Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • पश्चिम सुर्खेतको मुख्य सडक तीन दशकदेखि अधुरै
पश्चिम सुर्खेतको मुख्य सडक तीन दशकदेखि अधुरै
नेपालकागज
नेपालकागज बिहीबार, असोज ६, २०७९

कर्णाली । पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकको ट्रयाक खुलेको तीन दशक नाघेको छ । ट्रयाक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले बर्सेनि सास्ती भोग्दै आइरहेका छन् ।
 
वर्षाको उर्लँदो भेलमा यात्रुहरूले जोखिम मोलेर मोटरसाइकल र गाडी तारिरहेको दृश्य सामाजिक सञ्जालमा बर्सेनि छाइरहन्छन् । यस्ता दृश्य देख्नेका लागि सामान्य लागे पनि यात्रुहरूको पीडा बयान गरिसक्नुको छैन । हालैको भारी वर्षाले खोलामा पानीको सतह बढाएपछि पुनः ती खोलाहरूमा जोखिम बढेको छ भने सडक भत्केर क्षतविक्षत बन्न पुगेको छ ।

पछिल्लो बाढीले पश्चिम सुर्खेतका सबै सडकहरू अवरुद्ध छन् । बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकखण्डमा ब्युरेनीखोला र गुटुखोलामा साना–ठूला सवारीसाधन वारपारमा समस्या छ । चौकुने गाउँपालिका गुटु निवासी स्थानीय रामबहादुर बयकले सडककै दुरावस्थाका कारण पश्चिम सुर्खेत विकासमा पछाडि परेको दुःखेसो पोख्नुभयो । 

“सडकले हामीलाई सास्तीमात्र दिएको छ्रैन, यसको दुरावस्थाले लज्जित पनि गराएको छ”, उहाँले भन्नुभयो, “सडक सुधारका लागि वर्षौँदेखि अनुनय गर्दै आयौँ, आजसम्म सुधार गर्ने ध्यान कसैमा गएन । यसले गर्दा न यहाँको उत्पादित वस्तु सहजै वीरेन्द्रनगर पुग्छ नत त्यहाँबाट हर समान सजिलै ल्याउन सकिन्छ ।”  

सडकमा गहिरा खाल्डाखुल्डी र ठाडो खोलाहरूमा पुल नहुँदा धेरै जोखिम रहेको यात्रुहरू बताउँछन् । पश्चिम सुर्खेतमा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । चौकुने गाउँपालिका हुँदै निर्माणाधीन बेतन कर्णाली जलविद्युत् आयोजनास्थल पुग्नुपर्छ । तर त्यहाँसम्म पुग्ने सडक र खोलामा पुल नहुँदा यात्रुले अनेक सास्ती भोग्दै आएका छन् ।

भेरी वन डिभिजन बाबियाचौरका नायब सुब्बा तिलकराम अधिकारीले पश्चिम सुर्खेतकै मुख्य सडकको स्तरोन्नतिमा सबैले बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताका कारण सदरमुकाम केन्द्रित कार्यालयहरू गाउँमै स्थापना भएका छन् । सेवाग्राहीदेखि कर्मचारीहरू त्यहाँ पुग्नुपर्छ तर बाटोको अवस्था साह्रै जीर्ण र डरलाग्दो छ ।”

यो सडकलाई हाल मदन भण्डारी राजमार्ग आयोजनामा समावेश गरिएको छ । दाङ–सुर्खेत हुँदै डोटी जोड्ने राजमार्ग यही खण्ड भएर जान्छ । राजमार्ग बन्ने भएपछि यहाँका स्थानीयमा केही आशा जागेको छ । “सडक कालोपत्र हुने र खोलानालामा पक्की पुल बन्नेमा आशावादी छौँ, तर यो आयोजना पनि ट्रयाक खुलेजस्तै नहोस्”, बाबियाचौरका स्थानीय रेशम भण्डारीले भन्नुभयो, “यो सडक पश्चिम सुर्खेतको भविष्य हो, हामी छिटो छिमेकी जिल्लासँग यातायात सम्बन्धमा जोडिन चाहन्छौँ ।”
 
राजमार्ग आयोजनालाई काम छिटो थाल्न स्थानीय जनप्रतिनिधिले आग्रह गरेका छन् । चौकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विकले राजमार्ग निर्माणकार्यमा आफूहरूले सहजीकरण एवं आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले आफू अध्यक्ष हुनु पहिलदेखि नै सडकको स्तरोन्नतिका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको जनाउनुभयो ।

“पूर्व–पश्चिम जोड्ने राजमार्ग बन्नु धेरै राम्रो हो । पहिले जे–जति कारण सडक स्तरोन्नति नभए पनि अब काम दु्रतगतिमा बन्नुपर्छ भनेर हामीले सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि सडकको काम छिटो सम्पन्न गर्न एउटा खण्डको जिम्मेवारी लिएर निर्माण कम्पनीलाई परिचालन गरिसकेको छ ।” 

पश्चिम सुर्खेत खण्डमा वीरेन्द्रनगर सुर्खेतबाट चौकुने गाउँपालिकासम्को राजमार्गको लम्बाइ ९४ किमी रहेको छ । तीमध्ये बड्डीचौरबाट खम्बागाडेसम्म १२.१३ किमी प्रदेश सरकारले कालोपत्र गर्दैछ । तिहारलगत्तै कालोपत्रको काम सुरु गर्ने निर्माण व्यवसायीको भनाइ छ ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले रु४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग ठेक्का सम्झौता गरिसकेको छ । सम्झौताअनुसार उक्त जेभीले विसं २०८१ असार २४ गतेसम्म सडक कालोपत्रको काम सम्पन्न गर्नुपर्नेछ ।
 
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इञ्जीनियर जितेन्द्र साहले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको र बाँकी सडक निर्माणको ठेक्का आह्वानका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको बताउनुभयो । राजमार्गकै मापदण्डमा एवं डिपिआर लागू गर्ने गरी प्रदेश सरकारले सडक कालोपत्रको काम सुरु गरेको उहाँको भनाइ छ । 

इञ्जीनियर साहले अर्थ मन्त्रालयले समयमै बजेट उपलब्ध गराएमा बाँकी करिब ८१ किलोमिटर सडक स्तरोन्नति र तत्काल तीन स्थानमा पुल निर्माणको काम अघि बढाइने बताउनुभयो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिव दिनेश सागरले भुसालले यो विपद्को समय टेण्टलगायतका आवश्यक समान वितरणका लागि पञ्चपुरी नगरपालिकासम्म कठिनाइले पुगिएको बताउनुभयो ।

“आन्तरिक मामिलामन्त्री हिमबहादुर शाही, मुख्यमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार मन्त्रालयको प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारसहितको टोली त्यहा पुगेको थियो”, सचिव भुसालले भन्नुभयो, “मन्त्रीले स्थानीय तहका प्रमुखहरुलाई प्रभावितहरूलाई आवश्यक राहत दिन र अपुग भएर प्रदेश सरकारसँग माग गर्न निर्देशन दिनुभएको छ ।
 
उहाँका अनुसार मन्त्री शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिवलाई बन्द भएको ठाउँमा बाटो खोल्न र रोकिएका सडक निर्माणका कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

 


प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्