Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आउन सकेनन् विकासको मूलधारमा बर्दियाका मुक्तकमैया
आउन सकेनन् विकासको मूलधारमा बर्दियाका मुक्तकमैया
नेपालकागज
नेपालकागज बिहीबार, भदौ १६, २०७९

युवराज पाण्डे, बाँके । मुक्त कमैया घोषणा भएको लामो समय हुँदा पनि बर्दियाका मुक्त कमैया विकासको मूलधारमा आउन सकेका छैनन् । 

जिल्लाको गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका र राजपुर नगरपालिकामा भएको एक अध्ययनले सरकारले उनीहरुलाई पुनःस्थापना गरे पनि स्थानीय सरकारले नीति, कार्यक्रम र बजेटले सम्बोधन नगर्दा जीविकोपार्जन, शिक्षा, स्वास्थ्यलगायत विषयमा उनीहरुले सास्ती खेप्नुपरेको छ । 

“हामीलाई राज्यले मुक्तकमैया घोषणा त गर्‍यो तर यसको सही ढङ्गले व्यवस्थापन हुन सकेको छैन”, कमैया महिला जागरण समाजकी अध्यक्ष विरुनी थारुले भन्नुभयो । उहाँले जिल्लामा ९२ मुक्तकमैया पुर्जा भएको तर जोतभोग गर्न नपाएको गुनासो गर्दै मुक्तकमैया भए पनि व्यवहारमा परिवर्तन नआएको बताउनुभयो । गेरुवा गाउँपालिकाले त्यहाँ बसोबास गर्ने मुक्तकमैयाको क्षमता विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ तर यस विषयमा बजेटको प्रबन्ध गरिएको छैन ।  

गेरुवा गाउँपालिकाका अध्यक्ष जुमानसिंह केसीले सङ्घ र प्रदेशबाट सहयोग स्वरुप प्राप्त हुने आवास कार्यक्रबाट सहयोग गर्न सकिने उल्लेख गर्दै मुक्तकमैयाले कार्यक्रम माग नगरेको बताउनुभयो । 

“हामी मुक्तकमैयाका पक्षमा कस्तो कानुनको आवश्यकता पर्दछ । त्यो बनाउन तयार छौँ तर कानुन कस्तो र के विषयको बनाउने हो, त्यो मागअनुसार हुन्छ”, उहाँले भन्नुभयो । गेरुवा गाउँपालिका–३ का वडाध्यक्ष निर्मल चौधरीले सधैँ परिस्थिति एकै नभएकाले आज पनि मुक्तकमैया भनेर भनि रहनुनपर्ने जिकिर गर्नुभयो । 

राजापुर नगरपालिकामा आदिवासी जनजाति, विपन्न लोपउन्मुख वर्ग, मुक्तकमैया, कमलरी, समुदायको उत्थानका लागि उहाँहरुको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै विकासको प्रतिफलमा समानुपातिक पहुँच हुनेगरी सरकारी, निजी तथा गैरसरकारी क्षेत्रको समन्वयमा चालु आव २०७९÷८० को नीति तथा कार्यक्रम तयार गरिएको उल्लेख भए पनि सो अनुसारको नीति र बजेट तर्जुमा गरिएको छैन । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले मुक्तकमैया पुनःस्थापना भए पनि अझै केहीको छुट भएको उल्लेख गर्दै यसका विषयमा भिन्दै कार्यक्रम आउन नसकेको बताउनुभयो । 

राजापुर नगरपालिका–८ का वडाध्यक्ष राजेश थारुले आफू पनि मुक्तकमैया भएको जानकारी दिँदै अहिलेसम्म परिचयपत्र नपाएको गुनासो गर्नुभयो । 

उहाँले कमैयाको प्रतिनिधिको रुपमा सङ्घीय र प्रदेश सांसद भएकाले अहिलेसम्म यो विषयलाई नउठाएको उल्लेख गर्दै अब सधैँ पहिचान र पुनःस्थापनाको कुरा उठाउनुभन्दा पनि यसलाई समाधान हुने गरी टुङ्गो लगाउनुपर्ने बताउनुभयो । 

बढैताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यस वर्ष नीति तथा कार्यक्रम समयमा ल्याउन नसकेको जानकारी दिँदै मुक्तकमैयाको निःशुल्क बीमा र प्याकेजमा सहयोग गर्ने कार्यकम पारित गरेको बताउनुभयो । 

उहाँले यस वर्ष वडा नं ९ लाई बढी केन्द्रित गरेर कार्यक्रम ल्याएको उल्लेख गर्दै आउँदो हिउँदे अधिवेशनसम्म भिन्दै नीति, कार्यकम र बजेट ल्याइने बताउनुभयो । 

मुक्तकमैयाका शोधकर्ता डिल्ली विसीले सङ्घीय सरकारले नीति बनाए पनि स्थानीय सरकारले नीतिगत र बजेटका हिसाबले सम्बोधन गर्न नसकेको बताउनुभयो । 

उहाँले मुक्तकमैयाको समस्यालाई सम्बोधन गर्न स्थानीय सरकारले कार्यविधि बनाएर पनि समस्याको हल हुने बताउनुभयो । 

एक तथ्याङ्कअनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा गरी कमैया मुक्ति पश्चात २०५७ र २०६० सालमा लिएको लगतअनुसार मुक्तकमैया परिवारको सङ्ख्या ३२ हजार पाँच सय नौ रहेको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ११:४५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्