Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दिया ओराली बजारको घटना मानव वन्यजन्तु द्वन्द नभएर मानव र राज्यको द्वन्द हो : अध्यक्ष आचार्य
बर्दिया ओराली बजारको घटना मानव वन्यजन्तु द्वन्द नभएर मानव र राज्यको द्वन्द हो : अध्यक्ष आचार्य
हरि गुरुङ
हरि गुरुङ शुक्रबार, असार ३१, २०७९

बर्दिया । डिभिजन वन कार्यालय बर्दियाले चालु आर्थिक वर्ष २०७७/०७८ मा ४९ लाख ५८ हजार रुपैँया मानव वन्यजन्तु द्वन्दका घटनाबाट पीडित भएकाहरूलाई राहत उपलब्ध गराएको छ । 

मानव वन्यजन्तु द्वन्द न्युनिकरणका लागि बिहिवार बर्दियाको गुलरियामा संचारकर्मीहरुसँगको अन्तर्कृया कार्यक्रममा डिभिजन वन कार्यालय बर्दियाले उक्त जानकारी साझा गरेको हो ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ४ जनालाई जनही १० लाखका दरले रु. ४० लाख, घाइते भएका ७ जनालाई २ लाख १२ हजार ३ सय ३८ रुपैयाँ र पशुधन क्षती भएका ९१ जनालाई ४ लाख ७७ हजार र घरगोठ अन्न बाली क्षति भएका ४९ जनालाई २ लाख ६८ हजार ७ सय ५० रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल प्रमुख अधिकृत प्रविण विडारीले जानकारी दिनुभयो । २०७५ साल पछि बर्दियामा मानव वन्यजन्तु विचको द्वन्द बढ्दो क्रममा रहेको छ ।

वन कार्यालयको क्षेत्राधिकार भित्र आर्थिक वर्ष ०७५/०७६ देखि चालु आर्थिक वर्ष सम्म वन्यजन्तुका कारण १३ जना मानिसले ज्यान गुमाइ सकेका छन् । द्वन्द न्युनिकरणका लागि आर्थिक वर्ष ०७७/०७८ मा वन्यजन्तुबाट वढि प्रभावित वन क्षेत्र भित्र रहेका मधुवन नगरपालिका वडा नं. २ स्थित कुश्मिनिया सामुदायिक वनको ११ सय मिटर र वडा नं. ३ स्थित सम्झना र दलित महिला सामुदायिक वनको ११ सय मिटर क्षेत्रमा ४० लाखको लगानीमा मेस वायर फेन्सिङ्गको काम भैसकेको डिभिजन वन कार्यालय प्रमख विडारीले कार्यक्रममा जानकारी गराउनुभयो ।

डिभिजन वन कार्यालय प्रमख विडारीले भन्नुभयो, "मधुवन ३ स्थित गौरी महिला र सम्झना सामुदायिक वन र सोनाहा फाँटा गरि १५ सय ६५ मिटर क्षेत्रमा २७ लाखको लगानीमा मेस वायरको काम भैसकेको छ । वन्यजन्तुबाट बढि प्रभावित मधुवन नगरपालिको वडा नं. १, २ र ३ नं. वडाका विभिन्न स्थानका २८ ठाउँमा सडक बत्ती जडान गरिएको र खाता क्षेत्रका १० विद्यालयमा संरक्षणमुखी स्कुल शिक्षा कार्यक्रम संचालन गरिएको छ । द्वन्द न्युनिकरणका लागि बैकल्पिक खेती अन्तर्गत कागती, बेसार, खुर्सानी, मेन्था क्यामोमाईल जस्ता जडिबुटिजन्य विरुवाको खेती गर्न कृषकहरुलाई सहयोग गरिएको छ ।"

आगामी वर्षहरुमा वन क्षेत्रको उपयोग कम गर्न वैकल्पिक उर्जा कार्यक्रम, जिविकोपार्जन कार्यक्रम, मानव जिवन विमा, पशुधन विमा, अन्नवालीको विमा जस्ता कार्यक्रम समेट्ने योजना रहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । 

त्यस्तै अती संबेदनसिल क्षेत्रको रुपमा रहेको मानव वस्तीहरुलाई स्थानान्तरण गर्ने योजना बनाउने डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख  अधिकृत विडारीको भनाई छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले वन र वन्यजन्तुलाई हामी सबै मिलेर बचाउनु पर्छ भनी समाचार लेख्दा समुदायबाट विभिन्न किसिमको कमेन्ट गाली गलौच आक्षेपहरु आउने गरेको बताउनुभयो ।

अध्यक्ष आचार्यले भन्नुभयो, "ओराली बजारको घटना मानव वन्यजन्तु द्वन्द नभएर मानव र राज्यको द्वन्द हो । यो शुरूवात मात्रै भएको हो। यति मात्रै हैन यस्ता घटना नदोहोरिन दिन तपाईं हामी सचेत हुनुपर्छ । त्यहाँका स्थानीय पीडितलाई राज्यले उचित संरक्षण, सहयोग र साथ दिनुपर्छ । जनावरको आक्रमणबाट जनता मृत्यु गमन गरिरहेका छ्न, तपाईं हामी टुलुटुलु हेरेर बस्न मिल्दैन । हामीले जनावर मात्र होइन जनताको पनि संरक्षण गर्नुपर्छ तथा राहत छिटोछरितो, तत्कालै समयमै उपलब्ध गराउनुपर्छ ।"

महासंघ अध्यक्ष आचार्यले डिभिजन वन कार्यालय बर्दियाले वन र वन्यजन्तुको व्यवस्थापन मात्र नभएर मानव र वस्तीको व्यवस्थापनमा पनि भुमिका खेल्नुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:२६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्