व्यवसायी सुशान्त मुरारकाद्वारा व्ल्याक फंगसका बिरामीहरुलाई अत्यन्तै आवश्यक औषधी सहयोग
बाँके । व्यवसायी सुशान्त मुरारकाले ब्ल्याक फंगसको नामले चिनिने रोग ‘म्युकोमाइकोसिस’(कालो ढुसी)का बिरामीहरुको उपचारमा उपयोग हुने अत्यावस्यक औषधि ‘एम्फोटेरिसिन–बी’ सहयोग गर्नुभएको छ । उहाँले बाँकेका बिरामीहरुकोलागी ५० भायल ‘एम्फोटेरिसिन–बी’ औषधि सहयोग गर्नुभएको हो ।
नेपालमा म्युकोमाइकोसिस (कालो ढुसी)ब्ल्याक फंगसको संक्रमणको खतरा मडारिएसंगै बाँकेमा पनि यस् म्युकोमाइकोसिसका बिरामी देखा परेका छन ।
बाँकेका जनतालाई सहयोग गर्ने अभियान स्वरुप औषधी सहयोग गरेको मुरारकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "अहिलेलाई ५० भाईल इन्जेक्सन सहयोग गरेको छु, आवश्यक परेको खण्डमा अरुपनी सहयोग गर्नेछु ।"
ब्ल्याक फंगस लागेको विरामीलाई ‘एम्फोटेरिसिन–बी’ अत्यावस्यक औषधि हो । पछिल्लो २ सातामा नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितमा ब्ल्याक फंगसको संक्रमण देखिएको छ ।
बाँकेमा यस्को खतरा देखिएपछी मुरारकाले बिरामीहरुकोलागी औषधी सहयोग गर्नुभएको हो ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार म्युकोरमाइकोसिस एउटा गम्भीर तर दुर्लभ ढुसी (फंगस) को संक्रमण हो । यसलाई पहिले जाइगोमाइकोसिससमेत भनिन्थ्यो ।
यो ढुसीले नाक, आँखा, आँखाको चारैतिरको कक्ष र मुखलाई संक्रमित गर्छ भने मस्तिष्कमा समेत फैलिन सक्छ । नाक बन्द हुनु, टाउको दुख्नु, नाकबाट हरियो पानी र रगत निस्कनु, पिनास दुख्नु, अनुहार सुन्निनुजस्ता यसका लक्षण हुन् ।