Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बाँकेको खजुराबाट ६२ लाख बराबरको सुनका गरगहना सहित यसरी पक्राउ परे सिंह  
बाँकेको खजुराबाट ६२ लाख बराबरको सुनका गरगहना सहित यसरी पक्राउ परे सिंह  
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख २०, २०७९

नेपालगन्ज । करिब एक किलो सुन सहित बाँकेको खजुराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ जिल्लाको जय पृथ्वी नगरपालिका वडा नम्बर १ पिमी कैलाश बस्ने २८ वर्षीय अशोक बहादुर सिंह रहेका छन । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार हार, मंगलसूत्र, वाला, दाना, झुम्की, रामलीला, झाला, ब्रास्लेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू, पत्थर र माला सहित बिभिन्न प्रकारका ८०२ ग्राम ७३ मिलि ग्राम करिब ६२ लाख बराबरको सुनका गरगहना सहित सिंहलाई खजुरा गाउँपालिका वडा नम्बर -२ एल गाउँको सुवेदी चोकबाट बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका २८ वर्षीय अशोक बहादुर सिंह

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार, वैशाख १८, २०७९ गते राती करिब ७:२० बजे शंकास्पद तरिकाले हिँडडुल गरिरहेका सिंहले प्रहरीलाई देखेर भाग्न खोजेका थिए । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर खानतलासी चेकजाँच गर्दा कालो रङगको झोला भित्र ८०२ ग्राम ७३ मिलि ग्राम करिब ६२ लाख बराबरको सुनका गरगहना फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मिति २०७९।०१।०४ गते तद् अनुसार २०२२।०५। २२ तारिखमा भारतको ब्याङ्लोरमा रहेको सुन पसलबाट सिंहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा भारतीय प्रहरी सँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । 

अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसमान धनीहरूको नाम गोप्य राखिएको बाँके प्रहरीले बताएको छ ।

बाँके प्रहरी स्रोतका अनुसार केही दिन अघि नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो । उक्त बैठकमा निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो भने सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न दुबै देशका सुरक्षा अधिकारीहरूले समन्वय गर्ने निर्णय भएको थियो । 

सोही अनुसार बाँके प्रहरीले अन्तरदेशीय अपराधलाई रोक्न चालेको विशेष कदम स्वरुप भारतमा चोरी गरेर नेपाल छिरेका सिंह पक्राउ परेका हुन । 

आसन्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन बाँके प्रहरीले सुरक्षा सतर्कता बढाएको अवस्था छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, "यो घटनाको विषयमा थप अनुसन्धान जारी छ, कुनैपनि अपराध हुन नदिन र अपराधीलाई कानुनको दायरामा ल्याउन बाँके प्रहरी परिचालित छ । तँपाइले भनेको जस्तो भारतीय सुरक्षा अधिकारीहरूसँग हाम्रो बैठक बसेको थियो । सिमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुबै देशका सुरक्षाकर्मीहरूले एकआपसमा समन्वय गरिरहेका छन । समन्वय पहिला पनि हुन्थ्यो, अहिले पनि छ ।"

प्रहरी अनुसन्धानमा सुन सक्कली रहेको प्रमाणित भएको एसपी अधिकारीले बताउनुभयो ।

   


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०९:५६
#बाँके #अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्