Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपाका प्रभावशाली नेता विनय रावलको त्यो 'बेटर एण्ड ब्राइटर बर्दिया'को कथाको अनन्त व्यथा
राप्रपाका प्रभावशाली नेता विनय रावलको त्यो 'बेटर एण्ड ब्राइटर बर्दिया'को कथाको अनन्त व्यथा
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी आइतबार, असोज २, २०७९

सन्दिप नाथ योगी, हरि गुरुङ, अनोज थारू, बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीले समाजसेवी तथा बर्दियाका युवा नेता विनय रावललाई महत्वपूर्ण र प्रभावशाली पद मानिने राप्रपाको केन्द्रीय सामाजिक विभागको प्रमुखको जिम्मेवारी दिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार युवा नेता रावललाई केन्द्रीय सामाजिक विभागको प्रमुखमा मनोनित गरेका छन । 

उनलाई मनोनित गरिसकेपछि हामीलाई नेता रावलले यसरी यती चाँडै राजनीतिक छलाङ मार्न सक्नुको कारण के हो भन्ने खुल्दुली मनमा आयो । 

नेता रावलको समाचार सायद सबै भन्दा बढी नेपाल कागजमै प्रकाशित भइरहेको हुन्छ । 

कतिपयले हामीलाई सोधे किन रावलको समाचार निरन्तर नेपाल कागजमा आइरहन्छ ? एक जना पुर्व पत्रकार महासङ्घका एक जिल्ला शाखा अध्यक्षले त भेटेरै भने नेपाल कागज 'वायस' भयो की क्या हो । 

यस्तो प्रतिष्ठित र लोकप्रिय पत्रिका जुन अहिले छोटो समयमा नै नाम कमाउन सफल भएको छ, यो हुनुमा नेपाल कागजको तटस्थता, निष्पक्षता र यसमा प्रकाशित हुने सामाग्री हुन । 

कृपया एउटै नेताको बारेमा मात्र तँपाइहरूले लेख्दा असान्दर्भिक देखिन्छ । बिचारणिय र सोँचनिय कुरा थियो यो, किनकि हामीलाई माया गर्ने अग्रजले दिने सुझाब हाम्रो लागि शिरोधार्य तथा शिरोमणि हुन ।

ति निवर्तमान पत्रकार महासङ्घका अध्यक्षज्युको भनाइ अत्यन्तै सान्दर्भिक थियो । उहाँको प्रश्न जायज र निष्पक्षताको कशीमा बाँधेर तौलँदा अत्यन्तै ओजपूर्ण समेत थियो । 

कुनैपनी पत्रिकामा काम गर्ने श्रमजीवी  पत्रकारज्युहरूले सुचनालाई भाषा र शैलीको प्रयोग गर्दै सत्य र निष्पक्ष भएर जवाफदेही हुँदै प्रकाशन गर्ने प्रमुख कर्तव्य र धर्म हुन्छ । 

त्यसमा पनि ति नेताको समाचार प्राय अनलाइन पत्रिकाहरूमा आउँछ जसले केही न केही समाचार बन्न लायक कार्यहरू गरेका हुन्छन । 

दोस्रोमा मिडिया फ्रेन्डली हुन्छन, तेस्रोमा आफूले गरेका हरेक कार्यका बारेमा पत्रकारलाई बिभिन्न माध्यमको प्रयोग गरेर अप टू डेट गराइरहेका हुन्छन । 

त्यस्ता नेताको समाचारले प्राय प्राथमिकता पाउँछ यो सम्पूर्ण पत्रकारितामा लागू हुन्छ किन भने जो पारदर्शी भएर सूचना दिन्छ तिनका समाचारले पत्रपत्रीकामा ठाउँँ पाउँछन । 

अब भनौँ न बर्दिया जिल्लामा धेरै दिग्गज र बौद्धिक नेताहरू हुनुहुन्छ जसले कहिल्यै आफ्नो कार्यक्रमको बारेमा मिडियालाई जानकारी दिनुहुन्न, या केही आफ्ना नजिकका पत्रकारहरूलाई मात्र जानकारी दिनुहुन्छ । 

यस्तो चाहिँ विनय रावलको बानी छैन । उनको शालीन र सौम्य तथा भद्र बानी छ । उनी पत्रकारलाई सम्मान गर्छन् नकी राजनीतिक चस्माले फाइदा र बेफाइदा हेर्छन । तसर्थ जसले पारदर्शी भएर समाजसेवा गर्छ र पत्रकारलाई सम्पूर्ण सूचना दिन्छ उसको समाचारले ठाउँ पनि पाउँछ ।

विनय रावल 
रा.प्र.पा नेता तथा समाजसेवी
बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार विनय रावल 

समाजसेवीको अब्बल पहिचान बनाउन सफल रावलले कुनैपनि सांगठनिक तथा सार्वजनिक पद ग्रहण नगर्दै आफ्नै छुट्टै पहिचान बनाइसकेका थिए । 

उनले युवालाई राजनीतिमा ठाउँ दिएमा मात्र देश बन्छ । युवा शक्ति विदेश पलायन हुनुमा देशले गर्न नसकेको आर्थिक प्रगति मुख्य जिम्मेवार हो र यसमा भ्रष्टाचार प्रमुख कारण हो भन्ने धारणा राख्छन । 

आफ्नो हजुरबुवा, बुवा बर्दियाबाटै प्रगतिपथमा लम्किएकाले अब उक्त ऋणको चुक्ता आफूले गर्नुपर्छ भन्दै सकेको सहयोग गर्दै बर्दियामा समाजसेवामा होमिएको उनको भनाइ छ ।  

समाजको सेवा गर्नु नै राजनीति हो भन्ने कुरा डा. शेखर कोइरालाले कुनै दिन प्रसङ्गवश समाजसेवी रावललाई भनेपछि राजनीति मार्फत देश र जनताको सेवा गर्छु भन्दै नेपाली कांग्रेसको पुरानो क्रियाशील सदस्य भएपनि कुनै सार्वजनिक पदमा नबसेको उनको भनाइ छ । 

आफ्नै गति र लयमा बर्दियाको विकास र सेवामा योगदान गर्दै जाँदा उनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा लोकप्रियताकै कारण जित हासिल गर्न सके । 

उनलाई नेपाली कांग्रेसको सदस्यता दिवंगत नेता पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति सुशील कोइरालाले दिएको उनको भनाइ छ ।  

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको रुपमा स्थानीय तहको निर्वाचनमा आफ्नो क्षेत्रका कांग्रेसी उम्मेदवारहरूलाई जिताउन उनले ठुलो र महत्वपूर्ण भूमिका निभाए । 

त्यसपछि उनको लोकप्रियता झनै बढ्दै गएपछि कांग्रेस भित्रकै केही नेताले असुरक्षित महसुस गर्दै गएपछि समाजसेवाको उनको काममा सहयोग भन्दा धेरै असहयोग र अपमान गर्ने प्रवित्ति बढ्दै गएपछि हारथाक हुँदै महाधिवेशन प्रतिनिधि जस्तो गरिमामय पदको लोभ नमानेर र नेपाली कांग्रेसको साधारण सदस्यताबाट राजीनामा दिएका हुन । जब महाधिवेशन प्रतिनिधि जस्तो गरिमामय पदमा बसेर बर्दियाको सेवा गर्न सकिन्न भने तथा उल्टो तगारो उक्त पद बन्छ भने महाधिवेशन प्रतिनिधिको पद ओगटेर बस्नु नैतिकताको धर्मले दिँदैन भन्दै उनले राजिनामा दिए । र जनताको कशीमा जनतालाई नै मैले न्याय दिन सक्दैन भने, सेवा गर्न सक्दैन र गर्न दिइदैन भने जनताको नाममा कमाएको मेरो पदमा अन्य नेतासरी पदलोलुपता देखाउनु मेरो चरित्रले दिंदैन भन्दै उनले राजीनामा दिएर जनताप्रतिको विश्वास र जवाफदेहीतालाई कायम राख्न सफल भए ।

हाल अहिले उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले उदाउँदो नेताको रुपमा हेरेको छ । बर्दियाको राजनीतिमा प्रभावशाली छवी बनाउन सफल विनय रावलको प्रभाव नेपाली कांग्रेसका दिवंगत नेता खुम बहादुर खड्काको जस्तो हुनसक्ने धेरै बौद्धिक बुद्धिजीवीको आँकलन छ ।

उनले बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचन जितेमा र राप्रपाले संसद्मा प्रत्यक्ष वा समानुपातिक सिट संख्या बलियो गरी ल्याएमा राप्रपाको सहयोग नलिएर सरकार बन्न नसक्ने अवस्था आउन सक्ने सम्भावनालाई नकार्न सकिन्न तर राप्रपा सरकारमा जाला वा नजाला त्यो यसै अहिल्यै भविष्यवक्ताको रूपमा उद्घोष गर्न सकिने अवस्था नै छैन । 

तथापि राजनीतिक भविष्यवाणी गर्न नसकेता पनि नेपालको संवैधानिक दफा र उपदफालाई केलाउने हो भने एउटै पार्टीले पूर्ण बहुमत ल्याएर दुई तिहाइको सरकार बनाउन सक्ने लगभग असम्भव नै मानिन्छ । 

तसर्थ वैकल्पिक धारको पार्टी राप्रपालाई साथमा लिएर मात्र सरकार बनाउनसक्ने अवस्था आएमा र रावलले प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेमा उनलाई राप्रपाले पाउने मन्त्रालयमा मन्त्री समेत बनाएर पठाउन सक्नेछ किनकि उनको स्वच्छ छवि र 'बेटर एन्ड ब्राइटर बर्दिया'को भिजनलाई साकार गर्न अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले साथ दिने उच्च सम्भावना रहन्छ । 

स्वच्छ तथा पारदर्शी जिवनशैली अपनाएका सादा जीवन उच्च बिचारलाई अंगालेका अध्यक्ष लिङ्देन र बाँकेको विकासमा मेयर भएर व्यवस्थित नेपालगन्ज बनाउन सफल महामन्त्री धवल शमशेर राणा जो आफैमा पनि समाजसेवी हुन जसले बाँकेमा निरन्तर अनवरत जनताको सेवामा जीवन अर्पण गरे, उनिहरूको दर्हो साथ र लिडरशिपलाई नेता रावलले शिरोधार्य गरेर अगाडि बढिरहेका छन   । 

किनभने यी तिनै जना प्रभावशाली नेताहरूको छवि अत्यन्तै सफा र समाजसेवीको रुपमा रहेको छ । यसर्थमा रावलको सपनालाई पूरा गर्न यी दुई स्वच्छ छबिका नेताले साथ नदिनेमा दुई मत छैन । 

तर रावलले कथंकदाचित यस्तो मौका पाएमा आफ्नो 'बेटर एण्ड ब्राइटर बर्दिया'को सपनालाई साकार पार्न सफल भएमा उनको राजनीतिक उचाइ हलक्क बढ्नेछ र यो कुरा रावललाई पनि तन, मन र अन्तरआत्माबाट आत्मबोध छ ।त्यस्तै बर्दियाको विकासको लागि उनी निरन्तर लागिरहनेछन किनकी उनले बर्दिया क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको सदस्यतामा विजय हासिल गरेमा उनले आफ्नो सपनालाई साकार गरेर देखाउनै पर्ने अग्नि परिक्षाको सुरुवात त्यही दिनदेखि सुरु हुनेछ र उनले उक्त सपनालाई साकार गर्नमा कुनै कसर छाड्ने छैनन भन्ने बोध सम्पूर्ण बर्दियालीलाई छ । त्यसैले त आज प्रत्यक चोक र गल्लीमा वृद्ध देखि युवाको सरस्वतीको वास हुने जिब्रोमा मात्र नभएर आत्मामा समेत नेता रावल हाम्रा आफ्ना नेता हुन भन्ने चेतना जागेको छ ।

त्यस्तै नेता रावल प्रभावशाली यती छन की नेपालका ठूला नेता गएर सयौँ प्रयास गर्दा समेत भेट पाउन मुस्किल हुने नेता उनको घरमा खाना खान आउने गर्छन् । 

उनको निमन्त्रणा स्विकारेर नेपाल भ्रमण आउँछन् । बंगलादेश, श्रीलङ्का जस्ता देशका हाइप्रोफाइल व्यक्तित्वसँग उनले बर्दियाको विकास र बर्दियालीलाई स्वरोजगार बनाउने विषयमा छलफल गर्छन । त्यस्तै साथ र सहयोग हात जोड्दै मागिरहेकै हुन्छन ।  किन र कसको लागि माग्छन यो त जनजनले आफै आत्मबोध गर्ने विषय हो ।

सबै भन्दा महत्वपूर्ण उनको आफ्नै भिजन छ "बेटर एण्ड ब्राइटर बर्दिया" । उनलाई पैसाले पुगेको छ, उनी सम्पन्नशाली परिवारबाट आउँछन्, नत उनलाई काठमाडौँमा घर जोड्नुछ, नत उनलाई सम्पत्ति कमाउनुछ । उनको लुकेको स्वार्थ भनेको प्रतिष्ठा र जनताको सेवा हो । 

प्रतिष्ठा जनताको सेवा गरेमा मात्र आउँछ र उनलाई पनि यो थाहा छ की बर्दियाका जनताले उनलाई प्रतिनिधिसभामा पुर्‍याए भने उनको संघर्ष त्यहाँबाट सुरु हुन्छ र त्यही दिनबाट सुरु हुन्छ र सबैलाई थाहा भएकै कुरा हो उनी आफैमा संघर्षशील ब्यक्तित्व हुन

उनले बचन दिए अनुसारको बर्दियाको आफ्नो क्षेत्रलाई व्यवस्थित र बिकसित गराउन सके भने त्यसपछि उक्त क्षेत्रको एक्लो राजनीतिक प्रभुत्व जमाउन सक्ने र जमाएर देखाउने एक मात्र निर्विकल्प नेता उनै हुनेछन भन्ने बर्दियाका नागरिक समाजका प्रबुद्ध व्यक्तिको विश्लेषण छ र यसमा सत्यता लुकेको मात्र छैन तथ्य जगजाहेर छ ।
     
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेकपा माओवादी केन्द्रको वैकल्पिक शक्तिका रूपमा स्थापित भएको थियो । 

पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको हुनाले बैकल्पिक शक्तिको रूपमा यो पटक राप्रपा उदाउने छ । 

यदी उदायमा रावलको भिजन सफल हुनेमा शंका गर्ने ठाउँ त छैन तर नेता रावलले आजकै मिति देखि बर्दियाली जनताको घरघरमा गएर आफ्नो भिजनको बारेमा जनतालाई सुसूचित गराउनुपर्ने भने हुन्छ । यदी समाजसेवी तथा कुनै पदमा नरहेता पनि प्रभावशाली छबिका सौम्य नेता रावललाई बर्दियाली जनताले साथ दिएमा उनले निरन्तर, अविरल, अनादीसम्म बर्दियाको मात्र नभएर देशकै सेवामा आफ्नो सजिव देहलाई अर्पण गर्नेछन भन्नेमा कुनै शंका र दुबिधा छैन । जसरी अबिरल इन्द्रावती नदी बग्दछ त्यसरीनै समाजको, क्षेत्रको, देशको र जनताको सेवामा नेता रावल अविरल, अनन्तसम्म आफ्नै उफान र लयमा बग्दै जानेछन । एक दिन बर्दियालाई त्यही लयको संगममुखी धुनमा आफै खुकुरीको धारमा हिँडेर भएपनी, आफू सकिएर, आफू बलेर, जलेर बर्दियाली जनतालाई उज्यालोको प्रचण्ड अग्नीको ज्वालामा राप दिँदै आफैमा समाहित गर्ने छन । यस्ता लाखौँमा एकपटक जन्मिएर अजय हुनसक्ने क्षमतावान नेतालाई कहाँ कुन गन्तव्यमा पुर्‍याउने हो भन्ने हेक्काको मनन र आत्म निगरानी गर्नुपर्ने दिन अब बर्दियाका जनताको पोल्टोमा आएको छ । बाँकी फेरि लेख्दै गरौँला रावलको अनगिन्ती, सजिव चित्रको आलोचनात्मक तथा रचनात्मक जिवनको कथा र त्यसले सिकाएको अनन्त अपमानहिनताबाट गुज्रनु परेका उनका ती दिनका तिनका आफ्न पिडादायी ब्यथा.....

माथिका बिचार लेखकहरूका स्वतन्त्र र निजी बिचार हुन । 
लेखक - सन्दिप नाथ योगी, हरि गुरुङ, अनोज थारू


प्रकाशित मिति: आइतबार, असोज २, २०७९  २१:५२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्