Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दिया कांग्रेसको कारबाही: केन्द्रिय सदस्य गोपाल दहित सहित ३९ लाई स्पष्टीकरण, दुई निलम्बनमा
बर्दिया कांग्रेसको कारबाही: केन्द्रिय सदस्य गोपाल दहित सहित ३९ लाई स्पष्टीकरण, दुई निलम्बनमा
अनोज थारु
अनोज थारु बुधबार, असार १, २०७९

अनोज थारू, सन्दिप नाथ योगी, बर्दिया । नेपाली कांग्रेस बर्दियाले आफ्ना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेको छ ।

नेपाली कांग्रेस बर्दियाले आफ्ना ३९ जना नेता/कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ भने २ जनालाई निलम्बन गरेको छ ।

नेपाली कांग्रेस अनुशासन समिति बर्दियाले आफ्ना केन्द्रिय सदस्य डा. गोपाल दहितलाई समेत स्पष्टीकरण सोधेको छ । डा. गोपाल दहित नेपाली कांग्रेसका केन्द्रिय नेता हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गर्ने ३९ जनालाई स्पष्टीकरण सोधिएको नेपाली कांग्रेस अनुशासन समिति बर्दियाका संयोजक जग्गा प्रसाद पाण्डेले बताउनुभयो । 

पार्टीको आर्दश, उद्देश्य, नीति र आचारसंहिता बिपरीत आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरी बिपक्षमा प्रचार प्रसार गरेकाले नेपाली कांग्रेसको बिधान २०१७ (संशोधन सहित) को दफा ४३ को ४ को उपदफा (ङ) बमोजिम स्पष्टीकरण सोधिएको संयोजक पाण्डेले बताउनुभयो । 

उहाँले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई असहयोग गर्ने ३४ जना र कार्यपालिका निर्वाचनमा असहयोग गर्ने ५ जनालाई स्पष्टीकरण सोधिएको तथा २ जनालाई पार्टीबाट निलम्बन गरिएको बताउनुभयो ।

स्पष्टीकरण सोधिएका मध्य सबैभन्दा बढी गुलरीया नगरपालिकामा रहेका छन । गुलरीया नगरपालिकाका १७ जनालाई स्पष्टीकरण सोधिएको छ । 

त्यसैगरी मधुवन नगरपालिकामा ७ जना, राजापुर नगरपालिकामा ५ जना, बढैयाताल गाँउपालिकामा ५ जना, बाँसगढी नगरपलिकामा ५ जनालाई अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । 

गुलरीया नगरपालिका वडा नं ८ का प्रदीप लोध, भोमे थारु, बिजय लोध, राम प्यारी थारु, संखि थारु, दिपेश थारु, प्रतिमा थारु, बिक्रम थारु, आमन थारु, बीर बहादुर दमाई, जमुना प्रसाद लोध, सुमि थारु, साकीर गद्दी, गुलरीया वडा नं १० का मुमताज अली अन्सार, बिरेन्द्र कुमार थारु, आत्मराम बर्मा र इदरिस बेहना गरी १७ जनालाई स्पष्टीकरण सोधिएको छ । 

त्यसैगरी मधुवन नगरपालिका वडा नं ३ का छुदराम थारु, लौटन दास थारु, भरत केसी, केशव केसी, धु्रब पौडेल, वडा नं ४का बलिराम थारु र दिलीप गुरुङ्ग गरी ७ जनालाई स्पष्टीकरण सोधिएको छ । 

त्यस्तै, राजापुर नगरपालिका वडा नं २ का गोपाल दहित, सिताराम थारु, वडा नं ४ का गोबिन्द रेग्मी, बिश्वमान प्रधान र मिलन रेग्मीलाई स्पष्टीकरण सोधिएको छ । 

त्यसैगरी, बढैयाताल गाँउपालिकाको वडा नं २ का बिनु प्रसाद पाण्डे, वडा न.४का कृष्ण मोहन थारु, वडा नं ६का भोदु प्रसाद थारु, वडा नं ८ का नेत्र बहादुर रानाभाट र तारानाथ अर्यालगरी ५ जनालाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, बाँसगढी नगरपलिका वडा नं ५ का लोहारी थारु, आकास थारु सोमति, ओम प्रसाद पौडेल, सोधे बिष्ट र गंगाधर पौडेलगरी ५ जनालाई अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । 

त्यसैगरी कार्यपालिकाको निर्वाचनमा असहयोग गरेको भन्दै २ जनालाई निलम्बन गरीएको छ । मधुवन नगरपालिका वडा नं ५ का प्रेम गुरुङ र बाँसगढी नगरपालिका वडा नं ५ का सबिन थापालाई निलम्बन गरेको संयोजक पाण्डेले बताउनुभयो ।

यता निर्वाचनको मिति घोषणा हुनै लाग्दा यसरी खाँटी नेता तथा कार्यकर्तालाई कारबाही गर्दा आउँदो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा असर पुग्ने आँकलन गरिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सोधिएको स्पष्टीकरण र कारबाहीले झनै वैमनस्यता ल्याउने त होइन भन्ने प्रश्न पनि उब्जिएको छ ।

यस विषयमा हामीले नेपाली कांग्रेस बर्दियाका सभापति अरुण सिंह राठौरसँग प्रतिक्रिया मागेका थियौँ । उहाँले पार्टीमा अनुशासन कायम गर्न अनुशासन समितिले बिधान बमोजिम स्पष्टीकरण सोधेको हुनसक्ने बताउनुभयो ।

'पार्टीका नेता तथा कार्यकर्तालाई सन्देश दिन जरुरी थियो त्यसैले अनुशासन समितिले बिधान बमोजिम आफ्नो काम गरेको होला ।' उहाँले भन्नुभयो, 'जिल्ला अनुशासन समितिले प्रदेश र केन्द्रिय समितिलाई कारबाही तथा स्पष्टीकरण सोधेको पत्र पठाएको होला ।'

त्यस्तै अनुशासन समितिका संयोजक पाण्डेले पार्टीमा हुने अराजकतालाई रोक्न, अनुशासन कायम गर्न कारबाही गरिएको बताउनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिँकिदै गरेको अवस्थामा यो कारबाहीले कांग्रेसलाई क्षति पुर्‍याउने कतिपय नेताकार्यकर्ताको आँकलन छ नि भन्ने प्रश्नमा संयोजक पाण्डेले भन्नुभयो, 'पार्टी र पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गर्दै जानेलाई पार्टीले अन द स्पट (ठाउँको ठाउँ) कारबाही गर्छ । त्यही निर्वाचनको बखत कांग्रेसलाई अन्तर्घात गर्नेहरुलाई स्पष्टीकरण तथा कारबाही गरिएको हो । अब आउने निर्वाचनमा नेपाली कांग्रेसले झनै क्षति नबेहोर्नुपरोस भनेर कारबाही गरिएको हो ।"

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री डा. गोपाल दहितसँग स्पष्टीकरण सोधिएको विषयमा प्रतिक्रिया माग्दा उहाँले आफू कार्यक्रममा रहेको पछि प्रतिक्रिया दिने बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, असार १, २०७९  १२:३०
#बर्दिया #नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्