Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लोकप्रियताको कसीमा राप्रपा नेता तथा युवा समाजसेवी विनय रावल, उनको त्यो गर्जन र हुँकार
लोकप्रियताको कसीमा राप्रपा नेता तथा युवा समाजसेवी विनय रावल, उनको त्यो गर्जन र हुँकार शान्त बर्दियाको राजनीति तरंगित 
अनोज थारु
अनोज थारु मंगलबार, भदौ २१, २०७९

लोकप्रियताको कसीमा राप्रपा नेता तथा युवा समाजसेवी विनय रावल, उनको त्यो गर्जन र हुँकार 

शान्त बर्दियाको राजनीति तरंगित 

बर्दिया । ब्यक्तिको लोकप्रियताको मापन त्यतिबेला हुन्छ जब उसको एक आव्हानमा हजारौँको सङ्ख्यामा ढाल र कवच भएर जनता ओर्लिन्छन् । हो बर्दियामा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको त्यस्तै ऐतिहासिक कार्यक्रम ठाकुरबाबामा हिँजो सम्पन्न भयो ।

हजारौँको सङ्ख्यामा जनता नेपालको राष्ट्रिय ध्वज लिएर उपस्थित भए । त्यो कुनै पैसाले भाडामा ल्याइएका किनिएका बर्दियाली जनता थिएनन्, ति त विनय रावलको एक आव्हान उहाँको गर्जन र हुँकार सुन्न आएका आम सर्वसाधारण थिए । 

ति तिनै व्यक्तिका, तिनका परिवार थिए जसलाई युवा नेता समाजसेवी विनय रावलले सहयोग गर्नुभएको थियो । ति तिनै व्यक्ति तथा परिवार थिए जसलाई विनय रावलले अपनाउनुभएको थियो । त्यो त्यही जनसागर थियो जसलाई समाजसेवी रावलले आफ्नो हृदयमा हृदयंगम गरी कसैको घरमा चुलो बाल्न मदत गर्नुभएको थियो, जसको क्यान्सरको उपचार गरेर नयाँ जीवनदान दिनुभएको थियो । 

ति तिनै व्यक्ति थिए जसका छोराछोरीलाई लगेर निष्कलङ्क हृदयका रावलले निशुल्क उच्च शिक्षा काठमाडौँ जस्तो महँगो ठाउँमा लगेर पढाउनुभयो र पढाइरहनुभएको छ । ति तिनै आमाबुवा थिए जसलाई मृत्युको अन्तिम सास लिँदै गर्दा पशुपतिनाथको तीर्थाटन गराउनुभएको थियो, ति तिनै व्यक्ति थिए जसले महिनौँ देखी तलब नपाएर आँखाका डिलमा आँशु छछल्काउँदै छोराको उपचार गराउन नसक्दा तिमी मेरो परिवार हौ भन्दै नेता रावलले उपचार गराउनुभएको थियो ।

त्यो जनसागरमा उर्लिएर आएका तिनै ब्यक्तिका परिवार र साथीभाइ थिए जसको जनावरले आक्रमण गरेर घाइते बनाउँदा उपचार गर्ने पैसा नहुँदा उपचार गराउनुभएको थियो, ति तिनै जनता थिए जसको श्रीमतीलाई फुड प्वाइजनिङ हुँदा पैसा नपुगेर आत्मग्लानि र आत्मा रुवाइमा आँशु झारेर बस्दा तिमी किन रुन्छौ, हरेश खान्छौ म छु भन्दै अस्पतालको शैयाबाट डिस्चार्ज गराउन मदत गर्नुभएको थियो । 

यि त रावलले बर्दियाली जनताको लागि गरेका हजारौँ कामहरू मध्यका केही कामहरूको मात्र जानकारी हुन । उहाँले गरेका हजारौँ कामका बारेमा लेख्दा कलमको मसी सकिएला, कोरा कागजका पाना सकिएला तर उहाँले गरेका काम लेखेर लेख्न सकिन्न भने भनेर सुनाउन सकिन्न ।

तर उहाँले गरेका कामका बारेमा सुसूचित गराउने हामी पत्रकारको धर्म हो, पत्रकारको पत्रकारिता हो । हामी आगामी लेखमा बर्दियाली र बर्दियाको लागि भिजनरी दुरदर्शी नेता रावलले गर्नुभएका सम्पूर्ण कामका बारेमा जनतालाई जानकारी दिनेछौँ । के यही होइन र महानता, के यही होइन र एक नेताले आफ्ना जनाटकओ लागि गर्नुपर्ने काम ?

अब लागौँ विषय वस्तु तिर, हिँजो ठाकुरबाबामा राप्रपाको बृहत आमसभा भयो तब अचम्मको दृश्य देखियो । हातमा नेपालको झण्डा र राप्रपाको चिन्ह अंकित प्लेकार्ड/झण्डा सहित नारा लाग्यो राजेन्द्र लिङ्देन जिन्दावाद, युवा नेता विनय रावल जिन्दावाद ।

एउटा गाडीलाई हामीले देख्यौँ र एक जना बाटोमा उब्बिएका एक कार्यकर्ता शिव श्रेष्ठले चर्को र ठुलो आवाजमा ति गाडीमा बसेका आम् जनसमुदायतर्फ हेर्दै जोडले भने राजेन्द्र लिङ्देन उता गाडीमा रहेका उत्साहित जनसमुदायले भने जिन्दाबाद । फेरी उनले कराएर भने युवा तथा समाजसेवी नेता वीनय रावल, गाडीमा बसेकाले भने जिन्दाबाद । पुन ति कार्यकर्ताले भने बर्दियाको हाम्रो नेता कस्तो ? उताबाट सामुहिक आवाज आयो वीनय रावल जस्तो ।

यत्ती नै काफी छ नेता रावल लोकप्रियाताको कसीमा चरम सिमामा पुग्नुभएको छ भनेर बुझ्न र यो कुरा बर्दियाका हरेक नेता तथा जनताले बुझिसकेका छन । त्यसैले त अहिले बर्दियामा युवा नेता रावलको नामले बर्दियाको राजनीतिमा तरंग ल्याएको छ । बर्दियाका विभिन्न क्षेत्रबाट गाडीका गाडी, मोटरसाइकलको लहरको ताँती देखिन्थ्यो । उक्त कार्यक्रममा जनलहरको उल्लेख्य सहभागिता थियो । 

राप्रपाका कार्यकर्ता मात्र नभएर हजारौँ आम जनसमुदायलाई कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रिय उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शमशेर राणा, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख खुश्बु ओली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, महिला संघकी अध्य्क्ष अन्जना शाह रावल र बर्दिया क्षेत्र नम्बर २ का राप्रपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, समाजसेवी, बुद्धिजीवी तथा प्रभावशाली युवा नेताको रुपमा पहिचान बनाउन सफल 'भिजनरी' दुरदर्शी नेता विनय रावल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।  

कार्यक्रम सुरुभयो वक्ताको रुपमा वीनय रावललाई जब मञ्चमा बोलाइयो तालीको स्वागतले नेता रावललाई जनताले सम्मान प्रकट गरे । रावलले जब मञ्चबाट आफ्ना बिचार, बर्दियाको बिकास "बेटर ब्राइटर बर्दिया"को अवधारणा, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य जस्ता विषयमा बोल्नुभयो तब समर्थनमा ताली बज्यो "गडगडाहट" ।

हिँजो दिउँसोको ठाकुरबाबामा भएको राप्रपाको बृहत आमसभामा नेता रावलले दिएको गर्जन र हुँकारले हिँजो साँझबाटै बर्दियाको दुषित पानी रुपी राजनिती र राजनीतिक दलमा भुइँचालो गएको छ । आज बिहान प्रत्यक चियापसलमा नेता रावलले बोलेका शब्दका वाणमाथि चर्चा सुरुभएको छ । 

अब बिनय रावललाई रोक्न धेरै षड्यन्त्र हुनेछन किनकी प्रत्यक तप्काका राजनीतिज्ञलाई आभास भइसकेको छ की वीनय रावलले निर्वाचन जितेमा सबै नेताको हार हुनेछ किनकी २० वर्ष सम्म जुन नेताले गर्न नसकेका कार्यहरू थिए ति कार्य दुरदर्शिताका धनी रावलले ५ वर्षमा गरेर देखाउनसक्ने क्षेमता राख्नुहुन्छ । 

अन्तिममा कुनै पद, प्रतिष्ठा, ओहदा र शक्तीमा नहुँदा पनि समाजसेवी नेता रावलले जुन काम गरेर पछिल्लो समयमा देखाउनुभएको छ त्यो शायदै कसैले गर्न सकेको छ न त गर्न सक्ने नै छ ।

युवा नेता रावल पदमा नभएपनी उहाँ कती प्रभावशाली हुनुहुन्छ भन्ने कुराको पुष्टि रावलले आमसभामा गरेका भाषणले अहिले बर्दियाको राजनीतिमा ल्याएको विद्युतिय तरंगले निर्मम पुष्टि गरेको छ ।    


प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १२:२९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्