Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सरकारले स्वदेशी उद्योगलाई सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ : उद्योगी
सरकारले स्वदेशी उद्योगलाई सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ : उद्योगी
नेपालकागज
नेपालकागज शनिबार, वैशाख १०, २०७९

चितवन । उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उहाँहरुको भनाइ छ । 

कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै उहाँहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नसकेमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको नीति स्वदेशी उद्योगमैत्री हुनु प¥यो ।” जति पनि ऐन कानुन छन् ती उद्योग व्यवसाय प्रोत्साहन हुने गरी बन्नुपर्ने उहाँको भनाइ थियो । प्रतिकूलताका बीच नेपाली उद्योगले काम गर्नुपर्ने बाध्यता रहेको गोल्छाले बताउनुभयो । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले राज्यका तर्फबाट स्वदेशी उद्योगलाई अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । औषधि उत्पादक सङ्घका अध्यक्ष डा प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि निर्यात हुन थालेको भन्दै सरकारले नीतिगतरुपमा नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सहयोग गरेमा ९० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सक्छौँ ।”

सङ्घका निर्वतमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले औषधिमा विदेशमा भर पर्न नहुने भन्दै आत्मनिर्भर हुनका लागि सरकारी तवरबाट सहयोगको आह्वान गर्नुभयो । सबैले सुन्ने र हुन्छ भन्ने तर कसैले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा रहेको उहाँको भनाइ थियो । सङ्घकै पूर्वअध्यक्ष दीपक दाहालले नेपालमा ७२ उद्योगले औषधि उत्पादन गरिरहेका र ३२ वटा स्थापनाको क्रममा रहेको जनाउँदै यहाँका उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा विशेष ध्यान दिएको बताउनुभयो । 

अहिले केही उद्योगले ७५ प्रतिशतसम्म माग धान्न सक्ने भन्दै उहाँले यहाँ उत्पादित औषधि आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगलाई भारतीय रुपैयाँ एक खर्ब ५० अर्ब अनुदान दिएको उहाँले सुनाउनुभयो ।  एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।  

सङ्घका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अङ्गाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको उहाँले बताउनुभयो ।  नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासको प्रत्येक दुई वर्षमा एक्स्पो गरिँदै आएको छ । सन् २०२१ मा हुनुपर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेको थिएन ।

यस पटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहेका छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुर्राष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहेका छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । सङ्घले आज राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारुबीच अन्तक्र्रिया कार्यक्रम गर्दैछ ।

एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आबद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्