Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • किसानलाई मल देऊ सरकार ।
किसानलाई मल देऊ सरकार । (सम्पादकीय)
अर्पणा योगी
अर्पणा योगी बुधबार, असार २९, २०७९

पञ्च पिताका रुपमा पुजिने किसान असारको अन्त सम्म रोई धोइ गरि खेतीपातीका लागि आवश्यक मलको लागि सरकार सामु अनुनय बिनय गर्दा पनि मल प्राप्त गर्न सकिरहेका छैनन । 

आफू मात्र नभै लोक कै अन्नदाता पूजनीय किसानहरुको यो रोइलो बिगत झैँ यसापाली पनि उस्तै छ । ज्यानलाई मुठीमा राखी बर्षाको झरी खोला नभनी हिलोमाटोमा दस नङग्रा खियायी दु:ख सास्तीलाई बेवास्ता गर्ने सच्चा अन्नदाताको पुकारले किन सरकारको मन छुदैन बुझी नसक्नु छ । 

कृषि प्रधान मुलुक नेपालको झण्डै ६५-७०% जनता कृषि पेशामा रहेका छन । कुल ग्राह्स्त उत्पादनमा ठुलो अंश रहने यो पेशा अधिकांश नेपालीको जिवनको आधार पनि हो । "धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” को मिठो नाराका साथ भर्खर मात्र देशव्यापी रुपमा राष्ट्रिय धान दिवश मनाइएको छ ।

यस बर्षको नाराले धानबालीमा आत्मनिर्भर बनी आयातलाई प्रतिस्थापन गर्नका लागि उद्घोष गरेको छ तर सोही सरकारी उदेश्यलाई पूरा गर्न रातदिन अहोरात्र खटेका किसानले धान खेतिका लागि झेलेको दुख कति पिडादयी छ भनी नसक्नु छ ।यसमा सरकार गम्भीर हुन जरुरी छ । 

कागजी योजना रूपी घोडा मात्र कुदाउने परम्परालाई तोड्ने, ठुला नारा र उद्घाटन खर्चलाई कटाई कृषि पेशालाई साँच्चिकै आत्मनिर्भर बनाउने हो भनी किसानहरूको वास्तविक आवश्यकता रहेको मल, सिचाइ र उन्नत प्रबिधिको ग्यारेन्टी हुनु आवश्यक छ । साथै उत्पादित बस्तुहरुको बजार प्रबन्ध एवं बिक्रीवितरणमा ध्यान दिनु आवश्यक छ । 

असार अन्तसम्म धानबालीको लागि अत्यावश्यक विकासे मलको कुनै ग्यारेन्टी नहुँदा आमकिसान निरास छन । साँझ बिहानको गर्जो भन्दा बढी महत्व मलको भएको छ । 

त्यसो त यस बर्ष किसानलाई प्रकृतिले पनि धोखा दिएको छ । बिगतका बर्षमा यो समयमा करिब ९०% रोपाइ समाप्त भएकामा यस पटक यस  क्षेत्रमा ४०% -५०% पनि रोपाइ भएको छैन । 

भरपर्दो सिचाइको व्यवस्था नहुँदा गत बर्ष हरियाली भएको धानखेत यस पटक कमिला खेल्ने मैदानका रुपमा परिणत छ । बिश्वब्यापीकरणको यो अवस्थामा पर्यावरणमा आएको परिवर्तनले भोलिको पृथ्वी के हुने कल्पना भन्दा बाहिर छ । त्यसै कारण हाम्रो साझा घर पृथ्वीको संरक्षणमा समेत ध्यान जानू आवश्यक छ । 

प्रयाप्त बर्षासँगै धान रोपाइका लागि आतुर किसानका लागि जनताको अभिभावकीय दायित्व रहेको स्थानीय, प्रदेश र संघीय सरकार मलको व्यवस्थापनका लागि संबेदनसिल हुन आवश्यक छ । 

सधैंभरि रासायनिक मलको लागि हारगुहार गर्नु परेको अवस्थामा जुन सुकै मुल्यमा पनि स्वदेश मै रासायनिक मलको स्थायी उत्पादन हुन आवश्यक छ । अन्यथा यो समस्या रहिरहने छ ।


प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १०:२३
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्