Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • राजधानीको जितसंगैका चुनौती !
राजधानीको जितसंगैका चुनौती ! (सम्पादकीय)
अर्पणा योगी
अर्पणा योगी शनिबार, जेठ २१, २०७९

बिभिन्न अड्कल बाजिका बीच देशकै राजधानी काठमाडौँ महानगरपालिकामा झन्डै साढे तेइस हजार मत अन्तरले स्थापित पुराना राजनैतिक दलका हस्तीलाई पछार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाण्डौ महानगरको मेयरमा चुनिएका छन् |

कलिलो उमेर, गैर राजनैतिक पृष्ठभूमि, काठमाडौँका रैथाने परिवार नहुनु जस्ता आशंकाका बीच र्‍याप गायक बालेनले चुनावी जित त आफ्नो पक्षमा पार्न सफल भएका छन तर उनको असली परीक्षाका दिन भने कार्यपालिकाको बैठक शुरु भएकै दिनबाट गणना हुन गएको छ । 

गलत राजनैतिक संस्कारका कारण ठुला राजनैतिक दलले आफू निकट पहुँच र चुनावी खर्च गर्न सक्ने धनाढ्य वर्गलाई चुनावी मैदानमा उतारी स्वच्छ छवियुक्त आदर्श जनप्रिय नेतालाई पाखा लगाएको बर्तमान अवस्थामा केहि संख्यामा मात्र भए पनि काठमाडौँ, धरान, धनगढी लगायतका स्थानीय तहमा स्वतन्त्र व्यक्तित्व बनाएका केहि पात्रहरुले भारी मतका साथ जित्न सक्नु मात्रै पनि नेपाली राजनैतिक मुहानमा शुद्धिकरणको थालनी भएको अपेक्षा हुन थालेको छ । 

काठमाडौँ कै कुरा गर्ने हो भने त झन लामो इतिहास रहेका रैथाने नेवार समुदायको बाहुल्य बस्तीमा नेवार बाहेक अन्यले जित निकाल्नु भनेको आकाशको फल प्राप्त गर्नु हो भन्ने परम्परालाई यसपालिको निर्वाचनले गलत साबित मात्र गरिदिएको छैन काठमाडौँवासी  यति शिक्षित र उदार छन जसले जातीयता, धर्म, बर्ग, क्षेत्र जस्ता साँघुरो घेरालाई कहिलै स्वीकार गर्दैनन भन्ने प्रमाणित समेत गरिदिएको छ । 

र स्थानीय माटोमा भिजेका स्वच्छ छवि युक्त जनप्रिय व्यक्तित्वले समाज सेवाका लागि कुनै पनि दलको बुई चढ्नु पर्दैन भन्ने सन्देश पनि दिएको छ । 

भारी मतानान्तरले बिजयी बालेन्द्रले जनताको माया र क्रेजलाई चुनावी परिणाममा आफ्नो पक्षमा राख्न त सफल भए तर भोलिका दिनमा त्यो साख कायम नै रहने हो कि होइन भन्ने कौतुहलका बीच उनको असली परिक्षा शुरु भएको छ । र यसबाट प्राप्त हुने परिणामले आगामी दिनमा उम्मेदवारी दिने स्वतन्त्र एवं अन्य प्रतिनिधिको भविष्य पनि निर्धारण गर्ने नै छ । 

चुनावी घोषणा र प्रतिबद्धता जे जसरी आए पनि काठमाडौँका साझा समस्या र चुनौतीलाई आम राजधानीबासीले अनुभूत गर्ने गरि समाधान गर्ने तर्फ लाग्नु काठमाडौँ मेयरका लागि आवश्यक छ ।

त्यसका लागि ठुला योजना तर्फभन्दा व्यक्ति, घर-परिवार र आम राजधानीवासीका साझा समस्यालाई आत्म साथ गरि सिंगो कार्यपालिकालाई गुडाउनु आवश्यक छ । 

मुख्य गरि खानेपानी, ढल ब्यबस्थापन, फोहर व्यवस्थापन, व्यवस्थित वस्ती विकास र शहरीकरण, दिनमा मात्र नभई रात्रीकालिन समयमा समेत सहज यातायातको प्रबन्ध, धार्मिकस्थल र पर्यटकीयस्थलको व्यवस्थापन, शहरको सुरक्षा, व्यवस्थित पार्किङ, चौडा सडकको निर्माण र अत्यावश्यक बस्तुको सहज पहुच जस्ता बिषयलाई प्राथमिकतामा लिनु आवश्यक छ । 

साथै नगर क्षेत्रको बर्गिकरण गरि औद्योगिक, व्यवसायीक, शैक्षिक, आवासीय, मनोरन्जनात्मक लगायतको व्यवस्था हुनु आवश्यक छ । नगरको सुरक्षा र पहिचानका लागि बैज्ञानिक घर तथा पारिवारिक अभिलेखन हुनु पर्दछ । जनसंख्याको अत्यधिक चाप, बढ्दो यातायात, औधोगिक कलकारखानाका कारण वातावरण दुषित रहेको सन्दर्भमा उचित पहल हुनु आवश्यक छ । 

त्यसै गरि बेलगाम मनपरी तवरले जथाभावी सर्वाजनिक सवारी साधनबाट सवारी रोक्ने यात्रु चढाउने, पार्किंग गर्ने प्रथालाई अन्त्य गरि निश्चित स्थान बाहेक अन्यत्र यात्रु चढ्ने ओर्लने प्रथालाई कडाइ गर्नु आवश्यक छ । यसबाट सवारी यातायातको ट्राफिक जाम कम मात्र नभई सवारी दुर्घटनामा समेत कमि आउनेछ । 

नगर क्षेत्रका ठुला आयोजना सडक बिस्तार, ढल व्यवस्थापन, खानेपानीका ठुला योजना लगायतमा प्रदेश सरकार र केन्द्र सरकारसंगको समन्वयमा सहकार्य हुनु आवश्यक छ । 

देश कै राजधानी शहर रहेका कारण यसको रुप रंग मौलिकता र विकास एवं यहाँ बस्ने बासिन्दाको बानी, व्यवहार र आचरणले देशका अन्य  स्थानमा बस्ने नागरिकमा मात्र नभएर बिदेशी नागरिकमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले राजधानीको मौलिकता र सुन्दरतामा ध्यान दिनु आवश्यक छ । साथै आगामी दिनमा देखिने काठमाडौँ नगरीको सुन्दरता र विकासले नवनिर्वाचित बालेनको मात्र नभएर आउने बालेनहरुको भविस्य समेत तय गर्ने छ ।


प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०९:०७
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्