Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न हुँदैन : स्वास्थ्यमन्त्री खापुङ
सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न हुँदैन : स्वास्थ्यमन्त्री खापुङ
नेपालकागज
नेपालकागज बिहीबार, साउन १२, २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताउनुभएको छ । 

वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताउनुभयो । 

“सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?”, उहाँले भन्नुभयो, “वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।”

उहाँले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पुर्‍याएको योगदानको उच्च कदर गर्दैै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्योपचारलगायतका सेवा पुर्‍याउनुपर्ने बताउनुभयो । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सेवामूलक बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्थानीय तह र प्रदेश तहमा स्वास्थ्य सेवालाई राम्रो बनाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भनाइ राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसादले स्वास्थ्य क्षेत्रको सूचकमा प्रगति देखिए पनि जनताले अझै स्वास्थ्य सेवाको पहुँच राम्रोसँग पाउन नसकेको बताउनुभयो । 

उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चाँडै नै सभा बोलाएर प्रशासनिक र कानुनी अड्चन फुकाउने बताउनुभयो ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले अस्पतालले कोभिड–१९ महामारीका बेला खेलेको भूमिकाको सराहना व्यक्त गर्दै अस्पतालले अझै स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले अस्पतालले गुणस्तरीय र विशिष्टकृत सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले नागरिकको जीवनलाई स्वस्थ बनाउन अझै गुणस्तरीय र भरपर्दो चिकित्सकीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । 

प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले अस्पतालको बजेट बढाउनुपर्नेमा जोड दिँदै अस्पतालको सामान्य परिस्थिति सिर्जना गरेमा अझ सेवा राम्रो बनाउन सकिने धारणा राख्नुभयो ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा डा भूपेन्द्रकुमार बस्नेतले एक वर्षमा चार लाख ३३ हजार १०८ बिरामीको उपचार गरेको जानकारी दिनुभयो । उहाँले देशभरिका बिरामीलाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराएको बताउनुभयो । 

उहाँले कोभिड–१९ को महामारीमा अस्पतालले बिरामीको उपचारमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै बिरामीलाई गुणस्तरीय र सर्वसुलभ उपचार प्रदान गरेको बताउनुभयो । 

विसं १८४३ साउन १२ गते १५ शय्याबाट स्थापना भएको अस्पताल अहिले ४६० शय्याबाट सेवा र ९६० शय्याबाट सेवा प्रवाह गर्ने क्षमता रहेको छ । 

नेपालमा पहिलोपटक मुटुको सफल शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र सघन उपचार सेवा (आइसीयू)को वीर अस्पतालबाट सुरु भएको हो । 

सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको स्थापना भई ड्रेसर, कम्पाउण्डर र नर्सिङ शिक्षाको सुरुआत गरिएको हो ।

विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति भई स्वास्थ्य सेवा अस्पतालले प्रदान गरिरहेको छ । 

अहिले छवटा भवनमा ४२ आकस्मिक कक्ष, ६८ आइसीयू, ५० हाइडिपिडेन्स युनिट (एचडीयु) र १० सिसीयूकक्षसहित विभिन्न ३२ बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानका रजिष्ट्रार प्रमिला देवानले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्