Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता, कोहलपुरमा माओवादी केन्द्र अगाडि
नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता, कोहलपुरमा माओवादी केन्द्र अगाडि
नेपालकागज
नेपालकागज आइतबार, जेठ १, २०७९

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गर्नुभएको छ । प्रारम्भिक मतपरिणाम अनुसार उहाँले ४१० मत प्राप्त गर्नुभएको छ  । 

यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाउनुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गर्नुभएको छ । नेपालगन्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणना  सम्पन्न भएको छ । 

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ । एक हजार मत गणना गर्दा सो पार्टीका  उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाउनुभएको छ ।  एमालेका खिलप्रसाद भुसालले २७३ र कांग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र कांग्रेसकी सङ्गीता सुवेदीले २५१ मत पाउनुभएको छ । 

जिल्लाको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई हजार सात मतगणना हुँदा अध्यक्ष पदमा कांग्रेसका रामचन्द्र मौर्यले ५८८ मत प्राप्त गर्नुभएको छ । 

जसपाका इस्तियाक अहमद साहले ५५७ मत प्राप्त गर्नुभएको छ ।  एमालेकी पदमावती यादवले ४१० मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा  कांग्रेसकी अतिकुन निसाले ४६९ मत प्राप्त गर्नुभएको छ । एमालेका पञ्चराम यादवले ४४२ मत प्राप्त गर्दा जसपाकी जयन्तिदेवी श्रीवास्तवले ३०५ मत प्राप्त गर्नुभएको छ ।

राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ८८ मत गणना हुँदा अध्यक्ष पदमा सोही पार्टीका उम्मेदवार थारुले एक हजार ८१८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका तप्तबहादुर पौडेलले एक हजार ७४८ मत प्राप्त गर्नुभएको छ ।  

माओवादीका उम्मेदवार पट्टु थारुले ८९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गौरवकुमार लामिछानेले जानकारी दिनुभयो । 
 
उपाध्यक्ष पदमा एमालेकी चमेली बागवलले एक हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।  कांग्रेसकी मनिषासिंह थारुले एक हजार ७३६ मत प्राप्त गर्नुभएको छ । 
 
माओवादी केन्द्रकी मञ्जु रोकायले ७३८ मत प्राप्त गर्नुभएको जनाइएको छ । खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।  सो पालिकामा नेपाली कांग्रेस र माओवादीकाबीच गठबन्धन बनेको थियो । अहिलेसम्म एक हजार ६०७ मत गणना हुँदा अध्यक्ष पदमा एमालेका सुमन मल्लले ९४१ मत प्राप्त गर्नुभएको छ ।  

गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार डम्बर विक तुफानले ५८० मत प्राप्त गर्नुभएको छ ।  उपाध्यक्ष पदमा  एमालेकी ताजरुन निसाले ८२६ र गठबन्धनका तर्फबाट  कांग्रेसकी मञ्जु मल्लले ६७४ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको डुडुवा गाउँपालिकामा एमालेकी सरोजकुमारी यादवले १४३ मत पाउँदा कांग्रेसका नरेन्द्रकुमार चौधरीले कूल १४० मत प्राप्त गर्नुभएको छ । जसपाका भण्डारीलाल यादवले ४४ मत गर्दा माओवादीले १० मत प्राप्त गरेको छ । डुडुवाको उपाध्यक्ष पदमा एमालेले १४३ र कांग्रेसले १३१, जसपाले ४३ तथा माओवादीले ११ मत प्राप्त गरेको छ । 

वैजनाथ गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् । एक हजार २०० मत गणना हुँदा शाहीले ४४० र रोकायले ३३३ मत पाउनुभएको छ ।  

एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २९५ र उपाध्यक्ष उम्मेदवार सोही पार्टीकी प्रेमपूर्ण योगीले ३३१ मत पाउनुभएको छ । जिल्लाको जानकी गाउँपालिकामा कांग्रेसका छब्बन खाँले अग्रता कायम राख्नुभएको छ । 

मत गणनाको सुरुआत चरणमै अग्रता लिँदै आएका अध्यक्ष पदका उम्मेदवार खाँले एक हजार ५८० मत गणना हुँदा उहाँले ६०८ मत प्राप्त गर्नुभएको छ । जसपाका राजीव वर्माले ३६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एमालेका उम्मेदवार हिमान्सु यादवले १६६ मत पाउनुभएको छ । उपाध्यक्ष पदमा कांग्रेसकी रामप्यारी यादवले ५९३ मत पाउँदा उपाध्यक्ष पदमै माओवादीका रक्षाराम बर्माले १६९ र  एमालेकी भूमिसरा धितालले १०१ मत प्राप्त गर्नुभएको छ ।  जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले प्राविधिक कारण र जनशक्ति पनि कम भएका कारण मतगणनामा ढिलाइ भइरहेको बताउनुभयो । 


प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:१६
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्