम्म हुन्छ । 

विसं २०६३ सालतिर बरेङमा पहिलो पटक सवारी आएको बर्माको स्मरणमा छ । बर्माले तीन दिन हिँडेर पुग्ने बुटवल अहिले आधा दिनमै पुग्न सकिने बताउँदै सडक सञ्जालका कारण बरेङको जनजीवनले मुहारै फेरेको बताउनुहुन्छ ।

“प्रशासनिक काम गर्न मात्रै बागलुङ बजार जान्छौँं, अन्य कामका लागि सदरमुकाम बागलुङ बजार पुग्ने समयमा बुटवल पुगिन्छ” बर्माले भन्नुभयो “यहाँका अधिकांशको बसाइँसराइसमेत उस्तै हुन्छ, अहिले दैनिक तीनवटा जीप बरेङ आउछन् ।” 

शान्तिपुरसम्म बाटो पक्की छ, त्यहाँबाट बुटवल सम्म बससमेत चल्ने गरेका छन् । सडकका कारण दुर्गम मानिएको बरेङ गाउँपालिका विस्तारै सुगम बन्दै गएको छ । बर्माले सडकका कारण ७५ वर्षको उमेरमा भए पनि यहाँको विकास हेर्न पाइएको बताउनुभयो । सडक सञ्जालका कारण बरेङक्षेत्रमा बाक्ला घरसमेत निर्माण भइरहेका छन् । 


बरेङबाट बागलुङ जिल्ला सदरमुकाम आउन झण्डै पाँच घण्टा लाग्छ भने सोही समयमा बरेङबाट बुटवल पुग्न सकिने स्थानीय होमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सडकको सहज पहुँचका कारण गाउँमै सहरको सेवा सुविधा उपभोग गर्न पाएको बताउनुभयो । 

गुल्मीको शान्तिपुरबाट बरेङ आउन निकै सहज भएको बताउँदै अब सडक कालोपत्र गर्न सके झनै यात्रा छोटिने बताउनुभयो । बागलुङ सदरमुकाबाट बरेङ पुग्ने सबै सडक कच्ची भएका कारण जिल्ला सदरमुकाम पुग्न भन्दा बरेङका बासिन्दालाई बुटवल पुग्न सहज हुने थापाले बताउनुभयो । 

“१० वर्ष अघिसम्म बुटवल हुँदै भारी बोकेर सामान गाउँमा ल्याइन्थ्यो, अहिले गाउँगाउँमा सडक पुगेका छन्, बुटवलबाट चार पाँच घण्टामै जीप बरेङ आइपुग्छ” थापाले भन्नुभयो “बागलुङको दुर्गम गाउँपालिकामा मानिने बरेङ गाउँपालिका सडक सञ्जालका कारण सुगम बन्दै गएको छ भने विकास निर्माणले तीव्रता पाएको छ ।”

थापाका अनुसार बरेङमा सडकको पुहँुचसँगै खानेपानीको समेत व्यवस्थापन हुँदा अहिले गाउँमै विकासको अनुभव भएको थापाको भनाइ छ ।  अहिले बरेङ गाउँपालिकाको केन्द्रमा बजार विस्तार भइरहेको छ ।

बरेङ बजार सुधारका लागि समेत पालिकाले बर्सेनि बजेट खर्च गर्दै आएको बरेङ गाउँपालिकाले जनाएको छ । 

बरेङ गाउँपालिकामा जिल्ला सदरमुकाम बागलुङ बजारबाट भन्दा बुटवल र पाल्पाबाट धेरै सवारीसाधान आउने बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

“बरेङमा सडकले सेवा सुविधा थपिएको छ, बसाइँसराइ त रोकिएको छैन तर यहाँका मानिसले दैलोमै सेवा सुविधा पाएका छन्, पालिकाले धेरै सडक सुधार गर्दै आएको छ, हामीले शान्तिपुरदेखि बरेङसम्म सडक कालोपत्र गर्ने योजना बनाएका छौंँ”,शर्माले भन्नुभयो,“बरेङ गाउँपालिका जिल्ला सदरमुकामबाट टाढा र दुर्गम भए पनि सेवा सुविधाका लागि बुटवलको सिधा यातायातले सुगम बन्दै गएको छ ।”

बरेङ गाउँपालिकामा सडकको सहज पुहँच विस्तारका लागि समेत बर्सेनि पालिकाले ठूलो बजेट लगानी गर्दै आएको शर्माको भनाइ छ । 

शर्माका अनुसार गाउँपालिकाले आफ्नो बजेटबाट सडकको सुधार गर्न नाली निर्माण गर्ने, सडक हेरालु राख्ने तथा मर्मत सम्भार गरिराखेको छ ।  


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्