Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पानी परेपछि दाङका किसान खुसी: तुलसीपुर, घोराही, लमही, राप्तीमा रोपाइँ महोत्सव
पानी परेपछि दाङका किसान खुसी: तुलसीपुर, घोराही, लमही, राप्तीमा रोपाइँ महोत्सव
नेपालकागज
नेपालकागज बुधबार, असार १५, २०७९

नारायणी रजौरे, दाङ । असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार गतवर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । 

अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका केही गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ । 

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, गढवा, राजपुरलगायतका  गाउँपालिकाका केही ठाउँमा छिट्पुट रुपमा मात्र रोपाइँ सम्पन्न भएका छन् । 

तीमध्ये केही ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेकोमा गएराति परेको पानीले धेरै राहत मिलेको किसान बताउँछन् । 

केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेका छन् । 

कुनै ठाउँमा भने अझै बीउसमेत राख्न सकेका छैनन् ।

यसैबीच गएरातिदेखि यस जिल्लामा पानी परेकाले किसान खुसी भएका छन् । 

आज बिहानैदेखि यहाँका  किसान खेतीपातीको काममा व्यस्त छन् । 

मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतपातीको काममा व्यस्त देखिन्छन् । 

जिल्लामा छिटपुट रुपमा वर्षा भए पनि खोला नै आउने गरी अझै पानी परेको  थिएन, गएरातिदेखि पानी परेकाले अब खेतीपाती हुन्छकी भन्ने आशा पलाएको छ, पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय भानु चौधरीले भन्नुभयो ।


उहाँले भन्नुभयो, “कुुलोमा केहिले पानी आउला र  धान रोपाइँ गरौँला भनी कुरेर बसेको थिएँ । रातिदेखि ठूलो  पानी परेपछि आज बिहानैदेखि  खेत जोत्न सुरु गरेको छु ।”  

यसैगरी पानी परे अबको चार दिनमा धान रोपाइँ सुरु गर्ने सकिने बताउनुभयो । 

उहाँले थप्नुभयो,“ब्याड  रोप्नका लागि तयार भइसकेको छ अब यसैगरी निरन्तर पानी परेपछि ट्र्याक्टर प्रयोग गरेपछि तीन चार दिनमै रोपाइँ गर्ने गरी तयारीमा छु ।” 

उहाँले यसपटक  धान रोपाइँ गर्दा आवश्यक पर्ने मल नहुँदा उत्पादनमा कमी आउने बताउनुभयो । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोपाइँ गर्न नसकेको बताउनुभयो । 

समयमा पानी नपरेपछि धानको बीउ बोरिङको पानी प्रयोग गरेर राखेको बताउनुहुने उहाँले गएराति परेको पानीले केही आशा पलाएको बताउनभयो । 

उहाँले यहाँका अधिकांश खेत आकाशे पानीको भरमा हुने र पर्याप्त वर्षा नहुँदा  रोपाइँ गर्न समस्या हुने बताउनुभयो । 

तुलसीपुर नगरपालिका–६ रजौराका  ५५ वर्षीया ज्ञानु चौधरीले पनि गएराति परेको पानीले आफूजस्ता सयौँ किसानलाई धेरै राहत मिलेको बताउनुभयो । 

वर्षा निरन्तर भएमा  एक हप्ताभित्र धान रोपाइँ  सुरु गर्ने  चौधरीले बताउनुभयो ।

यसैबीच १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस जिल्लामा पनि सम्पन्न भएको छ ।  

जिल्लाको  तुलसीपुर, घोराही, लमही, राप्ती गाउँपालिका लगायतका स्थानमा रोपाइँ महोत्सव गरिएको छ ।  

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ  वडा नं १ को  भमके गाउँमा  सम्पन्न भएको छ । 

धान रोपाइँ कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का उपप्रमुख स्यानी चौधरी, नेकपा (एमाले)का केन्द्रिय सदस्य कोमल वलीसहित, विभिन्न दलका प्रतिनिधि,महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ४०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । 

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णसङ्कर जातका धान लगाएका छन् । 

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका धान लगाउने गरिएको छ । 

जिल्लामा यसपटक धान रोपाइँको लागि आवश्यक पर्ने रासायनिक मलकासमेत अभाव रहेको  छ । 

जिल्लामा युरिया मलको अभाव भएपछि किसानले मल नहालेर नै धान रोपाइँ गर्न थालेका छन् ।


प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १४:४५
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्