Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला हो : प्रधानमन्त्री देउवा
गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला हो : प्रधानमन्त्री देउवा
नेपालकागज
नेपालकागज मंगलबार, साउन ३, २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ । 

नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताउनुभयो । 

नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियनरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पनाअनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इन्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गर्नुभयो । 

उहाँले इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको छ भन्नुभयो । 

उहाँले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गर्नुभयो । 

प्रधानमन्त्री देउवाले इन्जिनियरहरुले मुलुकको विकास निर्माणमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । 

उहाँले इन्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको बताउनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको आधुनिक विकासको खाका कोर्न प्रयत्नशील क्षमतावान र ऊर्जाशील इन्जिनियरको योगदानको प्रशंसा गर्दै आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाललाई विकासशील राष्ट्रको स्तरमा पुर्‍याउनका लागि दिगो संरचनाको निर्माण अनिवार्य रहेको र यसका लागि सरकारी तथा निजी क्षेत्रका इन्जिनियरको उच्च लगनशीलता तथा सहभागिता आवश्यक रहेको बताउनुभयो । 

उहाँले दिवसका सन्दर्भमा दिगो पूर्वाधार निर्माण कार्यमा  गुणस्तरका विषयमा केही कुरा उठ्ने गरेको जानकारी दिँदै त्यसको निरुपण गर्ने दायित्व पनि इन्जिनियर र उहाँहरुका संस्थाको हुने स्मरण गराउनुभयो । 

आम नागरिकमा रहेको विकासप्रतिको चाहनालाई मूर्तरुप दिने इन्जिनियर÷आर्किटेक्टको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै एशोसिएशनका अध्यक्ष डा हरिबहादुर दर्लामीले जनताको आवश्यकतालाई सम्बोधन गर्न यस पेशामा  कार्यरतहरुको समस्यालाई पनि राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 


प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:४९
#नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्