Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • 'नेपाली कांग्रेस बर्दियाका नेता जसले भत्काए लाल किल्ला'
'नेपाली कांग्रेस बर्दियाका नेता जसले भत्काए लाल किल्ला'
अनोज थारु
अनोज थारु बिहीबार, असार ९, २०७९

अनोज थारू, सन्दिप नाथ योगी, बर्दिया । गएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका ४ जना नेताहरूले कम्युनिस्ट पार्टीहरुको गढका रुपमा परिचीत वडा तथा नगरपालिकामा नेतृत्व लिन सफल भए । अर्को भाषामा अथ्र्याउनु पर्दा लाल किल्ला भत्काउन सफल भए ।

ठाकुरबाबा नगरपालिकामा नगर प्रमुखको रुपमा कांग्रेस बर्दियाका युवा नेता तिलक लम्सालले नेतृत्व लिन सफल हुनुभयो । उक्त नगरपालिकामा यस अघि नेकपा एमालेले जित हासिल गरेको थियो । ठाकुरबाबा नगरपालिका यस अघिसम्म कम्युनिस्ट पार्टीहरुको गढका रुपमा परिचित थियो ।

त्यस्तै नेपाली कांग्रेसका अर्का नेता छबिलाल चौधरीले कम्युनिस्ट किल्लाको रुपमा रहेको बारबर्दिया नगरपालिकामा नेतृत्व लिन सफल हुनुभएको छ । बारबर्दिया नगरपालिकामा यस अघि नेकापा माओवादी केन्द्रले जित हासिल गरेको थियो । यस नगापालिकालाई माओवादी किल्लाको रुपमा चिनिन्छ । 

त्यस्तै मधुवन नगरपालिका वडा नम्बर १ र ४ मा पनि कांग्रेसका युवा नेताहरुले वडा अध्यक्षको रुपमा जित हासिल गरेका छन ।

मधुवन नगरपालिकाको वडा नम्बर १ मा मीन थापा र ४ मा बलिराम चौधरीले नेतृत्व लिन सफल हुनुभएको छ ।

वडा नम्बर १ कम्युनिस्ट पार्टीहरु मध्यमा विशेषत माओवादी केन्द्रको प्रभाव क्षेत्र हो । उक्त वडा तत्कालिन सशस्त्र द्वन्द्वका बखत माओवादी शक्तिको आधार इलाका समेत थियो । माओवादीको पकड क्षेत्र वडा नम्बर १ सुर्यपटुवाको वडा अध्यक्षमा मीन थापाले नेतृत्व लिनुभएको छ ।

त्यस्तै मधुवन नगरपालिकाको वडा नम्बर -४ मा बलिराम चौधरीले वडा अध्यक्षको रुपमा नेतृत्व लिन सफल हुनुभएको छ । उक्त वडा कम्युनिस्ट पार्टीहरुको बहुल क्षेत्रको रुपमा रहेको थियो । उक्त वडालाई माओवादीको पकड क्षेत्रको रुपमा लिइन्थ्यो ।

टिकट वितरण गर्दानै जित हासिल गर्न असम्भव नभएपनी मुस्किल भने छ भन्ने सोँच आम नेता तथा कार्यकर्ताहरूमा रहेको थियो । उक्त भ्रमलाई चिर्दै नेतृत्व लिन सफल जनप्रतिनिधिहरुसँग गरिएको कुराकानीको अंश

तिलक लम्साल
नगर प्रमुख 
ठाकुरबाबा नगरपालिका
युवा नेता
नेपाली कांग्रेस बर्दिया

वास्तवमा यो भ्रम मात्र हो, कम्युनिस्टको किल्ला, कांग्रेसको किल्ला भन्नू भ्रम मात्र हो । जनता ती पार्टी वा ब्यक्तिलाई विश्वास गर्छन जसले काम गर्ने विश्वास दिलाउँछन र काम गरेर देखाउँछन । जनता परिवर्तनको पक्षमा थिए त्यसैले मलाई जिताए । 

आमसर्वसाधारण जनता विकासको पक्षमा छन । अहिले जनता 'डेलिभरी' मा विश्वास राख्छन । 

छिटोछरितो  सेवा र समयमै विकास निर्माणको काम सम्पन्न गराउनसक्ने नेतृत्व उनिहरुले खोजेका थिए । त्यसैको परिणामस्वरूप उनिहरुले नेपाली कांग्रेसलाई विश्वास गरेर मलाई नेतृत्वमा पुर्‍याए र आज लाल किल्ला भत्किएको छ ।

मेरो नगर सम्भावनाको खानी हो । यहाँ अब काम गरेर जनताको जीवन स्तरलाई सुधार्नुछ । कृषि क्षेत्रलाई बढावा दिने, पर्यटन प्रवर्द्धन, किसानका उत्पादनलाई बजारीकरण गर्ने जस्ता योजनाहरु छन । यहाँका अधिकांश जनताहरु गरिबीको रेखा मुनि छन । 

ती जनताको जिवनस्तरलाई उठाउने खालका योजनाहरु हामीले बनाएका छौँ । किसानका उत्पादनलाई बजारिकरण गर्दै रोजगारको सिर्जना गर्ने जस्ता नितिलाई हामिले अबलम्बन गरेका छौँ ।

राज्यबाट नगरप्रमुखको रुपमा मैले पाउने तलब भत्ता, सेवा सुबिधा नलिने मैले निर्वाचन अघिनै घोषणा गरेको छु । मैले पाउने तलब भत्ता लिनेछैन । त्यो रकम पारदर्शी तरिकाले राहत कोषमा जम्मा गरेर यहाँका विपन्न नागरिक, अभिभावक बिहिन भएका बालबालिका, अति विपन्न किसानलाई उहाँहरुको आवश्यकता अनुसार सहयोग गर्ने लक्ष्य लिएको छु । 

हेर्नुहोस मैले एक जना किसानलाई भेटे, जसको हात भँचिएको छ तर उपचार नगराएर बसेको छ । ती किसानसँग उपचार गराउने पैसा थिएन । त्यस्ता नागरिकको उपचारमा, त्यस्ता बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्छु । उक्त रकमको पारदर्शीताका लागि अडिट समेत गरेर सार्वजनिक गर्नेछु ।

तपाईं रेकर्ड गरेर राख्नुस, पारदर्शी तरिकाले काम हुन्छ । त्यति बेला हामी खुशी र गर्वका साथ तँपाइलाई सहयोग पाउने ब्यक्तिका नाम, सम्पर्क नम्बर, अडिट रिपोर्ट सम्पुर्ण उपलब्ध गराउनेछौँ । म तिलक लम्साल जनताको भइसके, जनता मेरा हुन । अबको जीवन जनताको नाममा । 

छबिलाल चौधरी
नगर प्रमुख 
बारबर्दिया नगरपालिका
  नेता
नेपाली कांग्रेस बर्दिया

बास्तावमा जनता भनेको कसैका होईनन् । कुनै पार्टीका होईनन् । निधारमा कसैको लेखेको हुदैन । जनताको नजिक भएर उहाँहरुको भावना अनुसार हामी जोकोही पनि बिश्वास दिलाउन सक्छौँ । त्यो अनुसार हामी राजनितिक हिसावले, समाजीक हिसावले र पार्टीगत हिसावले निरन्तर हामी कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्यौ । 

जनताहरुसंग नजिक हुन प्रयास गर्‍यौं र जनताहरुले हामीलाई बिश्वास गरे । र त्यो बिश्वासको कारण आज हामी यहाँ आएका हौँ । जनता परिर्वतनशिल रहेका छन् । जनता समयलाई बुझेर आफ्नो आवश्यकता अनुसार कसले हाम्रो समस्यालाई समाधान गर्न सक्छ भन्ने कुरालाई बुझेर हरेक कालखण्डमा उम्मेदवार छान्ने गरेका छन् । 

बर्दिया जिल्लामै हेर्नुस न हरेक कालखण्डमा परिर्वतन हुने गरेको छ । सोही अनुसार बारबर्दियामा पनि जनताहरुले सबैभन्दा पहिले माओबादीलाई बिश्वास गरे । तर त्यो बिश्वास अनुसार उहाँहरु कति काम गर्न सक्नु भयो, अथवा गर्नु भएन तर बिश्वास दिलाउन सक्नु भएन । 

अब उहाँहरुको बिकल्पमा जनताहरुले हामीलाई हेरे । हामी प्रति आपेक्षा गरे र हामीलाई बिश्वास गरेर बहुमतको स्थानीय सरकार बनाउने मौका दिएका हुन । 

मेरो लागि यो समय अवसर पनि हो । अनि चुनौती पनि छ । अव चुनौती कसरी भयो भन्दा, जनताहरुको आशा एकदमै बढी छ ।

जनताहरुले सोचे अनुसारको सेवा र हाम्रो घोषणा पत्रअनुसार कार्यक्रम गर्न सकियो भने यो नगरमा ठूलो परिवर्तन आउँछ ।  

हाम्रो बारबर्दियामा करिव ९०प्रतिशत किसानहरु कृषिखेति गर्ने गर्दछन् । यही कृषि क्षेत्र राम्रो बनाउन सकिन्छ, त्यस्को लागि म किसानसंग मेयर भन्ने एउटा कार्यक्रम ल्याउन लगिरहेको छु । ताकि किसानहरुको त्यो कार्यक्रमको माध्यमबाट केही सम्बृद्धि आँउछ र उनीहरुको दैनिकिमा केही सुधार होस भन्ने सोँचेको छु । त्यसैगरी स्वास्थ्यमा पनि सुधार ल्याउने छु । 

नगरअस्पताल र स्वास्थ्य केन्द्रलाई पनि प्रथामिताका साथ सुधार गर्ने छु । शिक्षा तर्फ पनि शिक्षाबाट कोहिपनि बन्चित नहुन । त्यस्तै गरिव, बिपन्नका छोराछोरीहरुलाई बिशेष प्रथामिकताका साथ शिक्षामा हेर्नेछु त्यस्तै बिकास पुर्वधार बाटाघाट, पुलपुलेसाहरु सबै निर्माण गर्दै, बनाउदै अगाडी बढाउन सकियो भने जनताहरुमा केही सहज आँउछ कि भन्ने हामीले सोचेका छौँ । 

त्यसैगरी भ्रष्टचारलाई न्युनिकरण गरेर हामीले सेवा सुबिधा दिन सक्यौ भने निश्चित रुपमा केही परिर्वतन ल्याउन सकिन्छ । 

जहाँसम्म नितिगत भ्रष्टचार भैरहेको कुरा छ । अब त्यो हुदैन । यसलाई रोकथाम गर्नको लागि भरपुर प्रयास गर्नेछौँ । सबैभन्दा पहिले हामी जनप्रतिनिधि स्वयम पनि सच्चिन जरुरी छ । नितिगत भ्रष्टचार रोकथाम गर्न सकिन्छ । तर आँफैबाट सुरुवात गर्नुपर्छ । 

हामी एउटा प्रतिबद्धता गरेर आएका छौँ । हामीले बिदाको दिनमा कुनै पनि सरकारी सवारी साधन नचलाउने, अफिसको काम बाहेक कुनै पनि ब्यक्तिगत काममा सरकारी सवारी साधन प्रयोग नगर्ने प्रतिबद्धता गरेका छौँ । 

मीन थापा
वडा अध्यक्ष 
मधुवन नगरपालिका, वडा नम्बर - १
युवा नेता
नेपाली कांग्रेस बर्दिया

२०७४ को निर्वाचनमा म झिनो मत (९१)को  अन्तरले पराजित भएको थिए । मैले पाएको मतको सम्मान गर्दै यो वडाका आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीको लागि निरन्तर काम गर्दै, सेवा गर्दै अगाडि बढेँ । म तत्कालीन समयमा वडा अध्यक्ष हुन नपाएपनी यहाँको जनताको सेवामा निरन्तर लागिरहेँ । 

घामपानी, हावाहुरी केही नभनेर जनताको समस्या समाधान गर्न जुझारु रुपमा संघर्ष गर्दै अगाडि बढेँ । त्यसैको फलस्वरूप मलाई र मेरो पार्टीलाई जनताले रोजेर लाल किल्ला भत्किएको हो । यो लाल किल्ला मैले नभएर यहाँका जनताले भत्काएका हुन ।

अब मेरो वडाको विकास, वडावासीको समृद्धि र जिवनस्तरमा आमूल परिवर्तन गर्ने गरि काम गर्नेछु ।

यस अघि माओवादी पार्टीका तर्फबाट वडा अध्यक्ष हुनुहुन्थ्यो । जति यो क्षेत्रका जनताको लागि काम हुनुपर्ने हो त्यति नभएको अवस्था छ । म र मेरो टिम, मेरो पार्टी निरन्तर जनताको साथमा थियो र छ । 

आज यो वडाका आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीको भरोसा, विश्वास र मायाका कारण म भारी मतान्तरले निर्वाचित भएँ ।

यो सुर्यपटुवा बर्दिया जिल्लाको एउटा विकट क्षेत्र हो । यहाँका सडकको स्तरोन्नति गर्नुपर्ने छ । ठाकुरद्वारा, ओराली, खाता पत्थरबजी जोड्ने सडकहरुमा विशेष ध्यान दिने योजना बनाएको छु । 

यहाँ विद्युतको समस्या छ, ट्रान्सर्फमरको समस्या छ, यहाँका स्थानीयहरु जंगली जनावरबाट पीडित छन । यी र यस्ता धेरै समस्याहरुलाई समाधान गर्नतर्फ मैले योजनाहरु बनाएको छु । बाँकी निर्वाचनका बखत मैले बोलेका कुराहरूलाई पूरा गरेर देखाउँछु ।

बलिराम चौधरी
वडा अध्यक्ष 
मधुवन नगरपालिका, वडा नम्बर - ४
नेता
नेपाली कांग्रेस बर्दिया

वास्तवमा पछिल्लो राजनितिक चरण २०-२५ बर्षको समयमा माओवादीले मधुवन वडा नम्बर ४ लाई आफ्नो शक्तिशाली क्षेत्रको रुपमा लिने गर्दथ्यो  । यो ठाँउलाई माओवादीले कब्जा गरेर एउटा सानो रुकुम जस्तो बनाएको भन्दा पनि फरक नपर्ला । 

यहाँ पिछडा वर्गका परिवार, बिशेषगरी थारु र दलित परिवारहरुको बसोबास रहेको छ । र यहाँका जनताले माओवादीले केही गर्ला कि भनेर भोलीबादको भरमा पछिलागेर आस गर्नु भएको थियो । 

बिस्तारै त्यो कुरालाई जनताले बुझिसकेपछि ५ बर्षको अवधिमा माओबादीको बोलाइ र काम गराइको तरिकामा भिन्नता देखेपछि जनतालाई  कांग्रेसले जे बोल्छ त्यो पुरा गर्छ भन्ने लागेर हामिलाई जिताएका हुन । 

हामी जनाता माझ गयौँ र नेपाली कांग्रेसको भिजन, दृष्टिकोण, बिचारधारा र प्रतिबद्धताको बारेमा जनतालाई बुझायौँ ।  हामीले भोट माग्न जाँदा कुनै पार्टीको बिचारको अपमान गरेनौँ बरु जनताको मन जित्ने काम गर्‍यौँ । 

अर्कोकुरा पार्टी भित्र धेरै गुट उपगुट भएका कारण २ नम्बर वडा र ३ नम्बर वडामा समस्या देखिएको थियो । त्यस्तो नहोस भनेर ४ नम्बरमा हामीले सबै गुट उपगुटलाई समाप्त गर्ने प्रतिबद्धता गर्दै सबै क्रियासिल सदस्यहरु एक ठाँउमा बसेर चुनाव जित्ने योजना बनायौँ र सबैको सहयोग/सक्रियतामा जित्न सफल भयौँ । 

हाम्रो मुख्य योजना भनेको स्वास्थ्य र शिक्षा हो । बिपन्न बर्गका बालबालिकाका लागि शिक्षा क्षेत्रमा कसरी पहुच पुर्‍याउने भन्नेमा योजना बनाएका छौँ । 
निशुल्क शिक्षा कसरी दिन सक्छौँ भन्ने पनि छ ।

त्यस्तै अलिकति पढेलेखेका युवाहरुलाई लोकसेवा तयारीहरु गर्दा सहयोग गर्ने अबधारणा बनाएका छौँ । कृषि क्षेत्रलाई ब्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने तिर हाम्रो ध्यान गएको छ । अब काम गर्दै गर्दा हामी कति सफल हुन्छौँ त्यो हेर्न बाँकी छ । 


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ११:५५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्