Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाङको तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा पहिलो पटक थारू महिला
दाङको तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा पहिलो पटक थारू महिला
नेपालकागज
नेपालकागज बुधबार, जेठ ११, २०७९

दीपक बोहरा, तुलसीपुर । दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ । तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन । 

विसं २०४९ मा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए । प्रमुखमा शङ्करप्रसाद आचार्य हुनुहन्थ्यो भने उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । 

त्यतिबेला दुवै पद कांग्रेसले जितेको थियो । त्यस्तै २०५४ सालमा प्रमुख पदमा एमालेका ढुण्डिराज लामिछाने हुनुहुन्थ्यो भने उपप्रमुखमा एमालेकै घनश्याम पाण्डे हुनुहुन्थ्यो । पाण्डे २०७४ सालको निर्वाचनमा प्रमुखमा  निर्वाचित हुनुभएको थियो । त्यस्तै  उपप्रमुखमा एमालेकै माया आचार्य निर्वाचित हुनुभएको थियो । 

अहिलेको निर्वाचनबाट भने तुलसीपुरले थारू महिला पाएको छ । नीति निर्माण तहमा थारू महिला पुग्नु भनेको थारू समुदायका लागि सकारात्मक पक्ष भएको नवनिर्वाचित उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । “तुलसीपुर थारू समुदायको बाहुल्यता भएको ठाउँ हो,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म प्रमुख, उपप्रमुखमा थारू महिलाको प्रतिनिधित्व हुन सकेको थिएन ।”                                                                                   को हुन्, स्यानी ?

बालबालिका सडकमा हिँडिरहेका हुन्छन् । भोक तिर्खाले उनीहरुको सीमा नाघिसकेको हुन्छ । के खाउँ, के गरौँ भइरहेको हुन्छ । यो दृश्य स्यानी चौधरीले देख्नुहुन्छ, अनि उहाँका आँखा रसाउँछन् र सोच्नुहुन्छ, यस्ता बालबालिकालाई मैले पाल्छु । 

न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै सहयोग । मात्र आफ्नै लगानीमा दिदी सङ्घसंस्था दर्ता गर्नुभयो ।  त्यस्ता बालिबालिकालाई आश्रय गर्ने ठाउँ दिनुभयो । 

तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित आफ्नै घरमा उहाँले उक्त संस्था सञ्चालनमा ल्याएर सहाराविहीन बनेका, सडकमा भौँतारिएर हिँड्ने बालबालिकालाई आश्रय दिँदै आउनुभएको छ । 

उहाँले आफ्नै कमाईबाट बालबालिकालाई पालन पोषण गर्न थाल्नुभयो । “मेरा छोराछोरी पनि छैनन्,” उहाँले भन्नुभयो, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरुले गर्न दिएका छैनन्, उनीहरुलाई नै छोराछोरी जसरी पालेकी छु ।” 

उहिले उहाँसँग ३० बालबालिका छन् । पहिले डुम्रीगाउँमा मात्रै उनीहरुलाई राख्ने गरेको भए पनि केही महिनाअघि देखि फूलबारीमा पनि शाखा विस्तार गर्नुभएको छ । 

विसं २०६१ मा उहाँले ‘दिदी घर’ संस्था सञ्चालन गर्नुभएको हो । विसं २०६१ देखि २०७२ सम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिब विद्यार्थीलाई आर्थिक सहयोग पनि गर्नुभयो । उहाँकै आर्थिक सहयोगमा पढेका विद्यार्थी अहिले केही डिग्री पास पनि गरिसकेका छन् । कोहीले लयर पढ्दैछन्, कोही जागिरे छन् ।  

विसं २०७३ देखि उहाँले १० जना बालबालिकालाई राख्नुभएको हो । उहाँले बालबालिकालाई पालनपोषणदेखि शिक्षादीक्षासमेत दिने गर्नुभएको छ । उहाँहरुलाई पढाउनका लागि घरमै पनि शिक्षिका राख्नुभएको छ ।

यस्तै बालबालिकाको पठनपाठन र शिक्षादीक्षाका लागि सर्वसुलभ र निःशुल्क शिक्षा बनाउने स्यानीले योजना बनाउनुभएको छ । 

थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहुन्छ, स्यानी । पढाइ जीवनका उहाँका सङ्घर्ष पनि कम छैनन् । उहाँको घर पहिले फूलबारी हो । त्यहाँ विद्यालय थिएनन् । 

त्यसैले उहाँ पढ्नका लागि उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा बर्सादको बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा हुन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँ पनि पौडी खेलेर वारपार गर्नुहुन्थ्यो । 

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिइन् तर निकै कठिन सङ्घर्ष गरेर । 

“केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो,” उहाँले भन्नुभयो, “त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे ।” थारू समुदायमा व्याप्त कमैया, कम्लहरी प्रथा थियो । ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योगदान गर्नुभएको छ । 

पिछडिएको थारु समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्नसमेत वञ्चित भएको थारू महिलाका लागि पनि हौसला, उत्साह, जोसजाँगर दिने काम गर्दै आउनुभएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १८:१६
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्