Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरका उम्मेदवारहरू घरदैलोमा जनतासँग
बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरका उम्मेदवारहरू घरदैलोमा जनतासँग
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बिहीबार, वैशाख २२, २०७९

बर्दिया । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख (मेयर)का उम्मेदवारहरू जनतासँग घरदैलोमा व्यस्त हुनुहुन्छ । विभिन्न राजनीतिक दलका उम्मेदवारले जनताको घरदैलोमा पुगेर मत मागिरहेको अवस्था छ ।

नेपाली कांग्रेसका तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार तिलक लम्साल, नेकपा एमालेका तर्फबाट घन नारायण श्रेष्ठ र नेकपा माओवादी केन्द्रका तर्फबाट नेत्र राज आचार्य हुनुहुन्छ ।

नेकपा एमालेका तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार घन नारायण श्रेष्ठ निवर्तमान नगरप्रमुख हुनुहुन्छ । उहाँ यस अघिको ठाकुरबाबा नगरपालिकाको नगरप्रमुख हुनुहुन्छ ।    

हामीले तीन ठूला दल कांग्रेस, एमाले, माओवादीका तर्फबाट ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारहरूसँग संक्षिप्‍त कुराकानी गरेका थियौँ । उक्त कुराकानीको सम्पादित अंश ...

तिलक राम लम्साल
नेपाली कांग्रेसका तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार

म जनताको घरदैलोमा पुगेर जनताको समस्या, आग्रह दुःख सुनिरहेको छु । मैले जनताबाट पाएको प्रतिकृया र साथ उत्साहजनक छ । उहाँहरूलाई मैले मेरो योजनाहरूको बारेमा अवगत गराएको छु । ठाकुरबाबा नगरपालिकाको शिक्षा, स्वास्थ्य, विकास निर्माण र पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने मेरो योजना रहेको यहाँका जनतालाई मैले घरदैलोमै पुगेर भनेको छु ।

यस नगरपालिकामा रहेका असहाय, अनाथ र विपन्न वर्गका बालबालिकाको लागि संस्थागत रुपमा बजेट छुट्टयाएर काम गर्ने मेरो चाहना छ । नगरपालिकाको सम्पूर्ण वडाहरूमा समानुपातिक रुपमा न्यायोचित बजेट व्यवस्थापन गर्ने मेरो योजना छ ।

त्यसो गरेमा सम्पूर्ण ठाकुरबाबाको विकास सम्भव छ । कृषि क्षेत्रको उत्पादन र बजारिकरण, मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दाहरू जंगली जनावरबाट पीडित छन्, उनीहरूको निशुल्क बिमा, वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, शिक्षा र स्वास्थ्य निशुल्क बनाउने, शिक्षक तथा कर्मचारीहरूको सम्मानजनक व्यवस्थापन, राजनीतिक आस्थाको आधारमा हुने पक्षपात, असहयोगको अन्त्य तथा सबैलाई सम्मान जनक व्यवहार तथा सहयोग मेरो मार्गचित्र हुन ।

अनियमितता, भ्रष्टाचारको अन्त्य, मुक्त कमैया सुकुम्बासी कम्लरीको व्यवस्थापन गर्ने मेरो योजना छ । मलाई ठाकुरबाबाका जनताले माया गरेर उक्त पदमा पुर्‍याए भने म ठाकुरबाबाको विकासमा आफूलाई समर्पित गर्नेछु । यि कुराहरू तथा मेरा प्रतिबद्धता मैले जनताको घरमै पुगेर सुनाएको छु । मलाई यहाँका मतदाताहरूले माया, भरोसा र विश्वास गर्नुहुनेछ भन्नेमा ढुक्क छु ।

मलाई जनताले नगर प्रमुख बनाए भने मैले नगरप्रमुखको रुपमा पाउने तलब, भत्ता लगायतका कुनैपनि सुविधा लिने छैन । ठाकुरबाबालाई समृद्ध बनाउने र दिगो विकास गर्ने प्रण लिएको छु । घरदैलोमा जाँदा मतदातालाई आफ्ना योजनाहरूको बारेमा सुनाएको छु । उहाँहरूले मलाई साथ दिन्छु भन्नुभएको छ । त्यसैले अबको लक्ष्य ठाकुरबाबाको विकास हो ।

घन नारायण श्रेष्ठ
नेकपा एमालेका तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार

म जनताको घरदैलोमा पुग्दा मलाई जनताले औधी माया देखाउनुभएको छ । पछिल्लो कार्यकालमा मैले ठाकुरबाबामा गरेको विकास निर्माणको कार्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएका कामले गर्दा मलाई उहाँहरूले विश्वास गर्नुभएको छ । म जनताको घरघरमा गएर उहाँका समस्या, उहाँहरूका बिचारलाई सुनिरहेको छु । मैले पछिल्लो कार्यकालमा गरेका कामले गर्दा मलाई मतदाताले साथ दिनुभएको छ । अब यस पटक मलाई जनताले पुन साथ दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।

हेर्नुहोस् मेरो पछिल्लो कार्यकालमा ५ वर्षको अवधिमा नगरको प्रशासनिक भवन निर्माण भएको छ । ५ वटा वडा कार्यालयहरूको भवन निर्माण भएको छ । सबै वडामा स्वास्थ्यचौकी निर्माण भएको छ । सबै वडामा कृषि प्राविधिक, पशु प्राविधिक, ५ कक्षा सम्मका बालबालिकालाई न्यानो कपडा, ३० जना नगर शिक्षकको व्यवस्थापन, जंगली जनावरबाट भएका क्षतिको तत्काल राहत वितरणको व्यवस्था भएको छ ।

पछिल्लो कार्यकालमा ठाकुरबाबाको विकासलाई मध्यनजर गर्दै २० वर्षको गुरु योजना, १० वर्षको शैक्षिक योजना, सडक योजना बनाएका छौँ । सो योजना अन्तर्गत कामहरू अगाडि बढिसकेका छन र कामहरू भइरहेका छन । यिनै कामहरूलाई अबको ५ वर्षमा सम्पन्न गर्नुछ ।

जनतालाई स्वरोजगार गराउने, कृषि र पर्यटन प्रवर्द्धन, उत्पादित स्थानीय वस्तुको बजारिकरण, उत्पादनलाई प्रविधिसँग जोड्ने, यान्त्रिकीकरणमा रोजगार मूलक कार्यक्रममा जनतालाई संलग्न गराउने, प्रविधिमैत्री विद्यालय तथा शिक्षा लगायतका धेरै प्रस्ट र क्लियर भिजन छन ।    

जनताको म प्रतिको रेसपोन्स अत्यन्तै राम्रो छ । यो ५ वर्षमा मैले गरेको कार्यका बारेमा मतदाताहरू अवगत हुनुहुन्छ । जनताहरू भन्नुहुन्छ कि सुशासन युक्त नगर, अनियमितता मुक्त नगरका लागि तपाईंलाई हामीले पहिला पनि विश्वास गरेका थियौँ, अहिले पनि गरेका छौँ ।

जनताले घरदैलोमा पुग्दा एउटा गुनासो भने गर्नुभएको छ । तपाइ समयसमयमा हाम्रो हालखबर बुझ्न आउनुपर्छ भन्ने आग्रह गर्नुभएको छ । भर्खरै स्थापना भएको नगरपालिका र वडाहरूमा आफ्नै स्थाई भवन थिएन, सडक थिएनन् त्यो बनाउँदा केही समय लाग्यो अनि करिब ३ वर्ष कोरोनाका कारण जनताको घरदैलोमा आउन नपाएको बारे अवगत गराएको छु । उहाँहरूले मेरो कुरामा चित्त बुझाउनुभएको छ तर अब जनताले जिताउनु भएपछि म समयसमयमा उहाँहरूको हालखबर दुःख सुख बुझ्न घर दैलोमा पुग्छु ।

नेत्र राज आचार्य
नेकपा माओवादी केन्द्रका तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार

म जनताको घरदैलोमा जाँदा मतदाताहरूले मलाई अत्यन्तै माया, विश्वास र भरोसा गर्नुभएको छ । मैले जनताको घरमै पुगेर भनेको छु कि तपाईंका दुःख र समस्या मेरा हुन । मैले जनतालाई आफ्नो योजना सुनाएको छु ।

मलाई जनताले चुन्नुभयो भने स्वास्थ्य, शिक्षा, स्वरोजगार, कृषि पर्यटनका क्षेत्रमा काम गरेर समृद्ध ठाकुरबाबा निर्माण गर्ने मेरो योजना छ । सामुदायिक विद्यालयलाई अधिकार सम्पन्न गराउने, १० कक्षा सम्मको शिक्षालाई पूर्ण निशुल्क बनाउने मेरा योजनाको बारेमा मतदातालाई अवगत गराएको छु ।

शोषित, पीडित विपन्न वर्गको शिक्षामा पहुँच स्थापना गर्ने, जेहनदार विद्यार्थीहरूलाई स्कलरसिपका ब्यवस्था, अनाथ बालबालिका, सहिद परिवार, घाइते जनमुक्ति सेनाहरूका बालबालिका लागि आवासीय विद्यालय सञ्चालन गरेर उहाँहरूको भरण पोषणको सम्पूर्ण जिम्मेवारी लिने मेरो योजना छ । त्यस्तै यो हाम्रो गढ हो, आधार इलाका नै भन्छु म । हाम्रो संगठनको पकड क्षेत्र भएकाले जनताले मेरो योजनालाई सुन्नुभएको छ, सरहाना गर्नुभएको छ ।

आदिवासी, जनजाति, थारू समुदायका लागि काम गरेर देखाएको संगठन हाम्रो हो र यो समुदायको यहाँ बाहुल्यता छ । उहाँहरूले मलाई माया गर्नुभएको छ र विश्वास गर्नुभएको छ । मेरो जित्ने आधार पनि यही हो । मैले बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष भएर दुई कार्यकाल जनतासँग नजिक भएर बिताएको छु ।

यो समयमा मैले यहाँको जनताको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएँ । मैले ति समस्याको दीर्घकालीन समाधान गर्ने योजना बनाएको छु । स्वास्थ्यचौकीमा कुनैपनि अत्यावश्यक औषधीको कमी हुन नदिन त्यस्ता खालको योजना मैले बनाएर जनतालाई भनेको छु ।

जेष्ठ नागरिकहरुको लागि २ महिनामा एक पटक घरमै गएर स्वास्थ्य चेकजाँच गर्ने गरी घुम्ती स्वास्थ्य शिविरको व्यवस्था गर्ने, बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नगरपालिका भएकोले मानव बन्यजन्तु द्वन्द्वको समस्या रहेको छ । त्यसलाई व्यवस्थापन गर्ने योजना रहेको छ । ठाकुरबाबालाई पर्यटनसँग जोड्ने योजना रहेको बारे जनताको घरमै गएर भनेको छु ।

घरदैलोमा जाँदा यो पटक तपाईंलाई मौका दिन्छौँ, ढुक्क हुनुस् भनेर मतदाताले समेत भन्नुभएको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १४:०३
#बर्दिया #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्