Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि भएको मन्त्री बडुको दाबी
विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि भएको मन्त्री बडुको दाबी
नेपालकागज
नेपालकागज शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको दाबी गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको वैठकमा सांसद देवेन्द्र दाहालले पेश गर्नुभएको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री बडुले भन्नुभयो, “रुस र युक्रेनबीको युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभाव र त्यसको कारणले पेट्रोलियम पदार्थममा भएको मूल्य वृद्धिका कारण नेपालमा पनि बाध्यत्मकरुपमा मूल्य वृद्धि गर्नुपरेको हो ।”

मन्त्री बडुले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकार सधैँ संवेदनशील रहेको प्रस्ट पार्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आम जनतामा पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले हाल पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ घटाइएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपाल आयल निगमबाट आर्थिक वर्ष २०७७÷०७८ मा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल दुई अर्ब ३८ करोड लिटर तथा एलपी ग्यास चार लाख ७८ हजार मेट्रिक टन खरिद गरिएको र सो बापत इन्डियन आयल कर्पोरेशनलाई रु एक खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी भएको छ, चालु आवको जेठ महिनाको पहिलो हप्तासम्ममा करिव दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थको आयात भैसकेको छ, जुन गत आर्थिक वर्षको भन्दा दश महिनामा झण्डै एक खर्ब बढी आयात भएको अवस्था छ ।” 

उहाँले समग्र पेट्रोलियम पदार्थको अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको समेत जानकारी दिनुभयो ।
 
उहाँले पेट्रोलमा मासिक रु. एक अर्ब ८३ करोड घाटा, डिजेलमा मासिक तीन अर्ब ७३ करोड घाटा,  एलपी ग्यासमा मासिक दुई अर्ब ८६ करोढ घाटा, मट्टितेल र हवाई इन्धनमा ६५ करोड नाफा गरी हेर्दा हाल आयल निगम मासिक रुपमा सात अर्ब ७७ करोड घाटामा सञ्चालित रहेको जानकारी दिनुभयो ।  

सो प्रस्तावलाई सांसद भैरव सुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गर्नुभएको थियो । 

प्रस्तावमाथिको छलफलमा सांसदहरु राजेन्द्र लक्ष्मी गैरे, गंगा कुमारी वेल्वासे, भगवती न्यौपाने, अनिता देवकोटा, सुमित्रा विसी, कमला पन्त, सुरेश कुमार आले मगर र दिलकुमारी रावल थापा र डा विमला राई पौड्यालले मूल्य वृद्धि घटाउनुपर्ने माग गर्नुभएको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्