Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बढैयातालमा राजनीतिक प्रतिशोध साँध्न नीति तथा कार्यक्रममा अवरोध पुर्‍याइयो: अध्यक्ष त्रिपाठी
बढैयातालमा राजनीतिक प्रतिशोध साँध्न नीति तथा कार्यक्रममा अवरोध पुर्‍याइयो: अध्यक्ष त्रिपाठी
अनोज थारु
अनोज थारु बुधबार, असार २२, २०७९

बर्दिया । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले राजनितिक प्रतिशोध साँध्नको लागि गाँउपालिकाको नीति तथा कार्यक्रम ल्याउन नेकपा एमालेले अवरोध गरेको आरोप लगाउनुभएको छ । 

उहाँले नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको संख्या बढी भएका कारण राजनितिक कटुता तथा चुनावी ह्याङओभरलाई साँध्नको लागि नीति तथा कार्यक्रमलाई एमालेले ल्याउन नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, "पालिकामा बहुमत सदस्य एमालेका छन, नीति तथा कार्यक्रम बहुमतको दम्भमा ल्याउन दिएका छैनन । उनिहरुको क्षणिक राजनितीक स्वार्थका कारण सम्पुर्ण गाउँपालिकाको आगामी विकासको योजना बन्धक भएको छ ।"

उहाँले नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाका जनताको भविस्य र बिकासमा अबरोध नगर्न आग्रह गर्नुभयो ।

बढैयाताल गाउँपालिकामा ९ वटा मध्य नेकपा एमालेले वडा नंम्बर १, २, ७, ८ र ९ मा पुरै प्यानल सहित जितेको छ । 

नेपाली कांग्रेसले वडा नंम्बर ६ र नेकपा माओवादी केन्द्रले ५ नम्बर वडामा प्यानल सहित जितेको छ । 

बाँकी वडा नंम्बर ३ मा खुल्ला सदस्य तर्फ १ जना र ४ नंम्बर वडामा १ जना खुल्ला सदस्य र १ जना दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रले जितेको छ । 

बढैयाताल गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्ष सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट गाउँपालिका  अध्यक्ष सहित ९ जना जनप्रनितिधि र नेपाली कांग्रेसबाट ५ जना मात्रै जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । 

नेकपा एमालेबाट निर्वाचित हुने जनप्रतिनिधिहरुले असहयोग गर्दै नीति तथा कार्यक्रम र बजेट ल्याउन नदिएर पालिकाको सम्पुर्ण विकासका योजनामा ताला लागेको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।

नीति तथा कार्यक्रम र बजेट नआए आगामी दिनमा कर्मचारीहरुले तलव कसरी खाने ? बढैयाताल गाउँपालिकाको बिकास कसरी हुने ? भन्ने प्रश्न उठेको अध्यक्ष त्रिपाठीको भनाइ छ ।

अध्यक्ष त्रिपाठीसँग बढैयाताल गाँउपालिकाले असार १० गते आफ्नो नीति तथा कार्यक्रम किन ल्याउन नसकेको ? भन्ने प्रश्न गर्दा उहाँको भनाइ यस्तो छ...

हिमालय त्रिपाठी
अध्यक्ष 
बढैयाताल गाउँपालिकाका 

म नीति र नियम, बिधि र कानुनमा बस्ने भएकोले कानुन भन्दा बाहिर जान नसक्ने भएकोले, सिस्टम र बिधिलाई पालाना गर्ने जनताहरुको माझ प्रतिज्ञा र बाचा गरेको छु । 

सोही अनुसार असार ६, ७, ८, ९ र १० गते कार्यापालिकाको बैठक बस्दा बहुमत पक्षबाट बिभिन्न एजेण्डा राखियो । 

जस्तै पुराना कर्मचारी नहटाउने शर्त, कर्मचारीहरुलाई हटाउनु मेरो उदेश्य होइन । कर्मचारीहरुलाई ब्यवस्थित गर्नु र कानुन संवत्  राख्नु मेरो उदेश्य हो । गत बर्षको महालेखा परीक्षकको प्रतिबेदनमा ३८ जना कर्मचारीहरुको नाममा बेरुजु कायम रहेको छ । 

म कार्यालयमा आईसकेपछि कागजपत्र हेर्ने क्रममा ३८ जना कर्मचारीहरुको नाममा महालेखाको प्रतिबेदनमा बेरुजु पाएँ, यो गम्भीर विषय हो ।

यस अघिका जनप्रतिनिधिहरुले कानुन मिचेर कर्मचारी राखेको देखिएपछि आफु बिधि र पद्धातिअनुसार चल्ने स्पष्ट पार्दै असार १० गते निति तथा कार्यक्रम पास गरौँ भन्ने माग राखेको थिएँ । 

मैले कसैको जागिर खोसेर उसको बाल बच्चालाई भोकै राख्ने मेरो उदेश्य होईन । तर बहुमत पक्षद्धारा प्याकेजमै जानु पर्छ भन्ने कुरा आयो । २०७१ साल देखि जागिर खाँदै आउनु भएका कर्मचारीहरुको पहिला बेरुजु देखिएन तर अहिले किन देखियो ? 

महालेखा परीक्षकको प्रतिबेदनले केही हुँदैन भन्ने आवाज आएपछि म कानुनको पालना गर्ने भएकोले सिस्टम अनुसार कानुनको पालाना गर्दै नीति तथा कार्यक्रम र बिनियोजित ऐन र आर्थिक ऐन पास गरेर अगाडी बढौँ भन्दा बहुमत भएको पक्षले रोकेको छ । 

नीति तथा कार्यक्रम र बजेट पास गर्नका लागि बिभिन्न ब्यक्तित्व, राजनितिक दल र बुद्धिजिवीहरुसंग छलफल गरीरहेको छु । 

तपाईंको मिडिया मार्फत जनतालाई जानकारी गराउँछु की नेकपा एमालेले अवरोध गरेर आज बढैयातालको विकासलाई रोकेको छ । यो बिषयमा जनता स्वयम जागरुक हुनु पर्छ है भन्ने सन्देश पर्वाह गर्न चाहन्छु । 

केही अफ्ठ्यारो भएपनि सिस्टम र बिधिमा जाँदा बहुमत चाहिँदैन । राम्रो काम गर्नेलाई सबैले सम्मान गर्छन् । सत्कार गर्छन् र स्वागत गर्छन् । त्यसले गर्दाखेरी म नीति र नियम भन्दा बाहिर जाँदैन । 

बढैयाताल गाँउपालिकामा एकतिर कर्मचारी अभाव रहेको छ भने अर्को तिर बेरुजु पनि छ । कर्मचारीहरुलाई सिस्टममा नराखेकै कारण यस्तो देखिएको हो । 

अहिले महालेखा परीक्षकको प्रतिबेदन अनुसार बढैयाताल गाँउपालिकामा ९९ लाख ८ हजार ३५० रुपैँया बेरुजु रहेको छ । 


प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:०५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्