Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • दाङमा बढ्यो निर्वाचनको चहलपहल, माओवादीका जिल्ला इञ्चार्जद्वारा पार्टी परित्याग
दाङमा बढ्यो निर्वाचनको चहलपहल, माओवादीका जिल्ला इञ्चार्जद्वारा पार्टी परित्याग
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख ९, २०७९

रञ्जिता अधिकारी/दीपक बोहरा, देउखुरी । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दाङमा चुनावी गतिविधि बढ्दै गएका छन् । दलका नेता तथा कार्यकर्ता चुनावी योजनाका खाका निर्माणमा व्यस्त छन् । 

गठबन्धनमा आबद्ध दलहरु उम्मेदवारी टुङ्ग्याउने कसरतमा छन् । वैशाख ११ र १२ गते मननोनयन दर्ता हुँदैछ भने आकाङ्क्षी पनि पार्टीभित्र आफू दर्विलो उम्मेदवार भएको देखाउन खोज्दैछन् । 

नेकपा एमाले, राप्रपालगायत दलले केही स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाए पनि सत्तारुढ गठबन्धनले अझै उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । जिल्लामा गठबन्धनमा आबद्ध दलहरुको पटकपटक बैठक बस्दै आए पनि टुङ्गो लाग्न सकेको छैन ।

घोराहीको नगर प्रमुखमा गठबन्धनबाट हेमराज शर्मा (डायमण्ड) को नाम निश्चित भएको जनाइएको छ भने एमालेबाट नरुलाल चौधरीको नाम चर्चामा छ तर नाम भने कसैको टुङ्गो लागेको छैन । तुलसीपुरमा एमालेबाट टीकाराम खड्काको नाम चर्चामा छ, उहाँ एमालेको निर्वमान अध्यक्ष हुनुहुन्छ ।

दलहरुलाई उम्मेदवारी चयनमा सकस परेको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा पाँच दलीय गठबन्धनले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन भने नेकपा एमालेले वडास्तरका नाम टुङ्गो लगाइसकेको जनाएको छ । 

माओवादीका जिल्ला इञ्चार्जद्वारा पार्टी परित्याग

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार रहनुभएका उहाँले पार्टीप्रति आफ्नो असन्तुष्टि रहेकाले साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएको बताउनुभयो । नेता गौतमले  उक्त पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको भन्दै पार्टी छोडेको घोषणा गर्नुभएको हो । 

यसअघि सोही पार्टीका घोराही नगर अध्यक्ष रहेका प्रमोद शर्माले पनि पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको थियो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सदरमुकाममा उक्त  कार्यालय स्थापना गरिएको र  सबै पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू  तत्पर रहेको र यसमा जिल्लावासीले पनि साथ दिनुपर्ने धारणा व्यक्त गर्नुुभयो ।

राजनीतिक दलहरुलाई आचारसंहिता उल्लङ्घनरहित जिल्ला घोषणा गर्नका लागि सहयोग गर्न पनि उहाँले  आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकामा हेर्ने गरी उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता राजेश्वर अर्यालले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।

त्यसैगरी लमही नगरपालिकामा उच्च अदालत तुलसीपुरका उपरजिष्ट्रार मानबहादुर विष्टले जिम्मेवारी सम्भाल्नु भएको छ ।

गढवा गाउँपालिकामा मोहन सुवेदी, दङ्गीशरण गाउँपालिकामा देवराज भारती, बङ्गलाचुली गाउँपालिकामा हीरन्यप्रसाद भण्डारी, बबई गाउँपालिकामा दिनेश अधिकारी, राजपुर गाउँपालिकामा वसन्तराज पुरी, राप्ती गाउँपालिकामा हेमराज अर्याल, शान्तिनगर गाउँपालिकामा शालिकराम ढकालले निर्वाचन अधिकृतको जिम्मेवारी सम्भाल्नुभएको  छ । 
  
दाङमा चार लाख नौ हजार ९०२ मतदाता

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदानस्थलको अवलोकन तथा वर्गीकरण गरिएको छ ।

यसपटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा  १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये १३६ मतदानस्थल संवेदनशील, पाँच अतिसंवेदनशील र ११ वटा मतदानस्थललाई सामान्यरुपमा वर्गीकरण गरिएको छ । 

निर्वाचनलाई दृष्टिगत गरी प्रदेशस्तरीय तालिम तथा छलफल भइसकेको र अब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएपछि निर्वाचनमा परिचालन हुने कर्मचारी, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ ।

मतदानलाई निष्पक्ष भयरहित बनाउन सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको महोल बढ्यो  

पाँच दलीय गठबन्धनले दाङका दुई उपमहानगरपालिकाको टुङ्गो लगाएपछि चहलपहल सुरु भएको छ । घोराहीमा माओवादी केन्द्रले र तुलसीपुरमा कांग्रेसले नगरप्रमुखको उम्मेदवारी पाएको छ ।

आफ्नो भागमा नगरप्रमुख पारेसँगै घोराहीमा माओवादीले नाम सिफारिस गरेको हो । पार्टीका जिल्ला संयोजक सुवास पुनका अनुसार घोराहीको प्रमुखका लागि हेमराज शर्मा ‘डायमण्ड’को मात्रै नाम सिफारिस भएको छ । घोराहीमा कांग्रेसले उपप्रमुख पाएको छ । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाएपछि त्योअनुसार छलफल अघि बढाइएको छ । तुलसीपुरमा  केही दिन अघि नगर प्रमुखका लागि आकाङ्क्षी १९ जनाको नाम सिफारिस गरिएकोे थियो । अहिले ती व्यक्तिका सम्बन्धमा कुनै छलफल नभएको कांग्रेसका प्रवक्ता पूर्णविक्रम डाँगीले बताउनुभयो । 

कसको भागमा के पर्ने भन्ने टुङ्गो नलगाइएकाले त्यो छलफल अघि नबढेको उहाँको भनाइ थियो । कांग्रेसमा पूर्वसांसद तथा २०७४ सालका नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको बलियो सम्भावना रहेको बुझिएको छ । कांग्रेसका एक नेताका अनुसार दीपक गिरी सङ्घमा चुनाव लड्ने र गेहेन्द्रलाई नगर प्रमुख बनाउने गरी सहमति भएको बताइएको छ  ।

उपमेयर भाग परेको एकीकृत समाजवादीले पनि उम्मेदवारी टुङ्ग्याउने कसरत अघि बढाएको छ । पार्टीका जिल्ला प्रवक्ता दीपक कुमालका अनुसार जोगबहादुर राना, डिल्ली डाँगी, जानुका रेग्मीलगायत आकाङ्क्षी रहेकामा  जोगबहादुरको सम्भाबना बढेको एकीकृत समाजवादीका एक नेताले बताउनुभयो । यी दुवै उपमहानगरपालिकामा यसअघि एमाले विजयी भएको  थियो । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १७:३०
#दाङ #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्