Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • यस्तो छ स्वास्थ्य अध्यादेश: स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा तीन वर्षसम्म कैद; धम्की, अभद्र व्यवहार गरेमा एक वर्षसम्म कैद
यस्तो छ स्वास्थ्य अध्यादेश: स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा तीन वर्षसम्म कैद; धम्की, अभद्र व्यवहार गरेमा एक वर्षसम्म कैद
नेपालकागज
नेपालकागज आइतबार, जेठ २३, २०७८

यस्तो छ स्वास्थ्य अध्यादेश: स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा तीन वर्षसम्म कैद; धम्की, अभद्र व्यवहार गरेमा एक वर्षसम्म कैद

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संसोधन सहित जारी गर्नुभएको छ ।  

राष्ट्रपती भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधन गरी अध्यादेश मार्फत जारी गर्नुभएको हो । 

अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्‍याउने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

हेर्नुहोस् राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश

 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश
प्रस्तावना : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल सङ्घीसय संसद्को अधिवेशन नभएकोले, 
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्कोन सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको     छ ।
1.    संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७8" रहेको छ ।
    (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।

2.    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा २ मा संशोधन: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (यसपछि “मूल ऐन”भनिएको) को दफा २ को,–
(१) खण्ड (क) र (ख) को सट्टा देहायका खण्ड (क) र (ख) राखिएका छन्M-
“(क)     æस्वास्थ्यकर्मीÆ भन्नाले प्रचलित कानून बमोजिम स्वास्थ्यकर्मीको रुपमा सम्बन्धित परिषद्मा् दर्ता भएको व्यक्ति सम्झनु    पर्छ ।
(ख)     “स्वास्थ्य संस्थाÆ भन्नानले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट सञ्चारलित सरकारी अस्पताल, प्रचलित कानून बमोजिम स्थापना भएका वा अनुमति प्राप्तस गरी सञ्चापलनमा रहेका गैरसरकारी अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक अस्पताल, सामुदायिक अस्पताल, शिक्षण अस्पताल वा अन्य स्वास्थ्य संस्था सम्झनु पर्छ र सो शब्दले सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सञ्चालन गरिएको होल्डिङ् सेन्टर, क्वारेन्टिन, आइसोलेसन वा अन्य यस्तै स्थानलाई समेत जनाउँछ ।Æ 
(२) खण्ड (ग) मा रहेको "स्वास्थ्यकर्मी" भन्ने शब्दको सट्टा "स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी" भन्ने शब्दहरु राखिएका छन्। 

3.    मूल ऐनको दफा ३ मा संशोधन:  मूल ऐनको दफा ३ को सट्टा देहायको दफा ३ राखिएको छ:-
“३.     आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने: कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन :– 
(क)    स्वास्थ्य संस्थामा आगजनी गर्न,
(ख)    स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याथउन, 
(ग)    स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याथउन,
(घ)    स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न, 
(ङ)    स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्या उन, वा
(च)    स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार  गर्न ।”

4.    मूल ऐनको दफा ४ मा संशोधन: मूल ऐनको दफा ४ को,–
(१)     उपदफा (१) को ठाउँ-ठाउँमा रहेको "स्वास्थ्यकर्मी" भन्ने शब्दपछि "वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी" भन्ने शब्दहरु थपिएका छन् ।
(२)     उपदफा (४) मा रहेको "स्वास्थ्यकर्मी" भन्ने शब्दको सट्टा "स्वास्थ्यकर्मी, स्वास्य्  संस्थामा कार्यरत कर्मचारी" भन्ने शब्दहरु राखिएका छन् ।

5.    मूल ऐनको दफा ५ मा संशोधन : मूल ऐनको दफा ५ को,-
(१)     उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ:–
“(१) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्नका लागि देहाय बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन हुनेछ:–  

(क)      मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको बाह्रौं तहको कर्मचारी एकजना    
    – अध्यक्ष
(ख)      मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख एकजना        
        –उपाध्यक्ष
(ग)    प्रतिनिधि (कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी), गृह मन्त्रालय    
– सदस्य
(घ)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल    
– सदस्य
(ङ)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल नर्सिङ परिषद    

– सदस्य
(च)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल चिकित्सक संघ        

– सदस्य
(छ)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल स्वास्थ्य प्राविधिक संघ    
– सदस्य
(ज)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल आयुर्वेद चिकित्सक संघ        
    – सदस्य
(झ)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल नर्सिङ संघ    
 – सदस्य
(ञ)    अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, एशोसिएशन अफ प्राईभेट हेल्थ इन्ष्टिच्यूट अफ नेपाल    
     
-सदस्य
(ट)    मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत    

–सदस्य–सचिव"

(२) उपदफा (२) झिकिएको छ ।          

6.    मूल ऐनको दफा ६ मा संशोधनM मूल ऐनको दफा ६ को,-
(१)     खण्ड (घ) पछि देहायको खण्ड (घ१) थपिएको छM– 
“(घ१) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षामा प्रतिकूल हुने गरी कुनै स्वास्थ्य संस्थामा घटेका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने वा गराउने वा अनुसन्धानमा सहयोग पुर्या्उने,”
(२)    ठाउँ-ठाउँमा रहेको "स्वास्थ्यकर्मी" भन्ने शब्दको सट्टा "स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी" भन्ने शब्दहरु राखिएका छन् ।

7.    मूल ऐनको दफा ७ मा संशोधनM मूल ऐनको दफा ७ को उपदफा (१) मा रहेका "यस ऐन बमोजिम सुरक्षा" भन्ने शब्दहरुको सट्टा "दफा ११ र १३ बमोजिमको आर्थिक सुरक्षा" भन्ने शब्दहरु राखिएका छन् ।

8.    मूल ऐनको दफा ८ मा संशोधनM मूल ऐनको दफा ८ को उपदफा (२) को शुरुमा æदफा ७ बमोजिम दर्ता भएकोÆ भन्ने शब्दहरु थपिएका छन् ।

9.    मूल ऐनको दफा ९ मा संशोधनM मूल ऐनको दफा ९ मा रहेका æदेहायको अवस्थामाÆ भन्ने शब्दहरु पछि æदफा ७ बमोजिमकाÆ भन्ने शब्दहरु थपिएका छन् ।

10.    मूल ऐनको दफा ११ मा संशोधन M मूल ऐनको दफा ११ को,–
(१) उपदफा (१) को शुरुमा æदफा ७ बमोजिम दर्ता भएकोÆ भन्ने शब्दहरु थपिएका छन् ।
(२) उपदफा (२) मा रहेका æमाग गर्न चाहनेÆ भन्ने शब्दहरु पछि æदफा ७ बमोजिम दर्ता भएकोÆ भन्ने शब्दहरु थपिएका छन् ।

11.    मूल ऐनको दफा १३ मा संशोधन M मूल ऐनको दफा १३ को खण्ड (क) र (ख) को शुरुमा æदफा ७ बमोजिम दर्ता भएकोÆ भन्ने शब्दहरु थपिएका छन् ।

12.    मूल ऐनको दफा १५ मा संशोधन M मूल ऐनको दफा १५ को सट्टा देहायको दफा १५ राखिएको छM-
"१५.    कसूर र सजाय: (१) कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसूर गरेको     मानिनेछ ।
(२) कसैले देहायको कसूर गरेमा कसूरको मात्रा हेरी देहाय बमोजिम सजाय हुनेछ:- 
(क) दफा ३ को खण्ड (क) बमोजिमको कसूर गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ख)    दफा ३ को खण्ड (ख) वा (ग) बमोजिमको कसूर गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ग)     दफा ३ को खण्ड (घ), (ङ) वा (च) बमोजिमको कसूर गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै  सजाय ।
(३) उपदफा (१) बमोजिम कसूर गर्ने व्यक्तिले गरेको काम कारबाहीबाट कुनै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई कुनै हानि नोक्सानी भएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कसूरदारबाट त्यस्तो हानि नोक्सानी बापत मनासिब माफिकको क्षतिपूर्ति समेत भराइदिनु   पर्नेछ ।
(४) उपदफा (३) बमोजिम क्षतिपूर्ति भराउँदा स्वास्थ्य संस्थाको सम्पत्ति तोडफोड, आगजनी वा हानि नोक्सानी गरी क्षति पुर्‍याएकोमा त्यसरी भएको क्षति बराबरको रकम भराउनु पर्नेछ ।”  

13.    मूल ऐनमा दफा १५क. थप : मूल ऐनको दफा १५ पछि देहायको दफा १५क. थपिएको छ:-
"१५क. पुर्पक्षको लागि थुनामा राख्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १५ को उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिम सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नेछ ।" 

14.    मूल ऐनको दफा १६ मा संशोधनः मूल ऐनको दफा १६ मा रहेका "दफा ३ को खण्ड (ख) बमोजिमको" भन्ने शब्दहरुको सट्टा "दफा १५ बमोजिमको कसूर सम्बन्धी" भन्ने शब्दहरू राखिएका छन् ।

15.    मूल ऐनको दफा १७ मा संशोधन M मूल ऐनको दफा १७ को सट्टा देहायको दफा १७ राखिएको छः-
"१७. हदम्यादः दफा १५ बमोजिमको कसूर भए गरेको मितिले पैंतीस दिनभित्र उजुरी दिनु पर्नेछ ।Æ

16.    मूल ऐनमा दफा १७क. र १७ख. थप M मूल ऐनको दफा १७ पछि देहायका दफा १७क. र १७ख. थपिएका छन्:-
"१७क. मुद्दा हेर्ने अधिकारी M (१) दफा १५ को उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिम सजाय हुने मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ। 
    (२) दफा १५ को उपदफा (२) को खण्ड (ग) बमोजिम सजाय हुने मुद्दाको शुरु  कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हुनेछ । 
  १७ख. पुनरावेदन M दफा १७क. को उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ।"


प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्