Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रियसभा बैठकः ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन्’
राष्ट्रियसभा बैठकः ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन्’
नेपालकागज
नेपालकागज मंगलबार, असार २८, २०७९

काठमाडौँ । सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । 

तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ । 

गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनुभएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन । 

तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

गत बुधबार मात्रै व्यास गाउँपलिका–२ तुम्लिङका १८ वर्षीय सञ्जीव बुढाथोकी भारतबाट तुइन तरेर नेपाल फर्कने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएको उहाँले सदनलाई जानकारी गराउनुभयो । 

अहिलेसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाले ज्यान गुमाइसकेको उहाँको भनाइ छ । 

तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने सरकारको योजना भए पनि केही स्थानमा मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको सांसद कडरियाले बताउनुभयो । 

“वर्तमान सरकारले तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता नदिएका कारण अत्यावश्यक स्थानमा तुइन हटेर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “सोही कारण तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ।”

महाकालीमा मात्र तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना भए पनि सात ठाउँमा निर्माण कार्य शुरु हुन नसकेको भन्दै उहाँले त्यस्ता ठाउँमा तत्काल पुल निर्माण गरेर जनताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद खिमलाल देवकाटाले ललितपुरको भैँसेपाटीमा छ वर्षदेखि अलपत्र अवस्थामा रहेको ५०० मिटर सडक निर्माण गर्न आफूँले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नै नभएको र मुलुकमा सरकार छ भन्ने अनुभूति नै नभएको बताउनुभयो । 

सांसद दीलकुमारी रावल थापा (पार्वती)ले मुलुकको सबै भन्दा पूरानो त्रिभूवन विश्वविद्यालयमा भइरहेको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद अनिता देवकोटाले सङ्घीयासँगै जनताले शान्ति, विकास र समृद्धिको अपेक्षा लिएको भए पनि जनअपेक्षाअनुसार काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा उपेक्षामा परिरहेको र यसले अपेक्षाकृत फड्को मार्न नसकेको हुँदा यसतर्फ सरकारको प्राथमिकता र ध्यान दिनु जरुरी छ भन्नुभयो । 

“आदिकविको जन्मस्थल आन्तरिक तथा बाह्य सांस्कृतिक पर्यटकको प्रचूर सम्भावना भएको पर्यटकीय स्थल हो, यसको विकासमा सरकारकाले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । 

सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको तातोपानी नाका जोडिएर कोदारी राजमार्गमा रहेको साँधी खोलामा निर्माणाधीन पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्नुैपर्नेमा साढे दुई वर्ष बितिसक्दा पनि करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको भन्दै तत्काल निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । 


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्