Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप
नेपालकागज
नेपालकागज मंगलबार, असार १४, २०७९

फाइल तस्वीर 
नेपालगन्ज । बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

बाँकेका ७६ हजार २३९ लाई खोप लगाउने लक्ष्य लिइएको थियो तर चार दिनको अभियानमा बाँकेका ९५.५ प्रतिशत अर्थात् ७२ हजार ७८८ बालबालिकाले मात्र खोप लगाएका छन् । 

यही असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन नौ हजार दुई र चौथो दिन ११ हजार ९४७ जना गरी कूल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

“यो खोप असार १२ गतेसम्म भनिएकामा आवश्यक छुटेका बस्तीका बालबालिकालाई लक्षित गर्दै आवश्यकताअनुसार १४ गते पनि स्थानीय तहमा तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ,” फोकल पर्सनसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । 

पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका आठ पालिकामा एकैपटक सञ्चालनमा ल्याइएको थियो । 

जसका लागि जिल्लाका ५०८ स्थानमा खोप केन्द्र राखिएको थियो । 

यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो । 

कोहलपुर र बैजनाथमा शतप्रतिशत खोप लगाइएको छ । 

बाँकेमा हालसम्म खोप लगाउने लक्षित समूह चार लाख एक हजार ७९९ मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको सङ्ख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको सङ्ख्या ७१.६ प्रतिशत रहेको छ । 

बुस्टरको मात्रा लगाउनेको सङ्ख्या भने १८.२२ प्रतिशत मात्रै रहेको छ । 

कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानअन्तर्गत बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले शत्प्रतिशत खोप लगाएका छन् । 

कोहलपुर नगरपालिकाका १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १६ हजार ८५३ जनाले खोप लगाएका छन् । 

यस्तै बैजनाथ गाउँपालिकाका आठ हजार ३४५ जनालाई बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल आठ हजार ३९१ जनाले खोप लगाएका छन् । 

यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र बिदामा घर आएका बालबालिकासमेत भेटिएकाले उनीहरूलाई पनि खोप लगाइएकाले लक्ष्यभन्दा बढीले खोप लगाएका हुन् । 

खोप अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खोप प्रगति प्रतिशत ७५.१ छ । 

यहाँ कूल नौ हजार ३५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको तर कूल सात हजार २७ जना बालबालिकाले खोप लगाएका छन् ।

खजुरा गाउँपालिकाको खोप प्रगति ७६.९ प्रतिशत छ । 

यहाँ आठ हजार २२४ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर यहाँका ६ हजार ३२६ जना बालबालिकाले खोप लगाएका छन् । 

यस्तै जानकी गाउँपालिकाको खोप प्रगति ६४.२ प्रतिशत रहेको छ । 

यहाँ ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर जानकीका चार हजार ९४ जना बालबालिकाले खोप लगाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको खोप प्रगति ७६.७ प्रतिशत रहेको छ । 

नेपालगन्जका २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १५ हजार ५२२ ले मात्र खोप लगाएका छन् । 

खोप अभियानअन्तर्गत डुडुवा गाउँपालिकाको खोप प्रगति ५९.३ प्रतिशत रहेको छ । 

यहाँ कूल ६ हजार ९८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल चार हजार १४४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

यसैगरी नरैनापुर गाउँपालिकाको खोप प्रगति ६२.२ प्रतिशत रहेको छ । 

यहाँ ६ हजार ३३२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । 

तर यहाँका कूल तीन हजार ९६६ जना बालबालिकाले मात्र खोप लगाएका छन् ।


प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:२३
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्