Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेता रावलको निमन्त्रणामा भारतीय मन्त्री नेपाल भ्रमणमा आउँदै, 'बिबिबि'बारे द्विपक्षीय छलफल हुने
नेता रावलको निमन्त्रणामा भारतीय मन्त्री नेपाल भ्रमणमा आउँदै, 'बिबिबि'बारे द्विपक्षीय छलफल हुने
अनोज थारु
अनोज थारु शनिबार, भदौ २५, २०७९

नेता रावलको निमन्त्रणामा भारतीय मन्त्री नेपाल भ्रमणमा आउँदै, 'बिबिबि'बारे द्विपक्षीय छलफल हुने

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता तथा बर्दियाका समाजसेवी विनय रावलको निमन्त्रणामा भारतीय नेता आइतबार भदौ २६ गते  एक दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । 

नेता रावलको निमन्त्रणालाई स्विकार्दै मैत्रीपूर्ण भेटघाट तथा नेपाल भारतको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भारत उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति एक दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

उक्त भ्रमणका क्रममा बर्दियाको विकासका लागि उत्तर प्रदेश सरकारबाट हुनसक्ने र नेपालको तर्फबाट उत्तरप्रदेशलाई गर्न सकिने द्विपक्षीय सहयोगको बारेमा चर्चा गरिने छ ।

नेपाल र भारतबीच खुला सीमा रहेकोमा नेपालको बर्दिया र भारतको उत्तरप्रदेशमा सीमा जोडिएकाले बर्दियाको विकासमा उत्तरप्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने भएकाले नेता रावलले बर्दियाको कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य, शिक्षा र नेपाली व्यापारी विशेष गरि बर्दियाका व्यवसायीहरूले भारतसँग व्यापार गर्दा पाएका समस्या लगायतका विषयलाई सम्बोधन गर्नेगराउनेतर्फ उत्तर प्रदेशका राज्यमन्त्री प्रजापतिको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

युवा नेता रावलको मैत्रीपूर्ण निमन्त्रणालाई स्विकार्दै नेपाल भ्रमणमा आउन लाग्नुभएका राज्यमन्त्री प्रजापतिलाई नेपाल र भारतका हिन्दुहरूको आस्थाको बिम्बको रुपमा रहेको पशुपतिनाथ मन्दिरको दर्शन स्वयं रावलले आफै गराउने कार्यक्रम रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएका समाजसेवी रावलले भारत उत्तरप्रदेशका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापतिसँग 'बेटर एण्ड ब्राइटर बर्दिया' ले समेटेको भिजन, अवधारणा र परियोजनाको बारेमा गहन छलफल गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका राज्यमन्त्री (स्वतन्त्र प्रभार) तथा भारतीय जनता पार्टीका नेता प्रजापति आइतबार भदौ २६ गते युवा नेता रावलसँग भेटघाट तथा छलफल गरेर पशुपतिनाथ दर्शन गर्ने र सोमबार भदौ २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको बर्दियाका युवा नेता रावलको सचिवालयले जानकारी दिएको छ ।

तस्बिर : करेन्ट लागेर गम्भीर घाइते भई बाँके नेपालगन्जमा उपचाररत बर्दिया मधुवन वडा -७ बस्ने २५ वर्षीय मीन बहादुर नेपालीलाई समाजसेवी रावलका तर्फबाट नगद २० हजार सहयोग प्रदान गरिँदै । 

त्यस्तै युवा नेता रावलले करेन्ट लागेर गम्भीर घाइते भई बाँके नेपालगन्जमा रहेको भेरी अस्पतालको इमर्जेन्सी कक्षमा उपचाररत बर्दिया मधुवन नगरपालिका वडा नम्बर -७  ताराताल ऐलानी बस्ने २५ वर्षीय मीन बहादुर नेपालीलाई नगद २० हजार सहयोग गर्नुभएको छ । 

करेन्ट लागेर गम्भीर अवस्थामा भेरी अस्पतालको आइसीयुमा राखिएको थाहा पाए लगत्तै समाजसेवी तथा रा.प्र.पाका युवा नेता रावलले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न पारिवारिक अवस्था रहेका उपचाररत बिरामी २५ वर्षीय युवा मीन बहादुर नेपालीको परिवारलाई सो रकम सहयोग गर्नुभएको हो ।


प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १९:४१
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्