Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल एसपिपीमा संलग्न हुँदैन, नेपाली भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध प्रयोग हुँदैन : गृहमन्त्री खाण
नेपाल एसपिपीमा संलग्न हुँदैन, नेपाली भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध प्रयोग हुँदैन : गृहमन्त्री खाण
नेपालकागज
नेपालकागज बिहीबार, असार २, २०७९

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ ।

नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भन्नुभयो, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रुपमा प्रतिबद्धता राख्न चाहन्छु ।” 

नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उहाँले आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा बताउनुभयो । 

सांसदहरुले सोधेका पुरक प्रश्नको जवाफमा गृहमन्त्री खाणले एमसिसी सम्झौता सहमतीमै पास भएको र एसपिपीमा नेपालको कुनै संलग्नता नरहेको दोहोर्याउनुभयो । 

उहाँले एमसिसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको र पछि व्याख्यात्मक टिप्पणीका साथ पास भएको स्पष्ट पार्नुभयो । 

“एसपिपीमा हामी संलग्न हुँदैहुँदैनौ भनिरहेका छौँ, हिजो एमसिसीमा पनि जे बोल्यौँ त्यही गर्यौँ, आज पनि जे बोल्छौँ त्यही गछौँ”,  गृहमन्त्री खाँणले थप प्रष्ट्याउँदै भन्नुभयो, “यो स्टेट पाटनरसिप प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन ।”

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित नभएको सदनमा जानकारी गराउनुभयो ।  

सांसदहरुले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उहाँले भ्रमणका विषयमा जवाफ दिँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने स्पष्ट पार्नुभयो ।

उहाँले विभिन्न देशका निम्तामा प्रधानमन्त्री, मन्त्रीहरु बेलाबेलामा भ्रमणमा जाने कुरा स्वभाविकै भएको बताउनुभयो ।

गृहमन्त्री खाणले काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अन्य सडकभन्दा यो सडक पृथक रहेको जानकारी दिनुभयो । 

उहाँले चुनौतिपूर्ण काम नेपाली सेनाले जिम्मा लिएको र अहिलेसम्म यस कार्यको १९ दशमलव ८३ प्रतिशत प्रगति भएको सदनलाई जानकारी दिनुभयो । 

“ठाउँठाउँमा सुरुङ बनाउनुपर्ने र अग्लो पुल बनाउनुपर्ने भएकाले समय लागेको हो, द्रुतमार्ग बनिसकेपछि सुरक्षित यात्रा हुने विश्वास छ”, गृहमन्त्री खाणले भन्नुयभो । 

उहाँले पछिल्लो पटक बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले सुरुङमार्ग बनाउने योजना अघि सार्नुभएकोमा प्रशंसा पनि गर्नुभयो । 

नेपाली सेनाले पेशागत जिम्मेवारीसहित कठिन क्षेत्रमा ३२ सडक निर्माण गरेको उहाँले जानकरी दिनुभयो । 

सेनाले चालु आर्थिक वर्षमा काठमाडौँ तराइ मधेश द्रुत मार्गलगायत कठिन भूभागमा रहेका पाँच वटा ठूला आयोजनामा निर्माण कार्य गरिरहेको छ । 

नेपाली सेनाले आफ्नो पेशागत जिम्मेवारी सहित कठिन भूमिमा ३२ वटा सडक निर्माण गरिसकेको उहाँले जानकराी गराउनुभयो । 

सेनाद्धारा ४ हजार बढीको खोज तथा उद्धार
सेनालाई राष्ट्रिय सुरक्षा विकास निर्माण, विपद व्यवस्थापन विश्व शान्ति, पर्यावरणीय सुरक्षा, महामारी नियन्त्रण जस्ता जिम्मेवरीका साथै भौतिक पूर्वाधारलगायतमा काममा बजेट विनियोजन गरिएको छ । 

गृहमन्त्री खाणले विपद व्यवस्थापनको सन्दर्भमा सेनाले ४ हजार २०४ जनाको खोज तथा उद्धार गरेको जानकारी दिनुभयो । 

कुल २६९ स्थानका आगलागी निणन्त्रण गरिएको, १३८ जनाको पर्वतीय तथा सुत्केरी महिलाको उद्दार गरिएको तथा सर्पदंशका विरामीको उपचार गरिएको उहाँले जानकारी दिनुभयो । 

गृहमन्त्री खाणले सुरक्षामा सेनालाई बढी सवल कसरी बनाउने भन्ने कुरामा नै ध्यान पुगेको बताउनुभयो । 

उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेना रहने भन्ने कुरा रहेकाले समावेशी बनाउने प्रक्रिय सुरु भएको जानकारी दिनुभयो । 

नेपाली सेनालाई थप व्यावसायिक बनाउनुपर्ने विषयमा आएको सुझाव सकारात्मक रहेको उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको मन्त्री खाणले बताउनुभयो । 

राष्ट्रिय सुरक्षा प्रतिरक्षालगायतका सन्दर्भमा अध्ययन अनुसन्धानको व्यवस्था गरी सुरक्षा क्षेत्रको जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनका लागि पुर्वाधार निर्माण विकास समिति निर्माण गरी प्रक्रिय अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । 


प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १६:१७
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्