Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पेट्रोलियम पदार्थको खपत कम गर्न विकल्प खोजौं ।
पेट्रोलियम पदार्थको खपत कम गर्न विकल्प खोजौं । (सम्पादकीय)
अर्पणा योगी
अर्पणा योगी बिहीबार, असार २३, २०७९

छोटो समय मै टुङ्गो लाग्ने आम अपेक्षा बिपरित  रसिया - युक्रेन  युद्ध लम्बिन जाँदा बिश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य आकाशिंदो छ । यसले समग्रह विश्वको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । अझ उदयमान विकासशील मुलुकहरु जो भौतिक एवं मानवीय विकासका लागि ठुलो मात्राको बिदेशी ऋण र सहयोगमा आश्रित छन, तिनको अर्थतन्त्र झनै गम्भीर मोडमा पुगेको छ । 

यसको पछिल्लो उदाहरण छिमेकी मुलुक श्रीलंका हामी माझ छ । हाम्रो अनुभवमा समेत हप्तै पिच्छे पेट्रोलियम पदार्थमा मूल्यबृद्धी हुन जाँदा समाजमा एक प्रकारको भयको स्थिति रहेको छ । 

नेपाल पनि अत्यधिक बिदेशी ऋण र सहयोगमा निर्भर रहनुको कारण हाल बिश्व बजारमा अत्यधिक रुपले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका असर/प्रभावका बिषयमा चनाखो भै भोलिका सम्भावित दुर्घटनाका लागि आजै गम्भीर हुनु आवश्यक छ । 

यसका लागि सरकारले तत्काल बिज्ञ समूह (सरोकार पक्ष रहेको) निर्माण गरि यसले पार्ने असरका बारे अल्पकालीन, मध्यकालीन, दिर्घकालिन योजना सहित अगाडी बढ्न आवश्यक छ । 

नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको एक मात्र बिकल्प स्थल मार्ग रहेको र जलश्रोतको धनि मुलुक पनि रहेको सन्दर्भमा विद्युतिय उर्जाको उत्पादन र प्रयोगका लागि आवश्यक पूर्वाधार निर्माण गरि विद्युतिय सवारी साधनलाई प्राथमिकता दिनु आवश्यक छ । सोका लागि विद्युतिय सवारी साधनको चार्जिङ्ग स्टेसनको प्रबन्ध गरि त्यस्ता सवारी साधनको भन्सार दरमा समेत छुटको व्यवस्था गरि प्रोत्साहन दिनु पर्दछ । साथै हाल अत्यधिक प्रयोगमा रहेका दुई पाङ्ग्रे सवारी साधन र साना क्षमताका सवारी साधनको प्रयोगलाई नियन्त्रण गर्ने र ठुलो क्षमताका सवारी साधनको प्रन्बन्ध गर्ने नीति लागु हुनु आवश्यक छ । 

बिकट भौगोलिक अवस्था हाम्रो यथार्थता रहेको सन्दर्भमा आवश्यकता अनुसार साना क्षमताका विद्युतिय केवल कार, रोपवेलाई प्राथमिकता दिने तथा काठमाडौँ उपत्यका, पहाडी र तराईका क्षेत्रमा सुरक्षित साइकल ट्रयाकको निर्माण गरि कम लागतका वातावरणीय र मानव स्वास्थ्यका हिसाबले उत्तम सवारी साधन  साइकलको प्रयोगमा जोड दिनु आवश्यक छ । 

यसका लागि तिनै तहका सरकारले साइकल ट्रयाकको निर्माण देखि जनमानसमा यसको महत्व दर्शाई, सक्दो अनुदान दिई प्रोत्साहन दिनु पर्दछ । हाल अलगै ट्रयाक नहुँदा अत्यधिक जोखिम हुने अवस्थाका कारण इच्छा भएर पनि साइकल यात्रा नगरेको अवस्था छ । 

पेट्रोलियम पदार्थको बढ्दो खपतलाई मध्यनजर राखी हाल भई आयको सरकारी, अर्ध सरकारी एवं अन्य निकायको कार्यालय समय र दिनलाई समेत पुनरावलोकन गर्ने बारे प्राप्त भएका सुझाबलाई समेत गम्भीरताका साथ लिनु आवश्यक छ । र सोका लागि आवश्यक कानुनी एवं भौतिक पूर्वाधार तयार गरि अगाडी बढ्नु आवश्यक छ । 

बढ्दो बैदेशिक ऋणको सावा ब्याजमा बर्षेनी अर्बौं रकम बाहिरिएको यथार्थतामा अत्यावश्यक बाहेकका विलासिताका बस्तुको आयातमा कडाइ गरि स्वदेशी उत्पादनका लागि नीतिगत र भौतिक पुर्बाधार तयार हुनु आवश्यक छ । देशलाई आत्मनिर्भरता तर्फ लैजान परम्परागत पेशाका अतिरिक्त कृषि, पशुपालन, बागबानी लगायतका परम्परागत पेशालाई आधुनिकीकरण र व्यावसायिकता तर्फ लैजानु पर्ने देखिन्छ । 

स्पष्ट भू नीतिको अभावमा कृषि योग्य जमिन खण्डिकरण गरि क्षणिक लाभका लागि प्लटिङ्ग गरि बिक्रि वितरण भई आइरहेको, त्यस्ता जमिन बर्षौ बाझो रहनजाँदा हिजोका दिनमा विदेश निर्यात हुने धान, मकै, गहुँ समेत विदेशबाट आयात हुने अवस्था आउनु लाज मर्दो भएकोहुँदा जमिनको बर्गिकरण गरि कृषियोग्य, आवासीय, वन क्षेत्र, जल क्षेत्र लगायतमा विभाजन गरि निर्मित नीतिको पालना हुनु आवश्यक छ । बर्षेनी ब्यापार घाटा बढ्दै गैरहेको यथार्थता माझ नीतिगत सुधार हुन नसके भोलिका दिनमा राष्ट्रिय अर्थतन्त्र नियन्त्रण बाहिर जानसक्ने कुरालाई नजरअन्दाज गर्न नहुने देखिन्छ ।


प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०९:५१
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्