Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मानसिक स्वास्थ्य र हाम्रो समाज
मानसिक स्वास्थ्य र हाम्रो समाज
नेपालकागज
नेपालकागज सोमबार, असोज २४, २०७९

डा. मो. ऐनुद्दीन बागबान

स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुने अवस्था हो। हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ। तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भए पनि वास्ता गर्दैनौ। जबकि शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अति नै आवश्यक छ। मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना नै अधुरो छ ।

मानसिक रूपमा स्वस्थ्य व्यक्तिहरुले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन। मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु मात्र होइन बरु मनमा अन्तर्द्वन्द्व , अनावश्यक डर, त्रास ,उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहने सक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवन बीच सन्तुलन कायम राख्न सक्षम नहुनु , उत्पादनशीलता एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असमान्य परिवर्तन हुनु भन्ने बुझ्नु पर्दछ।

साथै मानसिक व्यथाको प्रवृति शारीरिक पीडा भन्दा बिल्कुलै फरक हुन्छ। यही असहनीय पीडाकै कारण विरामीहरु आफु मर्न वा अरुलाई मार्न समेत पनि पछि पर्दैनन् । विश्वमा हुने आत्महत्याहरुको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको पाइएको छ र प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृति कै कारण हुने गर्दछन। तसर्थ हामी मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै औषधि उपचार गरायौं भने यसरी अकालमै मर्ने अगन्य व्यक्तिहरुको ज्यान सजिलै जोगाउन सफल हुन्छौं र विरामीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं ।

सन् १९७८ मा नै मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्यको रुपमा सर्व साधारणलाई सेवा प्रदान गर्नु पर्दछ भन्ने अवधारणा आएता पनि अहिलेसम्म व्यवहारमा लागु हुन सकेको छैन। आज विश्वभरिमा मानसिक स्वास्थ्य समस्याहरु महामारी झैं दिनप्रदिन बढ्दै गइरहेका छन्। विभिन्न अध्ययनहरु अनुसार विश्वमा करीब २०% देखि २५% जनसंख्या अर्थात चार वा पाँच जना मध्ये एक जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पाइएको छ। नेपालमा पनि यसले एउटा गम्भीर जनस्वास्थ्य समस्याको रुप धारण गरिसकेको छ।

बर्षौंको द्वन्द्वकाल, राजनैतिक अस्थिरताका साथै बाढी, पहिरो, भुकम्प तथा कोरोना महामारी जस्ता विपद घटनाहरुले पनि हाम्रो मानसिक स्वास्थ्य माथि बढी नकारात्मक असर परेका छन्। हाम्रो समाजमा रक्सी लगायत अन्य नशालु तथा लागु पदार्थहरुको सेवन दिन प्रतिदिन बढ्दै गइरहेको छ। जसले गर्दा यसबाट हुने शारीरिक, सामाजिक तथा आर्थिक समस्याहरुको पीडाले सम्पूर्ण परिवारको मानसिक स्वास्थ्य जोखिमपूर्ण अवस्थामा हुन्छ। नेपालबाट विशेष गरी युवा युवतीहरु बैदेशिक रोजगारका कारणले विदेशतिर पलायन भइरहेका छन्।

जहाँ उनीहरुलाई अनेक मानसिक तनावबाट गुज्रिनुपर्ने बाध्यता रहेको हुन्छ। साथै यता घरमा बच्चाहरु लगायत सम्पूर्ण परिवारमा तनावको अवस्था सिर्जना हुन् सक्दछ। यसकारण उनी सबैलाई डिप्रेसन लगायत विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरु हुने सम्भावना बढी हुन्छ। यसकारण बाल बालिका तथा बृद्ध बृद्धा लगायत अधिकांश नेपाली जनताहरुको मानसिक स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ।

यस कुरालाई नेपालमा बढ्दै गइरहेको आत्महत्याको संख्याले पनि धेरै हदसम्म पुष्टि गरेको छ। तैपनि मानसिक स्वास्थ्यप्रतिको जनचासो, सरकारी तथा गैरसरकारी निकायहरुको प्राथमिकता निकै कम देखिएको छ। यसरी नै समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना तथा शिक्षाको कमी रहेमा यी समस्याहरु निकट भविष्यमा अझै विकराल बन्न सक्दछ।

मानसिक स्वास्थ्यका निम्ति आवश्यक पूर्वाधारहरूका लागि सरकारले बजेट बढाउन पनि उत्तिकै आवश्यक छ  तथा सम्बन्धित सबै पक्षले मानसिक स्वास्थ्यका समस्याहरू न्यूनीकरणको यथोचित पहल लिनुपर्छ । हाम्रो समाजले मानसिक विरामीहरुलाई फरक फरक नजरले हेर्ने गरेको पाइन्छ। मानसिक विरामीहरुलाई दैवी शक्ति वा प्रेतात्मा आदिबाट प्रभावित भएको रुपमा देखने गरेको छ। कतिले त यसलाई नाटक ठानेर बेवास्ता पनि गर्दछन। समाजमा यस्ता विरामीहरुलाई बोक्सीले किचकन्नी लगाई दिएको आरोपमा गरिब तथा असहाय महिलाहरुलाई निर्घात कुटपिट गर्ने, मलमुत्र समेत खुवाउने, साथै झारफुकको नाममा धामी झाँक्रीहरुले झन शारीरिक एवं मानसिक यातना दिएको घटनाहरु बारम्बार दोहोरिरहेका छन्। जसले गर्दा धेरैले त आत्महत्या पनि गरेका छन् ।

समाजले मानसिक विरामीहरुलाई कि वेकम्मा ठानेर फलामे साङ्गलाले बाँधी खोरभित्र आजीवन थुनेर अमानवीय अवस्थामा राखने गरेको छ कि त छाडा जनावर झैं सडकमा थुपारिएका गन्हाउने डंगुरबाट सडेगलेका खानेकुरा टिपेर खाँदै गरेको जनावर भन्दा पनि तल्लो स्तरको जीवन जिउन वाध्य तुल्याएको छ। त्यहीं समाजले तिनीहरुको उचित व्यवस्थापन गर्नुको सट्टा आफ्नो नाकमुख छोपी मूकदर्शक बनेर सबै हेरिरहेको हुन्छ। यसबारे सरकारले पनि मौन धारण गरेको अवस्था छ।

के यस्ता विरामीहरु प्रति समाज र सरकारको केही जिम्मेवारी छैन त ? के हाम्रा आफ्नै बुवाआमा, छोराछोरी, भाइबहिनी वा स्वयम् आफुलाई यस्ता समस्याहरु हुनै सक्दैन भन्न सकिन्छ र? एक पटक मनन गरौँ र यस्ता विरामीहरुको औषधि उपचारमा यथासम्भव सहयोग तथा सहकार्य गरौँ।

प्रायः बिरामीहरु समाजमा अनावश्यक रूपमा हेलाको पात्र होइएला भनेर रोगलाई लुकाउने गर्दछन। यहाँसम्म कि बिरामीहरु मानसिक स्वास्थ्य सम्बन्धी औषधि पनि अरुलाई थाहा न दिईकन खाने गर्दछन। अन्य विरामीहरु झैं मानसिक विरामीहरुको पनि सफल उपचार सम्भव छ। औषधि उपचारकासाथै समाजले सहानुभूति, भावात्मक सहारा, स्नेहपूर्ण व्यवहार गरिदिएकोमा तिनीहरु पूर्ण रुपमा निको हुन्छन। फलस्वरूप समाजमा तिनीहरु पनि हामी जस्तै सामान्य जीवन निर्वाह गर्न सक्षम हुन्छन।

(लेखक नेपालगंज मेडिकल कलेजका नशा तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ l)
[email protected]


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्