Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दियाको विकास गर्छु भन्दा विरोध खेप्ने कांग्रेस नेता विनय रावल
बर्दियाको विकास गर्छु भन्दा विरोध खेप्ने कांग्रेस नेता विनय रावल
नेपालकागज
नेपालकागज शनिबार, असार १८, २०७९

सन्दिप नाथ योगी, अनोज थारू, बर्दिया । बर्दियाका केही दिग्गज नेता तथा पत्रकारहरुसँग नेपाली कांग्रेसका नेता विनय रावलसँग साक्षात्कार गर्ने मौका मिल्यो । 

नयाँ बानेश्वरमा रहेको कार्यालयमा हामी केही पत्रकार तथा कांग्रेसका नेताहरूसँग भेट गर्दै रावलले बर्दियाको विकासको बारेमा आफ्नो धारणा सुनाउनु भयो ।

हामी पत्रकारले धेरै नेताहरूसँग भेटघाटको मौका पाएका हुन्छौं तर थोरै नेताले मात्रै आफ्नो भिजन र सोंचको बारेमा सुनाउने गर्छन । 

प्राय नेतृत्वगणहरुले राजनीति र सत्तालाई केन्द्रबिन्दुमा राखेर बोल्ने गरेका हुन्छन । नेता रावलसँग भेट हुँदा उहाँले एउटै कुरा दोहोर्‍याएर भन्नुभयो, "लौन म बर्दियाको विकास र बर्दियाका जनताका लागि केही गर्न चाहन्छु, समृद्ध बर्दिया बनाउने अभियानमा एउटा इट्टा थप्न चाहन्छु, मलाई काम गर्न दिनुपर्‍यो ।"

हुन त यो अनुनय हामी पत्रकारसँग नभएर त्यहाँ उपस्थित नेताहरूसँग रावलले गर्नुभएको थियो तर ती वाक्यले मनलाई नमिठो तरिकाले उद्धेलित तुल्यायो । 

लाग्यो के बर्दियाको विकास गर्छु भन्ने ब्यक्तिलाई काम गर्न दिइँदैन, दिन खोजिएको छैन वा बर्दियाको राजनीतिमा स्पेस दिन नचाहनेहरुको बर्दियामा बाहुल्यता छ ।

दुबै प्रश्नको उत्तर समयले बताउने छ नै किनभने समय बलवान् छ । 

समयको शक्तिलाई न हामीले बुझ्न सकेका छौँ न कसैले बुझ्न नै सक्छ तर के त्यो समय आउला जहाँ बर्दियाको विकासमा रावलले भनेझैं एउटा इट्टा थप्न दिइएला ? यो प्रश्न पनि हामी समयको गर्भाशयमै छोडौँ ।

मुख्य कुरा के भने विनय रावल साँच्चै बर्दियाको विकास गर्न चाहन्छन त ? यदि चाहन्छन भने उनको सोँच, बिचार, भिजन र विकासको अवधारणा के छ ? यी प्रश्नको उत्तर खोज्ने भाउन्नमा हामीले रावलसँग दोस्रो भेट गर्‍यौं । 

हामीले उहाँलाई सोध्यौँ, "बर्दियाको विकासको बारेमा तपाईंको भिजन के छ ? तपाईंलाई काम गर्न नदिइएको हो ? काम गर्न नदिनुको कारण के होला ?

विनय रावल
महाधिवेशन प्रतिनिधि 
नेपाली कांग्रेस

यो प्रश्नको उत्तर म तपाईंहरुसँग खोजी रहेको छु । तपाईंहरु भन्नुहोस मलाई काम गर्न किन दिइदैन ? बर्दियाका क्यान्सर पीडितको उपचारमा सहयोग, बिद्यार्थीहरुलाई छात्रवृत्ति, मानव वन्यजन्तु द्वन्द्वका घटनामा ज्यान गुमाएका, घाइते भएकालाई सयोग गर्नु मेरो गल्ती हो ? बर्दियाका आमाबुबाहरुलाई पशुपति नाथको तिर्थाटन गराउनु मेरो गल्ती हो वा त्यहाँका पुर्वाधार विकासमा म सहयोग गर्छु योजना ल्याउनुस भन्नू मेरो गल्ती हो ? के चाहिँ मेरो गल्ती हो ? मैले बेटर एण्ड ब्राइटर बर्दियाको भिजन (अवधारणा) ल्याउनु मेरो गल्ती हो ?

देशमा धेरै नेता तथा मानिसहरु छन जसले देश र समाजका लागी काम गर्न चाहन्छन तर काम गर्न दिइदैन । काम गर्न नदिइनुमा विभिन्न स्वार्थहरुले काम गरेको छ । 

यदि विनय रावलले काम गरेर देखायो भने कतै जनताहरु उसको पछाडि त लाग्दैनन, कतै हाम्रो राजनीति त धर्मराउँदैन भन्ने संशयले समेत काम गरेको होला । तर त्यस्तो नसोच्न अनुरोध गर्छु । म कसैको राजनीति बिगार्न आएको होइन, कसैलाई दुख दिन आएको होइन । म त बर्दियाका जनता र नेताहरू सँग मिलेर काम गर्न चाहन्छु । 

मलाई बर्दियामा काम गर्ने नेता तथा कार्यकर्ताहरुको अत्यन्तै आवश्यकता छ । म उहाँहरू सँग मिलेर अगाडि बढ्न चाहन्छु । म बेटर एन्ड ब्राइटर बर्दियाको सपनालाई साकार गर्न चाहन्छु । मलाई थाहा छ यो एक्लै सम्भव छैन, मलाई यो पनि थाहा छ साथ दिने कोहि छैनन तर म हार्ने छैन, थाक्ने छैन । 

मलाई विश्वास छ एकदिन बर्दिया बनाउनु पर्छ भन्ने धेरै हातहरु मेरा हातहरुसँग मिल्न आउनेछन । आज मेरो बिरोध गरेर आत्म रमितामा रमाउनेहरुलाई पछुतो हुनेछ । काम गर्छु, समाज र बर्दियाको विकास गर्छु भनेर आएको मलाई एक दिन काम गर्न नदिनेहरुले नै स्वागत गर्नुहुनेछ । हाते मालो गर्नुहुने छ किनकी म थाक्ने छैन, रुक्ने छैन ।

बेटर एन्ड ब्राइटर बर्दिया

कृषी र पर्यटनको सम्भावनाको खानी हो बर्दिया । हेर्नुस् कुनै बेला भारतका व्यापारीहरु धान किन्न बर्दियाको राजापुरमा आउँथे । भनेपछि बर्दियाको माटो कृषिको लागी अत्यन्तै राम्रो छ । 

कृषीमा प्राविधिको प्रयोग गरेर बर्दियाको विकास गर्न सकिन्छ । त्यहाँका किसानलाई प्रविधिसँग जोड्ने काम गरौँ । त्यहाँका किसानले उच्च कोटीको राम्रो बीउ पाउन नसकेको अवस्था छ । त्यसको समाधान गरौं । सिंचाइको समस्या छ । त्यसलाई समाधान गरौँ । बर्दिया कृषिमा आत्मनिर्भर भयो भने विकास त्यहीँ बाट सुरु हुन्छ । 

पर्यटनको कुरा छ । बर्दिया राष्ट्रिय निकुञ्ज त्यहीँ छ । चितवन राष्ट्रिय निकुञ्जको बारेमा सबैलाई थाहा छ तर बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा थाहा भएर पनि ओझेलमा परेको छ । हामीले आन्तरिक पर्यटनलाई बढावा दिनसकेका छैनौं । उचित प्रचारप्रसार भएन ।

बर्दिया राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर धेरै होम स्टे र होटेलहरु खुलेका छन । तर पर्यटकको चाप कम छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने फेसिलिटी, हेर्न र गर्न सकिने कुराहरु, टुरिष्टको लागि आकर्षित गर्न सक्ने योजनाहरु बनायो भने त्यहाँका व्यवसायीहरुलाई फाइदा हुनेछ । धेरैले रोजगारी पाउनेछन । 

ती होटेलमा यहिँका स्थानीय तरकारी, दाल चामल प्रयोग हुनेछन । किसानलाई फाइदा हुनेछ । एउटा चक्र आफै घुम्नेछ । एउटा क्षेत्रलाई चलायमान गराउन सक्यो भने अन्य क्षेत्र आफै चलायमान हुनेछन । म यही भनिरहेको छु कि आउनुहोस मिलेर अगाडि बढौँ ।

अचम्म त के लाग्छ भने केही गर्छु भन्यो बिरोधका स्वरहरु गुन्जिन्छन । म मेरा बिरोध गर्ने आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा नेता कार्यकर्ताहरूलाई के भन्न चाहन्छु भने आउनुहोस सुन्दर र समृद्ध बर्दियाको सपना सँगै साकार गरौँ ।

म बर्दियामा केही लिन आएको होइन, यो माटोलाई दिन आएको हुँ । म बर्दियाका जनताको लागि काम गर्न चाहन्छु । कृपया मलाई साथ दिनुहोस । हात मिलाउनु होस । हो मेरो र तपाईंको काम गर्ने शैली भिन्न होला तर उदेश्य त एउटै छ । 'आफ्नो मातृभुमीको सेवा ।'


प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ११:३०
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्