Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • होमस्टेले फेरिएको जीवन
होमस्टेले फेरिएको जीवन
नेपालकागज
नेपालकागज बिहीबार, भदौ २३, २०७९

मध्यविन्दु । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा धनमाया महतो कम्प्युटरमा बचतको तथ्याङ्क राख्न व्यस्त हुनुहुन्थ्यो । बिहान १० देखि साँझको चार बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त उहाँ बाघखोरका महिलाको नेतृत्व गर्नुहुन्छ । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ३१ घर सञ्चालनमा छन्, जसमध्येको छ नम्बर होमस्टे उहाँकै हुन् । साँझ र बिहानको समयमा पाहुनालाई खाना खुवाउन र स्वागतमा व्यस्त हुने महतोलार्ई काममा उहाँका श्रीमान्ले सघाउनुहुन्छ । 

करिब १३ वर्षअघि नवलपुरकै बेल्डिहाबाट विवाह गरेर बाघखोर आउनुभएकी धनमायालाई पहिले त्यस गाउँमा बस्नै मन लाग्दैनथ्यो । चार वर्ष मलेसिया बसेर नेपाल फर्किएका बेला धनमायासँग विवाह बन्धनमा बाँधिएका श्रीमान्ले विवाहको एक महिनामा उहाँलाई घरमै छोडेर धन कमाउन परदेश लाग्नुभयो । नयाँ ठाउँ, नयाँ परिवेशमा उहाँलाई दिन बिताउन कठिन हुने गर्दथ्यो । कहिल्यै मेलापात नहिँडेकी धनमायालाई खेतबारीमा काम गर्न बानी पार्न निकै समय लाग्यो । तेह्र वर्षअघिका ती दिन सम्झँदा उहाँलाई त्यस्तो दुःख नि गरेकी रहेछु, सायद दुःख पछिको सुख भनेको यही होला भन्ने महसुस हुन्छ । 

बिहान नौ बजेदेखि साँझ सात बजेसम्म एक घण्टाको रु २५ को दरमा मेलामा हिँडेका दिनले महतोलाई आजभोलि झस्काइरहन्छ । घरमा जेठी बुहारी भएको र देवर पढ्दै गरेको हुँदा खर्च जुटाउन कठिन रहेको समय सम्झँदै उहाँले भन्नुभयो, “बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो ।” अगाडि भएको कम्प्युटरमा टाइप गर्दै धनमायाले थप्नुभयो, “मेला जानु र  जङ्गल गएर दाउरा ल्याएर बेच्नु वा प्रयोग गर्नुको यहाँ अरु विकल्प केही थिएन ।” 

“स्नातक पास गरेर विवाह गरे पनि मेला नगई हुँदैनथ्यो, गाउँको परिवेश त्यस्तै, जताततै फोहोर, बाटो राम्रो थिएन ।  होमस्टेको सुरुआत गरिएपछि सबैतिर विस्तारै विकास भयो”, धनमायाले विगत सुनाउनुभयो । विसं २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँको जीवनले पनि फड्को मा¥यो ।  

धनमाया भन्नुहुन्छ, “अहिले घरमा पेय पदार्थको डिलर राखेकी छु । श्रीमान्ले पसल हेर्नुहुन्छ म दिनभर सहकारीमा व्यस्त हुन्छु । जब होमस्टेमा पाहुना आउँछन् बिहान र साँझको समयमा परिवार मिलेर काम गर्छौं ।” गाउँमा भएका किराना पसलदेखि त्यहाँ भएको ३१ होमस्टेमा पर्यटकलाई आवश्यक पेय पदार्थ(जुस) उहाँको डिलरबाट नै बिक्री हुने गर्दछ । होमस्टे र सहकारीबाट मात्रै मासिक रु ६० हजार कमाइ हुने उहाँले बताउनुभयो ।  

होमस्टे सञ्चालन गरेपछि व्यक्तित्व र आर्थिक विकासमा परिवर्तन आएको उहाँको भनाइ छ । धनमाया एक पात्र मात्रै हुनुहुन्छ । गाउँमा भएका ३१ घर होमस्टेका सबै महिलाको व्यक्तित्वमा विकास भएको स्वयं महिला नै बताउँछन् । गाउँमा होमस्टेमा महिला आबद्ध भएपछि विदेशमा भएका पुरुष घर फर्किएका छन् । थारु समुदायको बाक्लो बस्ती रहेको  नवलपुरको कावासोती–१५ का थारु समुदायका महिला कोही होमस्टेमा त कोही होटल व्यवसायमा आबद्ध छन् । 

वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्ने केन्द्रको रुपमा मात्र होइन यस होमस्टेले थारु संस्कृतिलाई पनि जोगाउँदै आएको छ । यो थारु महिलाको आर्थिक रुपान्तरणको आधार बनेको छ । गाउँमा होमस्टे सञ्चालनमा आएपछि महिलाको नेतृत्व र व्यक्तित्वमा परिवर्तन आएको अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतोले बताउनुभयो। 
आफ्नो संस्कृति र वेषभूषाको संरक्षण गर्दा, पर्यटन विकाससँगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती १५ नम्बर वडाको गोडारका महिला मिलेर २०७५ सालमा थारु सांस्कृतिक अतिथिगृह सञ्चालन ल्याएका हुन् । करिब १० वर्षदेखि साहारा महिला बचत समूहमा मासिक रु एक सयको बचत गर्दै आएका २९ महिला मिलेर थारु सांस्कृतिक अतिथिगृह सञ्चालनमा ल्याएका हुन् । 

कावासोती नगरपालिका–१५ र १७ लाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउँदैछ भन्ने थाहा पाएर नै व्यवसायतर्फ लागेको थारु सांस्कृतिक अतिथि सचिव विनु महतोले बताउनुभयो । सधैँ कति दाउरा घाँस मात्रै गर्ने हो, आफू बस्ने ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने कुरा भएको समयमा हामीले केही गर्न सकेनौँ भने कहिल्यै गर्न सकिँदैन भन्ने सोचको विकासले नै अगाडि बढेको सचिव महतोले बताउनुभयो ।  

साहारा महिला बचत समूहमा आबद्ध २९  महिलामध्ये २६ जनाको रु दुई लाखका दरले र तीन जनाको रु एक लाखका दरले गरी रु ५५ लाखको लगानीमा अतिथिगृह सञ्चालन गरिएको हो । विनु यसको लगानीकर्ता हुनुहुन्छ भने कर्मचारीको रुपमा पनि उहाँ काम गर्दै आउनुभएको छ । दुई बिघा जग्गा भाडामा लिई सञ्चालनमा ल्याइएको थारु सस्कृतिक अतिथि गृहमा थारु समुदायको परम्परागत संस्कृति झल्कने पाँच आवासीय घर र सांस्कृतिक भवन छन् । 

महिला समूहमा बसेर वनजङ्गलको संरक्षण गर्दैगर्दा अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोचले आज आफूहरु व्यवसायी हुन पुगेको त्यहाँ आबद्ध महिला बताउँछन् ।  व्यवस्थापक विनु भन्नुहुन्छ, “पहिले गृहिणी थिए कसैले वास्ता गर्दैनथे अहिले सबैजनाले कार्यक्रममा बोलाउनुहुन्छ, आफूमा पनि जिम्मेवारी बढेपछि काम गर्ने शैलीमा परिवर्तन आएको छ ।”

पहिले आफू गृहिणी मात्रै भएर बस्दाका दिन सम्झँदै विनु भन्नुहुन्छ, “पहिले घरको काम मात्रै कामजस्तो हुने थियो तर अहिले जिम्मेवारी पाएपछि सोहीअनुसार आफूमा नेतृत्व र व्यक्तित्वमा विकास भएको महसुस भएको छ ।” जिल्लामा अहिले १४ होमस्टे छन् । यसबाट थारु, बोटे, दराइ, कुमाल, मगर र गुरुङ समुदायका महिलाको नेतृत्व र क्षमतामा विकास भएको पाइन्छ । 


प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्