Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावको वेला प्रहरीको केन्द्रीय निर्वाचन सेल नेतृत्वविहीन
चुनावको वेला प्रहरीको केन्द्रीय निर्वाचन सेल नेतृत्वविहीन
नेपालकागज
नेपालकागज बुधबार, असोज ५, २०७९

चुनावको वेला नेपाल प्रहरीको कार्य विभाग नेतृत्वविहीन बनेको छ । कार्यमा कार्यरत एआइजी सहकुलबहादुर थापा प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएसँगै प्रहरी परिचालनको महत्वपूर्ण केन्द्रीय निकाय कार्य विभागको नेतृत्व रिक्त भएको हो । निर्वाचन सुरक्षाको समन्वयका लागि कार्यविभागकै एआइजीको नेतृत्वमा प्रहरीमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो । एआइजीको थापाको सरुवासँगै केन्द्रीय सेल नै नेतृत्वविहीन भएको हो । अन्य एआइजीलाई सेलको नेतृत्व तोकिएको छैन । 

कार्य विभागमै कार्यरत डिआइजी वसन्त कुँवरलाई विभागको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । तर, उपत्यका प्रहरी कार्यालयमा एआइजी प्रमुख छन् भने तीन प्रदेशमा उनीभन्दा सिनियर डिआइजी कार्यरत रहेकाले चेन अफ कमान्डका दृष्टिले समस्या हुने देखिन्छ । कार्य विभागले देशभरिबाटै रिपोर्टिङ लिने
र आवश्यक निर्देशन दिने भूमिका हुन्छ । 


आठमध्ये प्रहरीमा हाल दुई एआइजीको दरबन्दी रिक्त छ। रिक्त पदमा तत्काल बढुवाको तयारी नभएको स्रोत बताउँछ । कार्य तथा प्रदेश समन्वय विभाग रिक्त छ । प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भने एआइजी नहुँदा पनि कार्य विभागबाट नियमित काम भइरहेकाले ठूलो समस्या नभएको बताउँछन् । 

सेनासँग हतियार माग, गाडी खरिद अन्योलमा 
प्रहरीले निर्वाचनका लागि नेपाली सेनासँग साढे २७ सय पेस्तोल माग गरेको छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा पनि प्रहरीले सेनासँग एक हजार पेस्तोल लिएको थियो । यसपटक पनि करिब एक हजार मात्र पेस्तोल दिन सकिने जानकारी सेनाले गराएको छ । पर्याप्त पेस्तोल नभएपछि ठूला हतियार नै प्रयोग गरी निर्वाचन गराउन लागिएको छ । 

उता सरकारले गाडी खरिदका लागि ७५ करोड रुपैयाँ दिएकोमा निर्वाचनसम्म खरिद प्रक्रिया सम्पन्न नहुने देखिएको छ । प्रहरीले एक सय ८० गाडीका लागि खरिद प्रक्रिया अघि बढाएको छ । अब दुई महिनाको मात्र समय बाँकी भएकाले गाडी चुनावपछि मात्र आइपुग्ने सम्भावना देखिएको स्रोत बताउँछ । जसअनुसार प्रहरीले यो चुनावमा पनि भाडामा लिने तयारी अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयले एक हजार चार सय ९२ गाडी भाडामा लिनुपर्ने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले एक हजार ५० गाडी भाडामा लिन मात्र बजेट दिएको छ । 

 प्रतिनिधिसभातर्फ  ४८ दलले बुझाए बन्दसूची 
 समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ ४८ दलले बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगका अनुसार आइतबार चार र सोमबार ४४ दल दलले बन्दसूची पेस गरेका हुन् ।  प्रदेशतर्फ प्रदेश १ मा ३६, मधेस प्रदेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ दलले बन्दसूची पेस गरेका छन् । 

समानुपातिक निर्वाचनका लागि दर्ता भएका दल सबैले बन्दसूची बुझाएका छैनन् । समानुपातिक निर्वाचनका लागि प्रतिनिधिसभातर्फ ६४ एकल र १२ दलबाट चार संयुक्त निवेदन दर्ता भएका थिए । यसबाहेक प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५, मधेसमा ६७ दलबाट ५९, बागमतीमा ६६ दलबाट ५८, गण्डकीमा ६० दलबाट ५२, लुम्बिनीमा ६२ दलबाट ५४, कर्णालीमा ५७ दलबाट ४९ र सुदूरपश्चिममा ५८ दलबाट ५० वटा निवेदन परेका थिए । ०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनमा समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए । 

निर्वाचन अधिकृत सिफारिस निष्पक्ष नभएको कर्मचारीहरूको आरोप
निर्वाचन अधिकृत सिफारिस राजनीतिक आस्थाका आधारमा भएको भन्दै कर्मचारीले सच्याउन माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयअन्तर्गत कार्यरत तीन कर्मचारी संगठनले मंगलबार संयुक्त विज्ञप्ति निकाली राजनीतिक आस्था र गणेश प्रवृत्तिलाई बढवा दिएको आरोप लगाएका छन् । ‘न्याय सेवा आयोगको हवाला दिँदै आसन्न प्रतिनिधिसभा र प्रदेश सभाका लागि सरकारी वकिलबाट निर्वाचन अधिकृतमा भएको सिफारिसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा छ, ‘राजनीतिक विचार बोक्ने एकपक्षीय रूपमा, हचुवा र मापदण्डविना छानी–छानी कर्मचारी सरुवा गरिएको छ ।’ एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सिफारिस सच्याउन माग गरेका छन् । कर्मचारी संगठनले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराएका छन् । 


प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्