Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कृष्णनगरमा २७ करोडको होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क
कृष्णनगरमा २७ करोडको होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क
नेपालकागज
नेपालकागज आइतबार, साउन ८, २०७९

फाइल तस्बिर 
चन्द्रौटा । सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । 

भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् । 

विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । 

झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गैरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । 

कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले रु २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको  हो ।

निर्माण पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । 

निर्माणको काम सम्पन्न भएको छ महिना बिते पनि सञ्चालन नहुँदा सीमानाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । 

कृष्णनगरमा छाप्रो नजिकै ६०० शय्याको होल्डिङ सेन्टर छ भने सीमादेखि एक किलोमिटरको दूरीमा शिवानगरमा ४०० शय्याको होल्डिङ सेन्टर छ । 

होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । 

“सिसीएमसीसीको निर्णयानुसार सञ्चालन हुनेछ, अहिलेसम्म कुनै जानकारी छैन”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना छ, हस्तान्तरणको काम पनि भएको छैन ।”

पछिल्लो समय कोरोना सङ्क्रमण वढिरहेकाले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत, साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । 

“होल्डिङ सेन्टर अतिआवश्यक छ, तर सञ्चालन गर्न स्थानीय तहलाई समस्या छ, केन्द्र र प्रदेशले यस विषयमा गम्भीर हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कृष्णनगरले एक छाप्रो निर्माण गरी भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । 

कोरोनाको पोजेटिभ रिपोर्ट आउनेलाई पनि सिधैँ घर पठाउन स्वास्थ्यकर्मी बाध्य छन् । 

केही समय कोरोना महामारी कम भए पनि पुनः सङ्क्रमित बढ्न थालेपछि सीमानाकामा कडाइका साथ जाँच सुरु गरिएको छ । 

अहिले दैनिक ५० देखि १०० नेपालीहरूको जाँच हुने गरेको स्वास्थ्यकर्मी पङ्कज गुप्ताको भनाइ छ ।

“टेन्टले बेरिएको छाप्रोमा बसेर जाँच गरेका छौँ, सुरक्षाका दृष्टिकोणले अति संवेदनशील छ”, उहाँले भन्नुभयो, “भारतबाट आउनेको भीडभाड र जाँचका लागि क्षेत्र काम हुँदा असहज छ ।” 

पछिल्लो केही दिनदेखि दैनिक सङ्क्रमित देखिन थालेको उहाँले बताउनुभयो । “नजिकै रहेको होल्डिङ सेन्टर खाली छ, हामी यहाँ असहज हुँदाहुँदै पनि काम गरिरहेका छौँ”, स्वास्थ्यकर्मी गुप्ताले भन्नुभयो, “होल्डिङ सेन्टर सञ्चालन भएर सङ्क्रमितलाई पनि सुरक्षित साथ राख्न सकिन्थ्यो ।”  

भारतबाट नेपाल आउनेमध्ये गत जेठमा ११, असारमा ४७ र साउनको पाँच दिनमै २० सङ्क्रमित फेला परेका छन् । यसरी हेर्दा साउनमा सङ्क्रमितको सङ्ख्या उच्च हुने अनुमान छ । 


प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०८:४९
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज मंगलबार, कात्तिक १२, २०८२
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्