Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • बाँकेको सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै
बाँकेको सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै
नेपालकागज
नेपालकागज मंगलबार, जेठ १७, २०७९

फाइल तस्वीर 
बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ नानापुरस्थित सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । उद्यानमा अहिले दैनिकजसो सर्वसाधारण घुमफिर गर्न आउने गरेका छन् ।

नेपालगन्ज, कोहलपुरलगायत राप्तीसोनारीबाटसमेत सर्वसाधारण उद्यानमा घुम्न आउने गरेको क्लब अफ नेपालगन्ज सिद्धिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताउनुभयो । 

उहाँका अनुसार उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।

नानापुरको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । 

नेपालगन्ज विमानस्थलबाट करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवाखोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले उद्यानका लागि आवश्यक संरचना धमाधम निर्माण भइरहेका छन् । 

उद्यान परिसरमा दुई शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एक सभा भवन, एक बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको छ । 

५ नंवर वडा कार्यालयले बाटिका निर्माणमा सहयोग गरेको छ । करिब एक कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा बाटिकाको निर्माणकार्य पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको २० नं वडास्थित राँझा विमानस्थलसँग जोडिएकाले पनि यो उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने उहाँको भनाइ छ । 

आगामी आर्थिक वर्षमा थप आवश्यक बजेट विनियोजनका लागि आफू सकारात्मक रहेको वडाध्यक्ष थापाले बताउनुभयो । लायन्स क्लब अफ नेपालगन्ज सिद्दिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको हो । 

आठ करोड ५० लाखको गुरुयोजना बनाएर काम सुरु भएको उद्यानमा हालसम्म करिब रु ६५ लाख लगानी भइसकेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

लायन्स क्लबको एनएलएफ फण्ड, केन्द्रीय कार्यक्रम, सांसद विकास कोष, वडा कार्यालय र क्लबका अध्यक्ष तथा सदस्यबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य हुँदै आएको अध्यक्ष थापाले बताउनुभयो । 

उहाँका अनुसार हालसम्म डब्लुडब्लुएफबाट रु दुई लाख, बाबुकुवा सामुदायिक वन उपभोक्ता समितिको पहलमा रु ४० लाख, माछापालन किसान समूहबाट रु १० लाख, स्व दिनेश यादव सांसद विकास कोषबाट रु १० लाख, लायन्स क्लब केन्द्र्रीय कार्यक्रमबाट रु एक लाख, एनएलएफ कोषबाट रु ५० हजार र क्लबका अध्यक्ष र सदस्यहरूबाट रु छ लाख ५० हजार लगानी भएको छ । 

गुरुयोजना बमोजिम निर्माण सम्पन्न भइसकेपछि विभिन्न शीर्षकबाट हुन आउने आम्दानीबाट उद्यानको मर्मतसम्भार गर्ने र बचेको रकम समुदायका कमजोर आर्थिकस्तर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्नेसमेत योजना रहेको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ११:४१
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्