Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दियाको खाता जैविक मार्गमा गरिएका प्रयास र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका चुनौतीहरु...
बर्दियाको खाता जैविक मार्गमा गरिएका प्रयास र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका चुनौतीहरु... (बिचार)
हरि गुरुङ
हरि गुरुङ शनिबार, असार ३२, २०७९

बर्दिया जिल्ला प्राकृतिक श्रोत र जैविक विविधताको दृष्टिकोणले नेपालकै धनि जिल्लाहरु मध्ये पर्दछ । 

स्थानीय थारु भाषामा गाई गोरुलाई वलिवर्द भनिने र यहाँका गाई गोरु राम्रा, मोटाघाटा र बलियो हुने हुँदा यो ठाउँलाई वलिवर्द भनिएकोमा पछि अपभ्रंस भई वर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । 

अधिकांस दक्षिणी सिमाना भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरीसंङ्ग जोडिएको र उत्तरी क्षेत्रमा देशको तराई भागमा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया रहेको हुँदा सो दुई संरक्षण क्षेत्र जोड्ने खाता जैविक मार्ग वन्यजन्तु ओहोरदोहोरको प्रचुर मार्ग हो । 

कर्णाली बबई नदी र मानखोला यसै जिल्ला भएर बग्ने भएकाले बाढीको हिसाबले उच्च जोखिममा रहेको छ । बर्दिया जिल्ला २०६७ सालमा नेपाल सरकारले ९२५०.३२ हेक्टर क्षेत्रफल भएको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरी जोड्ने गरि जैविक मार्ग (biological corridor) को रूपमा खाता संरक्षित वन घोषण गरेको छ । 

खाता संरक्षित क्षेत्रले साबिकका गाउँ विकास समितिहरु हालका ३ वटा नगरपालिका (मधुवन, राजापुर र ठाकुरबाबा) ५७४१.८९ हेक्टर वन क्षेत्र र ३५०८.४३ हेक्टर आवादी, कृषि खोलानाला र बाटोघाटो क्षेत्रले ओगटेको छ । 

खाता संरक्षित क्षेत्रमा पाटेबाघको बासस्थान, हात्तीको मार्ग तथा डल्फिन (सोंस) को उपस्थिति यो वनको प्रमुख विशेषता हो । खाता संरक्षित वनमा ७८ बटा सामुदायिक वन तथा २ वटा धार्मिक वन पर्द्छ । यस संरक्षित वनमा साबिक ७ वटा गाउँ विकास समिति  हाल ३ नगरपालिकाका करिब ७७०० घरधुरीहरु काठ, दाउरा, घाँस र चरिचरणमा आदिका लागि निर्भर रहेका छ्न । 

जैविक विविधताको धनी यस जिल्ला बन्यजन्तु संरक्षणमा पनि प्रमुख चुनौती रहेको छ। खाता जैविक मार्ग क्षेत्रमा मानव र वन्यजन्तु विचको सह-अस्तित्व हुने गरेको पाईन्छ । 

वन्यजन्तुहरुको वासस्थानमा भएको खण्डिकरणले गर्दा वन्यजन्तुले गर्दा वन्यजन्तुहरु विशेष गरि जंगली हात्ती , बाघ, चितुवा र निलगाई आदिले स्थानीय बासिन्दाको बालिनाली नोक्सान गर्ने, चौपायाहरु मारीदिने र घर समेत  भत्काई दिने घटनाहरु हुने गरेको छ । 

जैविक मार्ग मुख्य क्षेत्र डाडागाउ, पत्थरबोझी, भग्रैया, कोठियाघाट क्षेत्र जस्ता वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य क्षेत्रमा नै मानव बस्ती भएकाले तथा वन्यजन्तुको संख्यामा वृद्धि भएकालेे पनि यी स्थानहरुमा मानव र वन्यजन्तु विच द्वन्दका घटनाहरु बढी हुने गरेको देखिन्छ । 

यस जिल्लाभित्र पर्ने बर्दिया राष्ट्रिय निकुन्न, कृष्णसार संरक्षण क्षेत्र तथा खाता संरक्षित क्षेत्र संरक्षण र पर्यटन विकासको दृष्टिकोणले विश्वमै परिचित छन्। यो जिल्लामा २८१ वटा सामुदायिक वन (२०४५३.३७ हे.), ४ बटा धार्मिक वन (२१.६३ हे.)र १४६ वटा निजी वन (१४२.९२ हे.) बर्दिया जिल्लामा ४ किसिमको वन पाईन्छ । 

साल वन १६,९७४ हेक्टर ८२ %, ट्रपिकल हार्डउड वन २,८०४.१९ हेक्टर १५%, खयर, सिसौ मिश्रित वन १८६.९४ हेक्टर १%, बृक्षारोपण तथा अन्य वन ३७३.९० हेक्टर २% रहेका छ्न । 

जुन स्थानिय उपभोक्ताहरुले संरक्षण र सदुपयोग गर्दै आएका छन्। डिभिजन बन कार्यालय बर्दिया, खाता संरक्षित बन कार्यक्रम तराई भु-परिधि कार्यक्रम जस्ता सम्बन्धित संघसंस्थाहरु बर्दिया राष्ट्रिय निकुञ्ज, सामुदायिक वन उपभोक्त समुहहरु र संरक्षणप्रेमी उपभोक्तहरुले विगतमा गरेका संरक्षणको प्रयासहरुले सार्थकता पाउदै गर्दा बनको विकास तथा वन्यजन्तुहरुको संख्यामा पनि धेरै परिवर्तन भएको छ। तर संरक्षणको क्षेत्रहरुमा विभिन्न चुनौतिहरु पनि थपिदै गएका छन् ।

सुरुवातमा बनमा आश्रित मानविय चाप कम गरि संरक्षण गर्न निकै समस्या थियो भने हाल बन्यजन्तुहरुको सख्यामा वृद्धि भई बासस्थान साँगुरो हुँदा मानव तथा वन्यजन्तु बीचको द्वन्द चुनौतिको रुपमा थपिएको छ । यो चुनौती खासगरी निकञ्ज, मध्यवर्ती र खाता संरक्षित क्षेत्र भित्र पर्ने सामुदायिक बनहरुको छेउछाउका बस्तिहरुमा देखिदै आएको छ । 

वन्यजन्तुहरुबाट बालिनाली क्षती तथा मानविय क्षति बढ्दै गएपछि यो चुनौती थपिएको हो । हाल सम्म बर्दिया जिल्लाभित्रै मात्र पटेबाघ, जंगली हात्ती, चितुवा र गैडाहरुको आक्रमणमा परि धेरैले ज्यान गुमाएका छन् भने बढि मात्रामा पशुचौपाया मारिदिने, घर भत्काइदिने तथा बालीनाली नोक्सान गरिदिने जस्ता समस्याहरु देखिदै आएका छन् । 

जसको कारण मानव तथा वन्यजन्तुहरुबीच उत्पन्न भएको असमझदारीले द्वन्द सिर्जना भएको छ । यो समस्या समाधानको लागी डिभिजन वा कार्यालय बर्दिया खाता सामुदायिक वन समन्वय समिती मार्फत तराई भु-परिधी कार्यक्रम, कोहलपुर बाँके, बर्दिया राष्ट्रिय निकुन्ज, नगरपालिकाका कार्यालयहरु तथा सम्बन्धित विभिन्न संघ सस्थाहरुले विभिन्न प्रयासहरु गर्दै आएका छन् । 

विभिन्न स्थानहरुमा जडान गरिएका पक्की पर्खाल , मेसवायर जाली तथा इलेक्ट्रिक फैन्स वायर लगाएत विभिन्न स्थानहरुमा निर्माण गरिएका बाघको आहार प्रजाती संरक्षणको लागी घासे मैदान, वन्यजन्तुहरुको बासस्थान व्यवस्थापनका कार्यहरु यसका उदाहरणहरु हुन । 

यि प्रयासहरुबाट सकारात्मक उपलब्धिहरु देखिएकाले यस्ता कार्यहरुमा निरन्तरता दिनुका साथै अझ प्रभावकारी उपायहरु खोज्न जरुरी देखिन्छ । 

यी प्रयास गर्दागर्दै आर्थिक वर्ष २०७७/०७८ मा मानवीय क्षती ८ जना, जंगली जनावर बाघ/ बंदेलबाट घाइते  ६ जना, जंगली हात्तीबाट अन्नबाली ७५ जना, बाघ/ चितुवाबाट पशुचौपाया २० वटा मारेको छ । 

अन्त्यमा मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न सरकारले बजेट बिनियोजन मात्र गरेर नहुने देखिन्छ । उक्त बजेट पारदर्शी तरिकाले खर्च भइरहेको छ वा छैन ? त्यसको पनि मुल्यांकन हुनुपर्छ । 

समस्याग्रस्त तथा नरभक्षी वन्यजन्तुलाई पहिचान गरेर स्थानान्तरण गर्नुपर्ने आवश्यकताको बोध समयले गराइसकेको अवस्था छ । वन्यजन्तुको आक्रमणबाट पीडित गाउँ वस्तीको पहिचान गर्दै पर्खाल निर्माण गरेर भएपनी मानव वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ । बिज्ञ टोली गठन गरेर अध्ययनपछि अन्य आवश्यक उपायहरूको प्रयोग गर्दै समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकताको समयले माग गरेको छ ।

हेक्का रहोस् वन्यजन्तुको राजमार्ग स्थानीयको मृत्युमार्ग नबनोस् 

लेखक हरि गुरुङ नेपाल कागजका बर्दिया जिल्ला संवाददाता हुनुहुन्छ ।

लेखमा प्रयोग भएका/गरिएका आँकडा (डाटा) डिभिजन वन कार्यालय, बर्दियाबाट प्राप्त


प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १२:०३
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्